• theoxygentimes@gmail.com

Blog


    तर……... के छ भने

 

     नीता गुरुंग भाटिया, गुवाहाटी, असम।

     ई.मेल. neetagurung59@gmail.com

 

     मनको द्वार खोलेर बसेको थिए, तिम्रै लागी,

     तर........ के छ भने,

     तिमी आउने गोरेटो  नै ओझल भएछ।

    क्षित्तिज सरि टाढ़ा-टाढ़ा सपना सजायँ

   तर…….. के छ भने,

   सपना सारा हुरिले उड़ाएछ।

  प्रेमिल गीत गाउने रहर अति‌ नै थियो,

  तर........ के छ भने ,

   गाउॅदा-गाउॅदै, गीत नै भुलिए छ।

 तिमीलाई  बिर्सने अनेक  प्रयास  गरे,

   तर…….. के छ भने,

   तिम्रो याद झल्झली आईरहेछ।

   मुटु संग मुटु जोड़ी साईनो एउटा गाँसेको‍‌ थिए,

   तर……….के छ भने,

    तिम्रो झूठो वाचामा सबै बंधन टुटे रहेछ।

                        _______

 

Post a Comment