Blog

'यता हुँदा उताको झझल्को'

Blog Image

असम नेपाली साहित्य सभाको 'साहित्य प्रभात' पुरस्कार प्राप्त पुस्तक (सन् २०२०): 'यता हुँदा उताको झझल्को'

 

 ड. देवेन सापकोटा  

प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग,

 भेटेनरी कलेज; असम कृषि विश्व विद्यालय;

 खानापारा; गुवाहाटी; असम l

 

 

गुवाहाटीबाट रालेसम्मको लामो फड्को

         पस्नै सारो

अमेरिका जाने भिसा आवेदन गरेपछि अन्तर्वार्ताको दिनसम्म प्राय: एक महिना समय पाइन्छ मेरा लागि अन्तर्वार्ताको मिति थियो अगस्त दुई। यसै बिच मैले कागज-पत्र आदि तैयार पार्नु थियो हुनत भारत सरकारको वृत्ति लिएर अमेरिका पठाइन लागेको एक 'विद्वान्' (स्कलर) थिएँ, त्यसैले गर्दा मलाई भिसा पाउन केही अप्ठ्यारो नहुनु पर्ने।  तर मनले मानेन। कतै चुक भयो भने? बल्लबल्ल भेटेको बिद्वतवृत्ति (स्कलरसिप) भिसा कै कारण जान पाइनँ भने? यो वृत्ति पाउने योग्यता 55 वर्षको उमेरसम्मलाई मात्र थियो वर्षको माथिल्लो परिसीमामा पुगिसकेको थिएँ। यस मौका एकपल्ट गुमाएँ भनें फेरि पाउने छैन भनी मनभित्र भावनाका ज्वार-भाटा खेली रहेका थिए यसै बिच वेब-साइटमा गई अमेरिकन भिसाका लागि अन्तर्वार्ता दिनेहरूले पोस्ट गरेका आफ्ना अनुभवका लेख या भिडियोहरू पनि हेरेर आफैलाई प्रस्तुत गरेँ। कोही हितैषीले भनें.-भिसा आवेदनकारी अमेरिकामा गएर चल्नका लागि यथेस्ट पुँजी भएको हुनुपर्छ रे

यसका लागि मैले ब्याङ्कमा राखेका फिक्स डिपोजिट रकमका कागजपत्र र गत महिनाको सेविङ्ग्स रकमको बयान, जीवन बीमा गरेका कागज आदि तयार पारेँ। अरू कोही हितैषीले भने..   ‘आवेदनकारी अमेरिकामा गएर आफ्नो नियोजित काम सकेर वापस फर्की आउने निश्चित हुन यहाँको सम्पत्ति, जागिर आदि भएको हुनु असल रे यसका लागि मैले मेरो विश्वविद्यालयबाट तलब प्रमाणपत्र पनि बोकें। अब सम्पत्तिको कागज कसरी मिलाऊँ घर घडेरी दुवै मेरी श्रीमती (रञ्जना) को नाउँमा छ। घर बनाएको कागज गुवाहाटी म्युनिसिपल्टी कोर्पोरसोनबाट मिलाएँ। भिसा अन्तर्वार्तामा श्रीमतीको नाउँमा भएको घडेरीको कागज लगेँ भने मलाई सोध्ला 'रञ्जनासँग तेरो भएको सम्बन्धको प्रमाण पत्र खोइ?' त्यसो भए मैले अब रञ्जनासँग २८ वर्ष अघि गरेको विवाहको प्रमाणपत्र बनाउनु पऱ्यो। हे प्रभु, कस्तो फसाद !

यस विषयमा गुवाहाटी हाइकोर्टका नामी अधिवक्ता जयन्त पराजुलीसँग सल्लाह गरेँ। उनी मेरा आत्मीय हुन् सानैदेखिका नजिकको साइनो पर्ने। जवाब दिए- "मामा, केही सुर्ताउनु पर्दैन। डी.सी. कोर्टमा रजिस्ट्रेसन गराई दिउँला। केवल विवाहको तस्बिर निमन्त्रणपत्र भए भई हाल्यो, तर अलिक दिनको समय चाहिन्छ" उनले कति सजिलै भनिदिए। तर आजभन्दा प्राय: तीन दशक अघि गरेको विवाहको तस्बिर निमन्त्रणपत्र अहिले कहाँ पाउनु? प्राय: दुई दिन लगाएर घर छान मारेँ। आफन्तहरूलाई पनि फोन लगाएँ। तस्बिर फेला पऱ्यो तर निमन्त्रणपत्र कतै पाइएन। अब के गरूँ? जयन्तलाई सूचना दिएँ। उनले जवाब दिए। 'सुर्ताउनु पर्दैन मामा, केही विकल्प गरौंला। हुन पनि हो। वकिलसँग सबै थोकको समाधानको व्यवस्था हुन्छ रे। उनको यो भरोसाले मेरो सुकेको मुख बल्ल रसाएर आयो ।

उनले भने जसरी नै अलिक दिनपछि हाम्रो रजिस्ट्रेसनको दिन आयो। रञ्जनालाई लिएर डी.सी. कोर्ट पुगेँ। कार्यालयभित्र कुनै टेबलमा फर्म भर्नु, कुनैमा फिस तिर्नु, फेरि कुनैमा तस्बिर खिच्नु आदि कामहरू सकेपछि रञ्जनासँग मेरो विवाह भएको प्रमाणपत्र तस्बिरका साथ मेरो हात लागि हुन्छ। मलाई बल्ल थाहा लाग्यो कानुनी विवाह यस्तो पो हुँदो रहेछ। बाजा-गाजा जन्ती नै! मलाई यो कागजे बिहा खल्लो, बासी चिया खाएको जस्तो बेस्वादको लाग्यो। तर परिस्थितिको गाँठो खुकुलो भएकामा मन

Share this post
Comments