• theoxygentimes@gmail.com

Blog


                                                                                सोचविचार                        

 

                                                                                नव कुमारी देवी

                                                          प्रा.  एल.ओ. के. डि. कलेज, ढेकियाजुलि, असम

                                      

     मान्छे पृथ्वीमा पञ्चभुतको संमिश्रणले जन्मिएको हुन्छ र आफ्नो अबधि सकिए पछि पञ्चभुतमें विलीन

     हुन्छ । यो पृथ्वीको साचो र सत्य तथ्य हो । प्रकृतिमा मान्छे या प्राणी जन्म लिएर हुर्किन्छ र कर्म गर्दै जादा

     जादै बुढ़ो हुन्छ र फेरि त्यो शरीर को विनाश हुन्छ । शरीर को विनाश ? अर्थात शरीर को नियन्त्रक को हो ?

     शरीर भित्र प्राण वा आत्मा बसेर शरीरलाई नियन्त्रण गरेको हुन्छ । जब शरीरबाट आत्मा वा प्राणले विदा लिन्छ

     तब त्यो आत्मा बिहीन शरीरलाई मृत भनिन्छ र त्यसको सद्गति गरिन्छ । मृत व्यक्तिका आत्माको शान्ति का

     लागि अनुष्ठान प्रतिष्ठान हरूमा एक मिनिट को मौन प्रार्थना गर्ने चारै तिर चलन छ । 

                 आत्मा के हो भन्दा - श्रीम्द्भागवतगीता अनुसार -  

                 वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोद्मपराणि ।

                 तथा शरीराणि विहाय जीर्णा - न्यन्यानि संयाति नवानि देही ।।

                 नैनं छिन्दन्ति शरुााणि नैनं दहति पावक :

                 न चैनं क्लेदयन्त्यापो न शोषयति मारूत : ।।

                 अच्छेद्योद्मयमदाह्रोद्मयमक्लेद्योद्मशोष्य एव च ।

                 नित्य : सर्वगत : स्थाणुरचलोद्मयं सनातन : ।। 

   जस्तै मनुष्य पुराणा वस्त्रहरूलाई त्यागी अर्को नयाँ वस्त्र धारण गर्दछ त्यस्तै जीवात्मा पुरानू देहलाई त्यागी अर्को

   नयाँ देह धारण गर्दछ । आत्मालाई न शस्त्रले काट्न , न आगाले जलाउन, न जलले भिजाउन ,न वायुले सुकाउन

   सक्दछ । यो आत्मा नकाटिने, नड्ढने , नभिज्ने, नसुक्ने छ , यो नि : सन्देह नित्य , सर्वव्यापक र अनादि छ।

   तसर्थ प्रश्न आयो - शरीर ठुलो कि आत्मा ठुलो ? आत्मा को लागि कर्म गरी कर्ममय जीवन व्यतीत गरेको श्रेष्ठ

   कि ? जीवन्त अवस्थामा मनुष्य मात्र भई बाचेको श्रेष्ठ ? 

   भगवानले सबैको मंगलमय कामना गर्दछन र यो पृथ्वीको घर घर मा भगवानको पूजा हुन्छ ।

   भगवानको साथले पाएको मनुष्य जीवनमा अर्काको अमंगल भरसक नगरी , अर्काको कल्याणकामी मार्ग

   दर्शक भई , धर्मशास्त्र अध्ययण गरी त्यसको रसले आत्माको तत्वज्ञान  बुझि सबैको आत्माले शान्ति पाउने

   कर्म गर्ने व्यक्ति यो संसारमा महान व्यक्ति भनी परिचित हुन्छ र उ पछि विश्वदरवारमा प्रतिष्ठित हुन पनि

   सकत्छ । भगवानको चिन्तन स्वरूप गरी कर्म गर्ने व्यक्तिहरू यो धरतीबाट लुप्त भए पछि पनि उनीहरूको

   आत्माको शान्ति का लागि प्रार्थना यो पृथ्वीको मनुष्यमा सधै बर्करार रहेको देखिन्छ ।

   तसर्थ मनुष्यले आ- आफ्नो सोचविचार द्वारा यो संसारमा अमरत्व प्राप्त गर्न योग्य हुदो रहेछ ।

                                                                                                    ---------------------------

Post a Comment