• theoxygentimes@gmail.com

Blog


:म दूधको तर हुँ:

 

गणेश शर्मा सापकोटा

ढेकियाजुली, शेणितपुर, असम।

 

म दूधको तर हुँ

गौ माताको सम्मान हुँ;

म दूधको तर हुँ I

म दूध वालाको गौरव हुँ, गृहिणीको रहर हुँ,

गृहिणीको बचत हुँ,  गृहस्थको जागर हुँ,

 शिवलिङ्गको चमक हुँ, नानीहरूको स्वास्थ्य हुँ,

म दुधको तर हुँ

म अनुहारको दमक हुँ महक हुँ,

 दुधको मान हुँ सम्मान हुँ,

म दुधको तर हुँ

काँचो दुध तताउँदा म बनिन्छु,

मलाई मदानिमा फीट्दा मक्खन बनिन्छ,

 तेही मक्खनबाट म घीउ हुन्छु,

 क्रीम, पनीर, दही, मोई, मक्खन,घीउ, छुर्पी आदि मेरा बंशज हुन,

म विभिन्न रूपमा गए पनि म मै नै हुँ,

 म दुधको राजा हुँ, म दुधको तर हुँ।

_______________

Post a Comment