Blog (Nepali)
असम नेपाली साहित्य सभाको 'साहित्य प्रभात' पुरस्कार प्राप्त पुस्तक 'यता हुँदा उताको झझल्को' वाट ‘अन्तर्राष्ट्रिय सेवाको कार्यालयमा अनुभव’
असम नेपाली साहित्य सभाको 'साहित्य प्रभात' पुरस्कार प्राप्त पुस्तक 'यता हुँदा उताको झझल्को' वाट
‘अन्तर्राष्ट्रिय सेवाको कार्यालयमा अनुभव’
ड. देवेन सापकोटा
प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग,
भेटेनरी कलेज; असम कृषि विश्व विद्यालय;
खानापारा; गुवाहाटी; असम l
मलाई उकेविविको अन्तर्राष्ट्रिय सेवा कार्यालय (Office of International Services) मा भिसाको म्याद बढाउनको बारेमा सुझाव लिनु थियो। मैले यस अघि त्यस कार्यालयमा कहिलै गएको थिइनँ र कता जानु पर्ने हो थाहा पनि थिएन। मेरो ल्याबमैं काम गर्ने इक्वेडरबाट आएका छात्र डोमियन लोपेजलाई ‘कता जानु पर्ने हो’ भनी खोजी गर्दा उनी आफैले अघि सरी मलाई उहाँसम्म लगिदिने भए। मलाई पनि ‘के खोज्छस् कानो‚ आँखो’ जस्तो भयो। म पछि लागेँ। हाम्रो प्रयोगशालाबाट झरी हिल पुस्तकालय भवन अतिक्रम गरी न्युक्लियर भौतिकविज्ञान भवनको छेवैबाट अलिकति अघि जाँदा अन्तर्राष्ट्रिय सेवा कार्यालय रहेछ । मलाई ढोकासम्म पुयाएर डोमियनले बिदा लिए। उनीलाई धन्यवाद दिदँ म भवनभित्र पसें ।
कार्यालयभित्र अघिल्तिरको टेबलमा राखिएका कम्प्युटरका पर्दामा हेर्दै काम गरिरहेका दुई जना व्यस्त महिला देखिए। छेवैमा सोफा खाली रहेछ । म थचक्क बसँ । पिठ्यूमा भिरेको ब्याग छेवैको टेबलमा राखें । त्यहाँबाट फाइल निकाली देखाउनु पर्ने कागज-पत्रहरू हेर्दै गएँ । मेरो भिसाको म्याद बढाउने कुरो कस्ता प्रकारले उनीहरू समक्ष राखौँ‚ मनमनै सोच्दै थिएँ । यत्तिकैमा एउटी महिलाले छेवैको कम्प्युटरलाई देखाएर मृदु स्वरले मलाई सोधिन् ‘के तपाईँले चेक-इनु’ गर्नुभयो ?’ उनले मलाई कम्प्युटरमा मेरो नाउँ रजिस्टर गरेको कुरो सोधेकी रहिछिन् । मलाई कार्यालयमा आई केही सानो कुरो सोध्न पनि यसरी कम्प्युटरमा नियुक्तिलिनुपर्छ भन्ने केही थाहा थिएन । जेहोस् जहाँ जस्तो नीति-नियम त्यसलाई पालन गर्ने पन्यो । मैले ‘क्षमा गर्नुहोला‚ गरेको छैन तर अब गर्छु‚ धन्यवादु’ भन्दै कम्प्युटरतिर लम्किएँ ।
तपाईंको खुशी तपाईंले बोलाउनु-अँगाल्नु पर्दछ
तपाईंको खुशी तपाईंले बोलाउनु-अँगाल्नु पर्दछ
ड०. चवन कुमार शर्मा ,प्राध्यापक, बि.एइच कलेज, हाउली, बरपेटा, असम
मानिसहरू बिरामी हूने क्रम पौराणिक समयदेखिनै चलि आएको भएतापनि धेरैजसो बिरामी आफूले निम्त्याएका पाईन्छ। बिरामी धेरै थरिका देखिन्छन र तिनका अनेक कारकले गर्दा भएको थाहा पाईन्छ। यिनिहरु मध्ये एउटा सबै भन्दा ठूलो कारकहो हाम्रो अपरिपूस्ट चिन्ता। असमीयामा भङगूरता पनि भनिन्छ।
हाम्रा धेरै जसो मानिसहरूको चिन्ता यतिनै दुर्बल हून्छकि आफ्नु परिस्थिति र अर्कैको मतामतमा आत्मसर्मपण पनिगर्न अगुवा भएर हिँडछन् । अझ कसै कसैलेत मानिसहरू नियतिको भित्तो भन्न खोजझन्। तर संसारमा धेरै मानिसहरू छन् जसले आफूलाई होइन नियतिलाई बस गर्न समर्थ भएका छन्। सूश्री अरूनिमा सिन्हा पद्मामावती एक्सप्रेस ट्रेनको एउटा एक्सिडेण्टमा खूट्टो गुमाएपछि माउन्टेनार हुने मन गर्नु र आज भारतको मात्र नभएर सारा विश्वभरिकै एउटा चचिर्त नाम बन्न पूगेकि छन्। सन अङ्ग्रेजी २०१३ मा एभरेस्ट चढेर बिश्व भरिकै पहिलो नारी बन्न सक्षम भयिन। आफूलाई दुर्बल र सानो सोचने नारीहरुलाई मात्रै नभएर सारा मानव जातिकै प्रेरणादायक शक्तिको रुपमा उभिएकी छन्। के अरूनिमाको यो सफलता उनको दरिलो चिन्ताको फसल होइन त ?
मलाई बिर्सेउ क्याहो साथी ?
मलाई बिर्सेउ क्याहो साथी ?
मनीषा दाहाल, रौता, असम
किन भौँतारिन्छौ तिमी
एक मुठ्ठी अक्सिजनको खोजीमा ?
म र मेरा हर अंग
तिम्रै सेवामा न्यौछावर छौँ, सदा सर्वदा ।
तिमीले बिर्सिएका हौ त मलाई ?
कि चिनेर पनि चिन्न नखोजेका हौ आज?
ल बिर्स ! नचिन मलाई !!
केही फरक पर्दैन मलाई !
फरक त तिमीलाई नै हो पर्ने,
तिम्रा सति सन्ततिको जीवन कसरी तर्ने ?
म माँसिए सन्सारै माँसिएला !
कहाँ गर्छौ फेरि तिमीले
हार र जीतको,
झुटो माया, झुटो प्रितको खेला ?
अन्यथा नलिनु मलाई
अन्यथा नलिनु मलाई
नमस्ते आदिकवि !
सादर अभिवादन !
आशा छ हजुर वहाँ कुशलै हुनुहुन्छ।
लेखन कार्य, साहित्य सिर्जना
चल्दै छ होला नित्य नैमित्तिक।
चल्ने भयो....
गर्नै पर्यो.....
हजुर त हाम्रा आदि कवि हुनुहुन्छ !
हजुरले नगरे कसले गर्ला ?
अत्युक्ति भन्दिन म,
अन्यथा नलिनु मलाई !
हजुरले देखाएको गोरेटोलाई अपनाएर
यहाँ हामी पनि धेरै अग्रसर हुँदै जाँदैछौँ।
केही त्रुटी छाडेका छैनौँ
हजुरले रोपेको बिरुवालाई मल जल गर्न।
त्यो दुई पाते बिरुवा अहिले
झाङिएको छ,
फिँजारिएको छ,
हाँगाबाट हाँगा पलाएर
त्यी हाँगले पनि अझ हाँगा हाल्दै जाँदैछन।
हो !
अञ्जन बासकोटाको ‘दृष्टि’ निबन्ध सङ्ग्रहमा: मेरो दृष्टि
अञ्जन बासकोटाको ‘दृष्टि’ निबन्ध सङ्ग्रहमा: मेरो दृष्टि
गणेश शर्मा, ढेकियाजुली, शोणितपुर, असम
ग्रन्थ परिचय:
ग्रन्थको नाम: ‘दृष्टि’ निबन्ध सङ्ग्रह
ग्रन्थकारको नाम: अञ्जन बासकोटा
प्रकाशक: भारतीय साहित्य प्रकाशन, तेजपुर, असम
प्रकाशन वर्षः २०१६
विधा: निबन्ध ( नेपाली )
मूल्य:१५० /-
विश्व सिर्जना र समालोचनाको परिवर्तित आयामलाई नेपाली कविताद्वारा बुझ्ने बुझाउने सफल प्रयासमा देवेन सापकोटा
विश्व सिर्जना र समालोचनाको परिवर्तित आयामलाई नेपाली कविताद्वारा
बुझ्ने बुझाउने सफल प्रयासमा देवेन सापकोटा
डा० गोविन्दराज भट्टराई, सुकर्मटोल, कीर्तिपुर
काठमाडौँ, नेपाल।
अघिल्ला दशकमा उत्तरपूर्वी भारतका पाँच यात्रा गरेँछु। तिनैमध्ये एकमा श्री मुक्ति बरालसितको लामो यात्रामा देवेन सापकोटालाई भेटेको सम्झिन्छु। उनी पशुस्वास्थ्य विज्ञानमा निष्नात, शिक्षाको व्यवस्थापन र अध्ययनमा समर्पित व्यक्ति रहेछन्। त्यस अतिरिक्त साहित्यमा पनि समर्पित। आफू पर्यावरणीय विश्वस्थितिबारे सचेत भई त्यसै क्षेत्रका नेपाली कविताको सिर्जनामा पनि समर्पित भएको कुरा गरेका थिए। नभन्दै गतवर्ष ५-६ जुनका दिन बेलायत केन्द्रबाट आयोजित वातावरण दिवस मनाउने क्रममा उनको रचना श्रवण गर्ने अवसर मिल्यो। सो सिर्जना बेलायतको अमूल्य प्रकाशनको स्वच्छन्द सुसेली-२ मा प्रकाशित छ। यसमा पर्यावरण सिक्रीको महत्त्वलाई बुझाउन ८२ थान कविता समावेश गरिएका छन्। धन्य छ एक नवीनतम् चेतना आन्दोलनका अभियन्ता विजय हितानलाई।
प्रकाशोन्मुख पुस्तक: “परिश्रान्त पृथिवी” : भारतीय नेपाली कवितामा एउटा माइलस्टोन
प्रकाशोन्मुख पुस्तक: “परिश्रान्त पृथिवी” : भारतीय नेपाली कवितामा एउटा माइलस्टोन
श्री ज्ञानबहादुर छेत्री , चान्दमारी, तेजपुर, असम
सन १९७९ मा दरङ कलेजमा स्नातकको पढाई सकेर भारत सरकारको दूरसञ्चार विभागमा जागीर पाउनाले तेजपुरमै बसियो। तेजपुरमा त्यतिखेर नेपाली साहित्य चर्चा गर्नेहरूमा पुष्पलाल उपाध्याय,दुर्गा घिमिरे,खड्गबहादुर कौशिक र दिलीप सुब्बाको नाम सुनेको थिएँ। तरङ्ग नामको पत्रिकाले त्यतिखेर तेजपुरमा साहित्यको परिवेश सिर्जना गरेको थियो। यही समयमा देवेन सापकोटाले राम्रा कविता लेख्छन भन्ने कवि कौशिकबाट सुनियो। अध्ययन सकेर देवेन सापकोटाले गुवाहाटी भेटेनरी कलेजमा जागीर पाए,गुवाहाटीकै निवासी भए। उनको ह्रदयमा कविको बास थियो,सिर्जनाको तिर्सना छँदै थियो। तेजपुरबाट प्रकाशित हुने साप्ताहिक देशवार्ता र गुवाहाटीबाट प्रकाशित मासिक पत्रिका हाम्रोध्वनिमा उनका कथा र कविता समय समयमा भएका हुन।यतिखेर उनी साहित्य क्षेत्रमा समर्पित भएर लागेका छन। तीन वर्षमा लगातार तीनोटा पुस्तक प्रकाशित गराएर उनले ह्याटट्रिक गरे। सन २०१९ मा उऩको नियात्रा विधाको 'यता हुँदा उताको झझल्को' प्रकाशित भएको थियो भने २०२० मा उनी आफ्नो कथा सङ्ग्रह 'मनोराग' लिएर देखा परे। यस वर्ष (२०२१) उनको मास्टरपीस काव्यकृति पाठकका हातमा परेको छ। कवि यतिखेर पृथिवी परिश्रान्त स्थितिमा रहेको सूचना दिँदै परित्राणका लागि गुहार माग्दै छन।
प्रयात जनार्दन उपाध्याय को "पुलिसको डायरी"बाट: "साँढे गोरू"
प्रयात जनार्दन उपाध्याय को "पुलिसको डायरी"बाट: "साँढे गोरू"
त्यस दिन मेरो ‘राउण्ड ड्यूटी’ थियो। राति १० बजेदेखि बिहान ४ बजेसम्मको। त्यो रात मेरो कर्तव्य हुन्छ टाउनमा भएका सबै ड्यूटी पोस्टहरू परिदर्शन गर्नु। शहरभित्र स्थापित गरेका जम्माजम्मी २० वटा स-साना चौकीहरू छन्। जस्तै बैंक, ट्रेजेरी, मन्त्रीहरूको वासभवन आदि। त्यहाँमाथि टाउनमा विभिन्न ठाउँमा ‘पेट्रोलिङ’ गर्ने सिपाहीहरूलाई पठाइएको हुन्छ। उक्त स्थानमा गएर आफूमाथि आइपरेको कर्तव्य सही तरीकाले गरेका छन् कि छैनन् जाँच गर्नुपर्छ। म दुईजना सिपाहीलाई लिएर सरकारी गाड़ीमा प्रस्थान गर्छुु। उक्त स्थानमा गएर सिपाहीहरूका स-साना गल्ती आँखामा परे सुधार्नु, सिकाउनु अरू ठूलो गल्ती देखे ऊपरवालाको दृष्टि आकर्षण गराउनु। यसरी नै तोकिदिएको समय पचाउन कुनै कुनै ठाउँमा दुईपल्टसम्म पनि जानु पर्दथ्यो। शहरमा बिजुलीबत्तीको प्रकाशले रात दिनझैं उज्यालो थियो। मैले हर ‘ड्यूटी पोस्ट’मा गएर परिदर्शन गर्दा सबैलाई नै होशियार भेटाएँ। एकै ठाउँमा हरदमै रहन पनि सकिँदैन। कुनै ‘ड्यूटी पोस्ट’मा भएका सिपाहीहरू आफैलाई चलाख भनिटोपल्छन्। अफिसर आएर ड्यूटी बहीमा ‘ठीक पाएँ’ भनी सही गरेर गाड़ीमा चढ्दा-नचढ्दा लम्किएर खुट्टा उचालेर गाड़ीको पछाडिपट्टिको बत्ती आँखाले भ्याउञ्जेल हेरेर नदेखिने भएपछि सुटुक्क खाटमाथि लमतन्न तेर्छिन्छन्। कुनै कुनै अफिसरहरू पनि सिपाहीहरूको स्वभावसँग मिल्दा-जुल्दा पनि नभएका होइनन्। कुनै सुरत ‘ड्यूटी’ बहीमा सही गर्न पाए मुक्त भन्ने सोच्तछन्। हामी विभिन्न पोस्टमा निरीक्षण गरेर एसबीआई अघि आइपुग्यौं। त्यहा ‘ड्यूटी पोस्ट’का लागि मोर्चा लगाएको छ। त्यहाँ पुग्न निकै खुड्किला पार हुँदै उँभो चढ्नु पर्ने हुँदा आफू त्यहाँ नगएर सिपाहीलाई बोलाउन ड्राइभरलाई गाड़ीको हर्न बजाउन भनें। ड्राइभरले हर्न बजायो तर केही असर छैन। फेरि ड्राइभरले तीखो स्वरमा उसलाई बोलाउन प्रयास गर्यो त्यही पनि केही प्रतिक्रिया नदेखेर म आफैँ गाड़ीबाट ओर्लिएर त्यहाँ जाने प्रयास गरें। तर यत्तिकैमा एसबीआईको सम्मुखमा भएको एउटा दुई तलाको आरसीसी दलानमाथि हाई-हल्ला सुन्नपाएँ। यसैले एसबीआईको माथि नचढेर दुई तला दलानमा जान मुनासिव सम्झेर त्यहाँ भनेर लामा-लामा पाइला चाल्दै अघि बढें। त्यहाँ पुग्दा ‘पेट्रोलिङ पार्टी’ आइसकेका रहेछन्। त्यो घरमा चोर पसेको रहेछ तर हल्ला हुँदा चोर भागेछ। त्यो घरमा मारवाडी व्यापारी पति-पत्नी बसोबास गर्दा रहेछन्। त्यो कोठो मारवाडी श्रीमती सुत्ने रहेछ। घरको सम्पूर्ण बनावट नभएकोले भेन्टिलेटर खुल्ला रहेछ त्यहींबाट चोर भित्र पसेको रहेछ। चोरले अगाडिको ढोका खोलेर माथिबाट नै तल हाम फालेछ। माल-पत्र केही लगेनछ। त्यो ‘भेन्टिलेटर’बाट श्रीमतीका कोठामा हलुकै पस्न सकिने कुरा जोसुकैले जान्दैनन्। त्यो चोर जाने-बुझेको हुनुपर्छ भनेर सोच्तै चोर खोज्न गाड़ीमा शहरतिर लागें। म शहरको माझै-माझ जाँदैछु, ‘पेट्रोलिङ पार्टी’हरू तैनात छन्। शहरको माझमा भएको पोखरीको छेउमा पुग्दा सडक़को माझबाट एउटा कालो बलियो साँढेगोरू उफ्री-उफ्री दगुर्दै छ, त्यसमाथि एउटा मानिस गोरूका कानमा समातेर आफ्नो स्थिति मजबुत पारेर बस्न कोसिस गरेको छ। न त साँढेगोरू रोकिन्छ न त पिठ्यूँमा बस्ने मानिस ओर्लिन सक्छ। साँढे र माथिको मानिसलाई हेर्दा यस्तो लाग्छ साँढे सोच्तो हो किन आज यस्तो पीर खप्नु परेको अनि पिठ्यूँमा बस्ने मानिसले चाहिँ किन यस्तो आपद झेल्नु परेको? मलाई यो देखेर मस्तिष्कभित्र एउटा सहीनसक्नु अनुभव हुन्छ। सुस्त मानिसले त यसरी कहिल्यै साँढेलाई घोड़ा बनाउँदैनन्। मैले अघि न त यस्तो देखेको थिएँ न त सुनेको थिएँ। त्यो पिठ्यूँमा बस्ने मानिस निश्चय पागल हुनुपर्छ। मैले गाड़ी अघाडि लगेर घुमाई ‘हेडलाइट’ को प्रकाश साँढेगोरूको आँखामा लाउन भनें। हुकुम अनुसार काम। ‘हेडलाइट’ को प्रकाश उसका आँखामा पर्नेबित्तिकै उसले आँखाले केही नदेख्ने भयो र मुन्टो हल्लाएर ठिङ्ग चौबाटामा उभियो। मौका पाउने साथै पिठ्यूँको मानिस हत्तपत्त ओर्लियो। ड्राइभरले गाड़ीको लाइट निभायो। साँढेगोरू पार पाएँ भनेर पुच्छर उठाएर आत्तिँदै भाग्यो। साँढेगोरूको पिठ्यूँबाट ओर्लिने मानिसलाई देख्ने साथै बिजुलीको करेन्ट जस्तो शरीरभरी अनुभव भयो। त्यो त हाम्रै विभागको सिपाही गनी पो रहेछ।
अन्तर्राष्ट्रिय सेवाको कार्यालयमा अनुभव
अन्तर्राष्ट्रिय सेवाको कार्यालयमा अनुभव
ड. देवेन सापकोटा
प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग, भेटेनरी कलेज;
असम कृषि विश्व विद्यालय;
खानापारा; गुवाहाटी; असम l
मलाई उ.के.वि.वि.को (उत्तर करोलिना विश्व विद्यालय) अन्तर्राष्ट्रिय सेवा कार्यालय (Office of International Services) मा भिसाको म्याद बढाउनको बारेमा सुझाव लिनु थियो। मैले यस अघि त्यस कार्यालयमा कहिलै गएको थिइनँ र कता जानु पर्ने हो थाहा पनि थिएन। मेरो ल्याबमैं काम गर्ने इक्वेडरबाट आएका छात्र दोमियन लोपेजलाई 'कता जानु पर्ने हो' भनी खोजी गर्दा उनी आफैंले अघि सरी मलाई उहीँसम्म लगिदिने भए। मलाई पनि के खोज्छस् कानो आँखो जस्तो भयो। उनलाई अघि लगाई म पछि लागेँ। हाम्रो प्रयोगशालाबाट झरी हिल पुस्तकालय भवन अतिक्रम गरी न्युक्लियर भौतिकविज्ञान घरभवनको छेवैबाट अलिकति अघि जाँदा अन्तर्राष्ट्रिय सेवा कार्यालय रहेछ। मलाई ढोकासम्म पुऱ्याएर दामियन बिदा भए। मैले धन्यवाद दिदैं भवनभित्र पसेँ।
“लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्र” कवितामाथि छोटो टिप्पणी
“लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्र” कवितामाथि छोटो टिप्पणी
निमा शेर्पा, दार्जिलिङ
लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्र पहिलोपल्ट ईशाब्द १९६४ मा रूपरेखा पत्रिकामा प्रकाशित भएको हो। फेरि तेइस वर्षको लामो अन्तरालपछि ईशाब्द १९८७ मा ईश्वर बरालद्वारा सम्पादित पारिजातका कविता सङ्ग्रहमा सङ्ग्रहित भएर यो कविता पुनर्प्रकाशनमा देखापऱ्यो। यस कवितालाई पारिजातका स्वच्छन्दतावादी–अस्तित्ववादी धाराका प्रतिनिधि कविता मानिन्छ।
डिल्लीराम खनालको कथा-संकलन ‘अभिशप्त युगको आत्मकथा’ बाट: “घाइते इतिहासका सुस्केराहरू”
डिल्लीराम खनालको कथा-संकलन ‘अभिशप्त युगको आत्मकथा’ बाट: “घाइते इतिहासका सुस्केराहरू”
डिल्लीराम खनाल, सिङ्ग्री, बालिजान, शोणितपुर, असम
बिहान ओछ्यानबाट उठेर निस्किँदे गर्दा मनवीरलाई सम्झना आयो आज त पन्ध्र अगस्त- स्वतन्त्रता दिवस भनेर। सारा भारतमा नै आज यो स्वतन्त्रता दिवसको खुशी मनाइने छ। प्रत्येक भारतवासीको अन्तर आज प्रफुल्लित भइरहेको छ।तर आजको यो स्वतन्त्रता ल्याउनको लागि मनवीरजस्ता कति हजारौं भारतीयहरूले के-के गुमाएका थिए, कति अत्याचार सहेका थिए, त्यो आजको पिंढीलाई के थाहा छ र? त्यस अन्धकार कालरात्रिको सम्पूर्ण इतिहास त आज हामीलाई , इतिहासको ठेलीले मात्र होइन , मनवीरहरूजस्ता स्वतन्त्रता सेनानीहरूले मात्र भन्न सक्नेछन् उनीहरूको प्रत्यक्ष अभिज्ञताबाट। उनीहरूको त्यो त्याग र बलिदानको मीठो फल आजको पिंढीले भोग्न पाइरहेको छ। तर उनीहरूको यथायोग्य सम्मान, उनीहरूको उपयुक्त स्थान आजको पिंढीले उनीहरूलाई दिनसकेको छैन। कोही खोरण्डो भएर बाँचिरहेका छन् भने कोही अवहेलित, लाञ्छित, अपमानित पनि भइरहेका छन्। केवल दूला-ठूला समारोहमा उनीहरूलाई पुरस्कृत गरेर मात्र उनीहरूको उपयुक्त मूल्याङ्कन हुनसक्दैन। पेन्सनको नाममा सामान्य केही रुपियाँ दिएर मात्रै देशले उनीहरूको अमूल्य त्यागको मूल्य चुकाउन सक्दैन।मनवीरलाई अझै थाहा छ- उनीहरूले के-के गरेका थिए यो देशलाई विदेशीको कब्जाबाट मुक्त गराउन, स्वतन्त्र गराउन।
प्रयात जनार्दन उपाध्याय को "पुलिसको डायरी" बाट: बुबा! पुलिसलाई पनि लाज लाग्छ ?
प्रयात जनार्दन उपाध्याय को "पुलिसको डायरी" बाट: बुबा! पुलिसलाई पनि लाज लाग्छ ?
डिसेम्बर महिनाको भीषण ठण्डाको चपेटले हिउँ परिरहेको छ। त्यसैले जनजीवन प्रक्रियामा सामान्य भए पनि अड्चन आएको छ। दिनमा पनि ‘हेडलाइट’ जलाउनु पर्ने अवस्था थियो। एकापट्टि ठण्डाको लहर अर्कापट्टि वर्ष विदाइको तयारी।समय बिहानको आठ बजे। दिन धुम्मे छ। कुहिरो ज्यादै परिरहेको छ। ५ हात टाढा पनि देख्न मुश्किल छ। सिपाही, अफिसर आफ्नो कर्तव्यको लागि थानामा आउने समय हुनथाल्यो। यसैबीच थानामा एकजना युवक आएर एउटा उजुरीनामा (एजाहार) दिए। जसमा उल्लेख गरेको थियो- गए राति करीब बाह्रï बजे कसैले सिराज आलि नाम गरेको मानिसलाई हत्या गरेर छेउकै खेतमा फ्याँकि दिएको रहेछ।
एक मात्र नारी नै हुन
एक मात्र नारी नै हुन
नीता गुरुंग भाटिया, गुवाहाटी, असम
ई.मेल. neetagurung59@gmail.com
शिशुलाई नौ महिना
गर्भमा राखी,
प्रसव पीड़ा सहने
एक मात्र नारी नै हुन।
मातृ बनि ममताको
शितल बर्षा गर्ने
चेली बनि माईतीलाई
मायाको न्यानो काखमा अंगाल्ने
एक मात्र नारी नै हुन।
तिहार आउॅदा,टिका लगाई
दाज्यु-भाईको निधार सजाउॅने
एक मात्र नारी नै हुन।
अर्द्धांगिनी बनी पतिको
सुख-दुखमा साथ दिने
एक मात्र नारी नै हुन।
नानीहरूलाई मीठो कोसेली (बाल कविता सङग्रह)
नानीहरूलाई मीठो कोसेली (बाल कविता सङग्रह)
कृष्णष्णप्रसाद भट्टराई, ठेलामारा, शोणितपुर, असम
बाबा म खेल्न जान्छु
बाबा म खेल्न जान्छु
नाइ नभन्नु ल?
खेल्न दिनु भएन भने
पढदिन म त।
सधैँ खेल्ने बानी भए
स्वास्थ्यमा सुधार हुन्छ
गुरू पनि कक्षामा
त्यही भन्नु हुन्छ।
'हुन्छ जा “ भन्दिनु न
म त खुसी हुन्छु
जान दिनु भएन भने
पढ दिन म रून्छु।
यति भनि सकेपछि
जा भने बाले
साथी का हूलमा गई
म त खेल्न थालें।
गुवाहाटीबाट रालेसम्मको लामो फड्को II
अमेरिका पस्दा
अमेरिकाभित्र भविष्यमा भेट्टिने अनुभवको उत्सुकता र अतीतको रोमन्थनबिच समय व्यतीत गर्दै हाम्रो वायुयान बिहान 7.25 बजे चिकागो विमानस्थलको टर्मिनल नम्बर 5 मा पुग्यो। मैले परिचारिकाबाट इमिग्रेसन फर्म सङ्ग्रह गरी लिएँ। हुनत यसलाई अघि नै वेबसाइटबाट डाउनलोड गरी भर्ने अभ्यास गरी सकेको थिएँ। मैले गुवाहाटीमै हुँदा अमेरिकामा आउँदा के के सामान ल्याउन सकिन्छ र के के सकिँदैन यस बारेमा ठोस अध्ययन गरेको थिएँ र साथी-सङ्गीलाई पनि सोधेको थिएँ। त्यसैले आपत्तिजनक केही सामान पनि ल्याएको थिइनँ। अरू यात्रीको बिचै-बिच विमानबाट बिस्तारै बाहिर निस्कें। अमेरिकालाई 9 वटा स्तरीय समय- जोनमा भाग गरिएको छ। त्यसैले अमेरिकाको कुनै पनि ठाँउमा जाँदा स्थानीय समयसँग सामञ्जस्य राखेर घडीको काँटा मिलाउनु पर्दो रहेछ। मैले पनि हातको घडी खोली विमानस्थलभित्र झुन्ड्याएको घडी हेरी काँटा मिलाएँ। जहाजबाट विमानस्थल पस्ने अघि जोड-तोडले हावा चलिरहेको अनुभव गरेँ। चिकागोलाई हावा शहर (Wind city) भनिएको कुराको सत्यता पाएँ।
गुवाहाटीबाट रालेसम्मको लामो फड्को I
अमेरिका जाने भिसा आवेदन गरेपछि अन्तर्वार्ताको दिनसम्म प्रायः एक महिना समय पाइन्छ । मेरा लागि अन्तर्वार्ताको मिति थियो अगस्त दुई। यसै बिच मैले कागज-पत्र आदि तैयार पार्नु थियो । हुनत म भारत सरकारको वृत्ति लिएर अमेरिका पठाइन लागेको एक च्विद्वान्च् (स्कलर) थिएँ, त्यसैले गर्दा मलाई भिसा पाउन केही अप्ठ्यारो नहुनु पर्ने। तर मनले मानेन। कतै चुक भयो भने? बल्लबल्ल भेटेको बिद्वतवृत्ति (स्कलरसिप) भिसा कै कारण जान पाइनँ भने? यो वृत्ति पाउने योग्यता ५५ वर्षको उमेरसम्मलाई मात्र थियो । म वर्षको माथिल्लो परिसीमामा पुगिसकेको थिएँ। यस मौका एकपल्ट गुमाएँ भनें फेरि पाउने छैन भनी मनभित्र भावनाका ज्वार-भाटा खेली रहेका थिए । यसै बिच वेब-साइटमा गई अमेरिकन भिसाका लागि अन्तर्वार्ता दिनेहरूले पोस्ट गरेका आफ्ना अनुभवका लेख या भिडियोहरू पनि हेरेर आफैलाई प्रस्तुत गरेँ। कोही हितैषीले भनें.- च्भिसा आवेदनकारी अमेरिकामा गएर चल्नका लागि यथेस्ट पुँजी भएको हुनुपर्छ रेज्।
यसका लागि मैले ब्याङ्कमा राखेका फिक्स डिपोजिट रकमका कागजपत्र र गत ३ महिनाको सेविङ्ग्स रकमको बयान, जीवन बीमा गरेका कागज आदि तयार पारेँ। अरू कोही हितैषीले भने.. च्आवेदनकारी अमेरिकामा गएर आफ्नो नियोजित काम सकेर वापस फर्की आउने निश्चित हुन यहाँको सम्पत्ति, जागिर आदि भएको हुनु असल रेज्। यसका लागि मैले मेरो विश्वविद्यालयबाट तलब प्रमाणपत्र पनि बोकें। अब सम्पत्तिको कागज कसरी मिलाऊँ घर र घडेरी दुवै मेरी श्रीमती (रञ्जना) को नाउँमा छ। घर बनाएको कागज गुवाहाटी म्युनिसिपल्टी कोर्पोरसोनबाट मिलाएँ। भिसा अन्तर्वार्तामा श्रीमतीको नाउँमा भएको घडेरीको कागज लगेँ भने मलाई सोध्ला च्रञ्जनासँग तेरो भएको सम्बन्धको प्रमाण पत्र खोइ?च् त्यसो भए मैले अब रञ्जनासँग २८ वर्ष अघि गरेको विवाहको प्रमाणपत्र बनाउनु पर्यो। हे प्रभु, कस्तो फसाद!
कालो बिरालो
कालो बिरालो
भराली महाजनले रङ खुइलिएको पुरानो डिजल एम्बासेडर थाना अघि राखी हतार हतार लामा लामा पाइला चाल्दै मेरा कोठामा आउँदै गरेको म खिड़कीबाट नै देख्तै छु। त्यस अ\चलका महाजन माछाका महलदार पनि हुन्। उनको पहिरनमा सेतो पन्जाबी कमिज र घुँडातलसम्मको सेतो रङको धोती। उनको अनुहार रातो, पिरो, खँदिलो साठी वर्ष नाघेको भए तापनि 40/45 वर्षका झैं देखिन्थे, झलक्क हेर्दा उनलाई नेता झैं लाग्दथियो। भित्रचाहिँ भि, आइ, पि, सिट साथै सुगन्धी बास्नाले मगमगाई रहन्थ्यो। उनको नहँसाई नबोल्ने आदतले गर्दा उ सबैका प्यारा थिए। उनको त्यो अम्यासले गर्दा उनी थानामा आउँदा-जाँदा हामीहरूलाई खुसी लाग्थ्यो। मेरा कोठामा पसेर मलाई अभिवादन गरे मैले पनि अभिवादन गरेर बस्न अनुरोध गरें। आज अघिपछिका जस्ता महाजन होइनन् गम्भीर छन्। उनले माथिपट्टि पकेटबाट एउटा रातो रङले बेरेको कानुनी डायरी निकाले। भित्रबाट एउटा पट्याएको कागज खोली मपट्टि लम्काए, मैले हेरें त्यो एउटा चोरी मुद्दाको उजुरीनामा (एजाहार) रहेछ। त्यसमा उल्लेख गरिएको रहेछ उनलाई सरकारले लिलाममा दिएको नदीबाट माछा चोरी गरेर नदीका छेउमा बसोबासो गरेका मानिसहरूले लगेछन्। मौखिक हिसाबले पनि अनुरोध गर्न थाले, झट्टै कानुनी कारवाई गरिएन भने नदीका माछा मारिसक्छन् र सरकारको लिलामको रकम दिन सकिँदैन। जहाँ सरकारको शुल्कको कुरा आउँछ हामीहरूको धेरै दायित्व बढ्छ। यसैले अहिले नै घटनास्थलमा जाने निश्चय गरें। थानामा उपस्थित भएका सहकारी उपपरिदर्शक गोगोई र दुई सिपाही लिएर थानाको डिजल ट्रेकारमा घटनास्थलमाभनेर यात्रा गर्यौं। घटनास्थल देखाउन हामीले भराली महाजनलाई साथम लियौं। महाजनले धोतीको फुर्काले चश्मा पुछ्तै गाडीमा चढ़े, गाडीले आफ्नो गतिलियो।
त्याग र आत्मबलिदानकी जाग्रत प्रतीक : सती जयमती
त्याग र आत्मबलिदानकी जाग्रत प्रतीक : सती जयमती
कल्पना देवी आत्रेय,कलियाबर, नगाउँ, असम
जम्बुद्वीप भरतखण्ड भारतवर्ष आर्यावर्त देशको प्राचीन शाश्वत इतिहासका पृष्ठमा महिमामयी तथा वीराङ्गना नारीहरूको नाम सुनौलो अक्षरमा लेखिएको पाइन्छ। अखण्ड भारतको भूभाग र रत्नगर्भा धरित्री माताको कोखमा जन्म ग्रहण गरेका सौभाग्यवती नारीहरूको वर्णन गर्न कुनै पनि कलमकारलाई त्यति सजिलो हुँदैन। त्यो चाहे प्राचीनकालका विदुषी नारी अथवा ऋषि-मुनिहरूको वर्णन होस् अथवा मध्यकालका वीराङ्गनाहरूको वर्णन नै किन नहोस्। समयसमयमा उनीहरूले देखाएको साहसिक कदमले नारी जातिको कदलाई धेरै नै उच्चा पारेको छ। त्यसैक्रममा पूर्वोत्तर भारतका नारीहरूको योगदान पनि इतिहासमा नटल्किएको होइन। त्यो चाहे आक्रमणकारीहरूको विरोधमा आवाज उठाउने कार्य होस् अथवा देशहित सर्वोपरि मानी देशभक्तिसहित राष्ट्रधर्म पालन गर्ने कार्य नै होस् अथवा परतन्त्रबाट मुक्ति पाउनका लागि उनीहरूले गरेको सङ्घर्ष नै किन नहोस्। माथि भनिएको समग्र महामानवीय गुणले परिपूर्ण भएकी पूर्वोत्तर भारत असम राज्यकी वीराङ्गना सतीजयमतीको नाम नारीहरूमध्ये कहिल्यै बिर्सन नसकिने नाम हो। यस्ती स्वाभिमानी नारी, जसले आफ्नो पति र देशका निम्ति गरेको बलिदान तथा उनको गौरवमय इतिहास-गाथालाई हामी प्रत्येक भारतवासीले हृदयङ्गम गर्न र उनका विषयमा जान्न जरुरी छ।
नानीहरूलाई मीठो कोसेली (बाल कविता सङग्रह)
नानीहरूलाई मीठो कोसेली (बाल कविता सङग्रह)
कृष्णप्रसाद भट्टराई, ठेलामारा, शोणितपुर, असम
आऊ नानी पढौं अब
नानी हाम्री सानीसानी
पढ्नमा छिन ध्यानी
चाँडै बिहान उठछिन उनी
गुरू वचन मानि।
आऊ नानी पढौं अब
त्यही आफ्नो पाठ
तिमीले धेरै पढ्नै पर्छ
दिन अनि रातï।
धेरैधेरै पढ्नेहरू
माथि चढ्दै गए
अल्छी गरी नपढ्ने
तलतलै रहे।
त्यसैले नै विन्ती गरी
पढ्न बोलाउँदै छु
छिन पढेïपछि मात्रै
अनि लेख्न दिन्छु।
******
मुक्तक
मुक्तक
नीता गुरूंग (भाटिया)।
गुवाहाटी (असम)।
१. मायाको चिह्नो छोड़ेर जाउॅला।
प्रेमको गाथा कोरेर जाउॅला।
शंका नगर मायामा मेरो प्रिये,
तिम्रो मुटुमा मुटु जोड़ेर जाउॅला।
दुष्स्वप्न ( सन्दर्भ : प्रणय दिवसको )
दुष्स्वप्न ( सन्दर्भ : प्रणय दिवसको )
चुडामणि पौडेल उर्लाबारी ; मोरङ, नेपाल
नबिर्सेँ तिमीलाई नपाएँ तिमीलाई बिना अर्थ दिलमा, सजाएँ तिमीलाई ........। मोबायलबाट एक्कासी आएको बहुचर्चित रिङटोनले पंतिकारको ध्यानार्कषण गरेरै छाड्यो । नजिकै रहेको मोबायलको स्क्रिनमा नजर पुग्यो । नचिनेको नम्बर भएकोले उठाउन त्यति उत्साह भएन । त्यसैले रिङ टोन निरन्तर बझि नै रह्यो । चर्चित गायिका अन्जु पन्तको स्वरमा यो गजलको सुरुवाती समयमा प्राय मानिसका रिङ यस्तै यस्तै सुनिन्थे । दुखद प्रेम प्रसङ्गका यी मर्मस्पर्सी भावहरु, कानमा गुञ्जी रहुन्जेल चुपचाप रहेँ । निकैबेर सम्म रिङ टोन बजीरह्यो । उठाउँ, या म के गरुँ ? अन्योलपूर्ण ढंगबाट तत्क्षण गुज्रियो । नचिनेको नम्बरबाट द्वन्द्वकालमा हैरान पारेको परिस्थिति स्मृतिमा सलबलायो । सेल्टरका सवालमा होस या डिनरको प्रबन्धमा, एवं रीतले चन्दा आतंकका धम्किपूर्ण आवाजहरु त्यस्तै रिङ टोन पश्चात सुनिन्थे । झन् अरु त के के हो के के । वाईयात, मैले उठाईन । टन्टै साफ, मनले ठान्यो । बेलुकीको समय, आफ्नो त चाँडै निदाउने आदतले खानपिन पछि बिछ्यौनामै ढल्किएँ ।
: म दूधको तर हुँ :
:म दूधको तर हुँ:
गणेश शर्मा सापकोटा
ढेकियाजुली, शेणितपुर, असम।
म दूधको तर हुँ
गौ माताको सम्मान हुँ;
म दूधको तर हुँ I
म दूध वालाको गौरव हुँ, गृहिणीको रहर हुँ,
गृहिणीको बचत हुँ, गृहस्थको जागर हुँ,
शिवलिङ्गको चमक हुँ, नानीहरूको स्वास्थ्य हुँ,
म दुधको तर हुँ ।
यता न उता जाईफलका झुत्ता
यता न उता जाईफलका झुत्ता
त्यो बेला हाम्रो प्रोबेसन चल्दै थियो। अफिस, अड्डा, थानामा तीन-तीन महिनासम्म काम सिक्नुपर्छ। मेरो वर्तमान थानामा काम सिक्ने अवधि चल्दैछ। मैले आज जोरहाट सर्किट हाउसबाट एकजना इङ्ल्यान्डको भि.आई.पि. एकजनालाई ‘एस्कट’ गरेर गुवाहाटीसम्म लानु पर्ने थियो। यो मेरो प्रथम ‘एस्कट’ ड्यूटी थियो। मेरा ज्येष्ठहरूले मेरा कर्तव्यका लागि केही पनि सुझाउ दिएका थिएनन्। मसँग राइफलधारी तीनजना सिपाही अनि एउटा जिप गाड़ी। ड्राइभरले गाड़ी हाँकेर ‘सार्किट हाउसमा ल्याएर राख्यो। मलाई अनभिज्ञ भनेर होला उनीहरू भन्नथाले यस्ता कर्तव्य हामीहरूले धेरै गर्यौं तपाईं मात्र गाड़ीमा बसिरहे हुन्छ, बाँकी काम हाम्रो। उनीहरूको हेराई, सोचाई, कर्तव्य गर्ने ढंग देखेर उनीहरू यस विषयमा परिपक्वछन् भन्ने कुराचाहिँ मलाई विश्वास लागेन। सर्किट हाउसको मैदानमा स-साना अनगिन्ती गाड़ी शोभायमान पारेर मिलाएर राखेका छन्। कोही आउँदा छन् कोही जाँदा छन्। सबै व्यस्त छन अडि़एर बातमार्ने फुर्सदै नभएको। हामीले लाने भि.आई. पिको प्रतीक्षामा हामी बाहिरै छौं। बेला बेला म सिपाहीलाई सोध्छु कतिबेर भि. आई. पि. निस्कन्छन्। हामी त्यहाँ आएको पनि दुईघण्टा बितिसक्यो। उनीहरूको उत्तर थियो तपाईं ज्यादै चिन्ता गर्नु हुँदोरहेछ हामीहरूले यस्तो ड्यूटी धेरै गर्यौं। यतिबेरै एउटा अग्लो रातो-सेतो वर्णको बलियो रातो केश भएको मानिस आएर एउटा थोत्रो थोत्रो खालको सेतो रङ्गको एम्बासेडर गाड़ीमा चढ्यो। गाड़ी अघि बढ्यो। हामी सबै तैनाथ छौं। हाम्रो गाड़ी उसकै पछाड़ी छ। मैले भि.आइ.पि ‘एस्कट’ क्या हो क्या हो भन्ने सोचेको थिएँ यही पो रहेछ भन्ने थाहा पाएँ। हामी गुवाहाटीतिर जाँदैछौं। काजिरंगा अभयारण्य पुग्दा नपुग्दा भि.आइ.पि को गाड़ी दुई चोटि रोकियो। भि.आइ.पि. ओर्लिएर यसो जङ्गलमा छेलिएर पिसाब फेर्छन। यतिबेर भएको भए म निश्चय सोच्दथिएँ भि.आई.पि लाई मधुमेह रोगले सताएको रहेछ। तर त्यो समयमा मधुमेह भन्ने शब्द कसैका मुखबाट सुन्न पाएको थिएन। यसरी नै हामी जोराबाट आइपुग्यौं। भि.आइ. पि. को यस्तो अवस्थादेखेर म तीनछक्क परें। मलाई मन-मनै तातो लाग्न थाल्यो। हामीले ल्याउनुपर्ने मानिस यो हो कि हैन? तर मेरा सहकर्मीहरूलाई सोधपुछ गर्दा त्यही हो भनेर डम्फु बजाउँछन्। मेरो उपाय थिएन।
'यता हुँदा उताको झझल्को'
असम नेपाली साहित्य सभाको 'साहित्य प्रभात' पुरस्कार प्राप्त पुस्तक (सन् २०२०): 'यता हुँदा उताको झझल्को'
ड. देवेन सापकोटा
प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग,
भेटेनरी कलेज; असम कृषि विश्व विद्यालय;
खानापारा; गुवाहाटी; असम l
गुवाहाटीबाट रालेसम्मको लामो फड्को
पस्नै सारो
अमेरिका जाने भिसा आवेदन गरेपछि अन्तर्वार्ताको दिनसम्म प्राय: एक महिना समय पाइन्छ । मेरा लागि अन्तर्वार्ताको मिति थियो अगस्त दुई। यसै बिच मैले कागज-पत्र आदि तैयार पार्नु थियो । हुनत म भारत सरकारको वृत्ति लिएर अमेरिका पठाइन लागेको एक 'विद्वान्' (स्कलर) थिएँ, त्यसैले गर्दा मलाई भिसा पाउन केही अप्ठ्यारो नहुनु पर्ने। तर मनले मानेन। कतै चुक भयो भने? बल्लबल्ल भेटेको बिद्वतवृत्ति (स्कलरसिप) भिसा कै कारण जान पाइनँ भने? यो वृत्ति पाउने योग्यता 55 वर्षको उमेरसम्मलाई मात्र थियो । म वर्षको माथिल्लो परिसीमामा पुगिसकेको थिएँ। यस मौका एकपल्ट गुमाएँ भनें फेरि पाउने छैन भनी मनभित्र भावनाका ज्वार-भाटा खेली रहेका थिए । यसै बिच वेब-साइटमा गई अमेरिकन भिसाका लागि अन्तर्वार्ता दिनेहरूले पोस्ट गरेका आफ्ना अनुभवका लेख या भिडियोहरू पनि हेरेर आफैलाई प्रस्तुत गरेँ। कोही हितैषीले भनें.- ‘भिसा आवेदनकारी अमेरिकामा गएर चल्नका लागि यथेस्ट पुँजी भएको हुनुपर्छ रे’।
हामी कसरी रैथाने हुने
हामी कसरी रैथाने हुने
जागिरे जीवनमा ताते मात्रै गर्दै थिएँ। माजुली थानामा एउटै मात्र उप-परिदर्शकका रूपमा मेरो नियुक्ति भएको थियो। म त्यहाँ योगदान गर्ने साथै द्वितीय भारप्राप्त अधिकारीको दायित्वभार समाल्न कर लागेको थियो। त्यस समयमा असममा विदेशी बहिष्कारको झरी बतासले धेरैको ज्यान-माल हानि भइसकेको थियो। बिहानको ७ बजे म मेरा डेराबाट श्रीमतीको मागबमोजिम पसलबाट चिनी किन्न जानुपर्यो नत्र चिया नै पियाई नहुने भयो। पसल थानाकै समीपमा थियो। पसलमा पस्ता पस्तै थानाबाट कतै जान तरखर गरिरहेका प्रभारीले मलाई देख्नेबित्तिकै बोलाएर उनीसँग ट्रेकारमा बस्न भने। म हत्तपत्त मेरा टेबुलमा भएको आफ्नो डायरी लिएर ट्रेकारमा चढें।
हाम्रो गाड़ीले कालो धूवाँ फ्याँक्तै अघि बढ्यो। करीब ५-६ किलोमिटर गएपछि देब्रेतिर कच्ची ढुङ्गे बाटो हुँदै अघि बढ्दैछ। प्रभारीसँग म र हामीसँग भएको सिपाही कहाँ जाँदैछौं थाहा नै थिएन। त्यसै पनि जोखेर बोल्ने स्वभावका प्रभारीलाई मैले पनि केही सोध्न सकिन। मैले सोध्नुभन्दा आफूले भनुन् भनेर म मौनै रहें। यसरी नै आएर हाम्रो गाड़ी नदी किनारको एउटा गाउँमा घ्याच्च रोकियो। नदी छेउमा भएका बाँस, खरले बनाएका कतिपय घर डढेर सखाप भएछन्।
कथाः मौन सभा
कथाः मौन सभा
अञ्जन बाँसकोटा, समारदलनी, विश्वनाथ, असम
‘सन्माननीय सदस्यवृन्द, तँपाईहरू कृपया शान्त रहनु हओस। हाम्रा सचिव महोदयले वाहाँको कर्म व्यस्तताको कारणले गर्दा बिगत सभाको कार्यब्यौरा टिपोट गर्न भ्याउनु भएको थिएन। अबका केही क्षणमै वाहाँको लेखाइ सिद्धिन्छ.....र हाम्रो आजको सभाको थालनि हुने छ.........’ नीलपुर युवा सङ्गठनका अध्यक्ष जगदीशले यसैबिच एउटा सूचना दिए। अध्यक्षको घोषणापछि सदस्यहरू अलिक शान्त भए। कतिपएले राम्रै माने किनभने सभा-समिति आदि ‘बुढ़ा मान्छेहरूले गर्ने काम-कुरा हुन’।
नेत्तिफुङको बास्नामा म्यासोकिस्ट आनन्द
नेत्तिफुङको बास्ना - मा म्यासोकिस्ट आनन्द
निमा शेर्पा, दार्जिलिङ
Read from a distant star, the majuscule script of our earthly existence would perhaps lead to the conclusion that the earth was the distinctively ascetic planet, a nook of disgruntled, arrogant creatures filled with themselves, at the earth, at all life, who inflict as they possibly can out of pleasure in inflicting pain which is probably their only pleasure.
- Friedrich Nietzsche, On the Genealogy of Morality.
कविता कोर्नु/पढनु भनेको एकप्रकारले अथाह पीडाको दहमा स्वेच्छाले हाम्फाल्नु हो । आम मानिस असामान्यबाट सामान्य मनोस्थितिमा फर्कन विभिन्न युक्तिजुक्ति अवलम्बन गर्दछन् । कवि/पाठक चाहिँ सामान्यबाट असामान्यतिरको जटिल यात्रा स्वेच्छाले हिँडछन् । किनभने उनीहरू पीडामा नै शिवत्व पाउँछन् । पीडासित मुखामुख नगरी आनन्दको दर्शन सम्भव छैन भन्ने मान्दछन् । वास्तवमा पीडाबाट निसृत आनन्द नै उनीहरूको अभीष्ट हो । यसैर उनीहरूलाई प्रिय छ पीडा । आधुनिक मनोविज्ञान र चिकित्साशास्त्रले त कविताप्रेमलाई पेरिफिलिया डीसर्डरअन्तर्गत मेटरोफिलिया नाम दिएर मानसिक रोगकै श्रेणीमा राखेका छन् ।
'मनोराग' कथाको प्रत्येक पाटाहरू खोज्दै ...........
'मनोराग' कथाको प्रत्येक पाटाहरू खोज्दै ...........
अनुपमा कट्टेल, डिमापुर, नागाल्यान्ड
Email:Kattelanu11@gmail.com
शोणितपुर जिल्लाका शिङरीमा जन्मिएर हाल गुवाहाटीमा बसोबास गर्ने कथाकार डा० देवेन सापकोटाको 'मनोराग' पहिलो कथा सङ्ग्रह हो।लकडाउनको समयमा विमोचन भएको यस कथा सङ्ग्रहमा जम्मा २२वटा कथा समाविष्ट गरिएको छ। कथाकारका कथाहरू असीको दशकदेखि नै विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका जानकारी पाइन्छ। कृतिका रूपमा यो उनको दोस्रो मौलिक कृति हो। यसअघि ' यता हुँदा उताको झझल्को' शीर्षक नियात्राको पुस्तक निकालेर उनी निकै परिचित तथा चर्चित भइसकेका छ्न्। यसर्थ यस कृतिमा उनले नयाँ लेखकको अपरिपक्कताको पहिलो खुडकिलो नाघिसकेको अनुमान लगाउन सकिन्छ।
“ स्वीकारोक्ति ”
"स्वीकारोक्ति"
२००१ सालको भ्रातृ-द्वितीयाको दिन। म उदालगुड़ी थानाको प्रभारी। बिहानको ७ बजे। म मितेरी सम्बन्धकी दिदीको हातको भाइटीका निधारमा सजाउन भनेर दिदीको घर जान तर्खरमा थिएँ। मैले यस दिनको लागि बिदा मागेको हुनाले ढुक्क मानेर सेतो पाइजामा र पञ्जावी कमिजमा सज्जिएर थाना अघिल्तिर मेरा अपेक्षामा तयार भएको भाडाको एम्बासेडर गाडीतिर जान लागें। यत्तिकैमा भद्र माझी नाम गरेको मानिस मेरा सामु हाजिर भए। उनी जस्तै आपदकालमा नहाँसी नबोल्ने र बेला-बेला भक्भकिने बानी हुनाले उ मेरा सारै परिचित थिए। उनलाई देख्नेबित्तिकै म झसङ्ग हुनथालें। उनी थानामा आउँदा केही झेउलो लिएर आउँछन् नै भनेर। मलाई देख्नेबित्तिकै नमस्कार गर्दै हाँस्तै हातमा भएको केही लेखेको कागत एक ताउ मलाई अघि बढाउँदै भन्छन्- ‘सर हिजो राति असम-भुटान बोर्डरमा भएको आदिवासी गाउँमा वृद्ध पति-पत्नीलाई अपरिचित दुष्कृतिकारीले हत्या गरेछन्।’ यस्तो दु:खदायक खबर बोकेर आउने मानिसका मुखमा हाँसो देख्ता म छक्क पर्छु। उनले दिएको उजुरीनामा (एजाहार)मा पनि त्यही कुराको उल्लेख गरेको रहेछ। म त्यो गाउँमा कहिल्यै पनि नगएको हुनाले थानामा भएको मानचित्र हेर्दा जान्न पाएँ त्यो गाउँ यहाँबाट २५ कि. मि. टाढा थाना क्षेत्रको सबैभन्दा दुर्गम स्थानमा रहेछ।
तर……... के छ भने
तर……... के छ भने
नीता गुरुंग भाटिया, गुवाहाटी, असम।
ई.मेल. neetagurung59@gmail.com
मनको द्वार खोलेर बसेको थिए, तिम्रै लागी,
तर........ के छ भने,
तिमी आउने गोरेटो नै ओझल भएछ।
क्षित्तिज सरि टाढ़ा-टाढ़ा सपना सजायँ
तर…….. के छ भने,
सपना सारा हुरिले उड़ाएछ।
क्यालेन्डरहरू फेरिए
क्यालेन्डरहरू फेरिए
कुसुम गौतम, टमु, म्यानमार
हिजोसम्म घरका भित्ताहरूमा
शानले झुण्डिरहेका क्यालेन्डरहरू
३६५ दिनको आयु पुरा भएपछि
एकदम निर्जीव(मानौँ कोमामा रहेको मान्छे)
झैँ हुँदा रहेछन्
म घर आउदैछु
म घर आउदैछु
प्रतिभा देवी , सदिया , तिनिसुकिया, असम
म घर आउदैछु
भारी भिडलाई पन्छाउदै
मानिसहरु सँग तर्किदै
न रेलगाडी न वास
मृत्यु लाइ उछिन्नेर
हिडेको हिडै आउदैछु।
दुइ चारवटा रोटीत थिए
पुलिस ले कुट्दा त्यो पनि उछिट्टिए
भोकको ताँतमा उभिए
मेरो पालोमात रोटीनै सकिए
तर पनि घर को छ्हारी सम्झेर
भोक बिर्सेर आउदैछु
म घर आउदैछु।
मेरो परिवारलाइ लिएर ,
स्याना नानीलाइ हिडाएर
बुनेका सपना भत्काएर
नयाँ सपना सजाउन आउदैछु
म घर आउदैछु ।
सारङ्गी
सारङ्गी
छत्रमान सुब्बा , दिघली,
बालिपाडा, शोणितपुर, असम
मेरो शब्द सारङ्गी
जीवन र निष्ठाको यात्राक्रम सुनाइ बस्छ
अज्ञानतालाई केरियर बनाउने मुर्खतालाई रेटेर ।
अनन्तकालदेखि सुनी रहेको छु
मिल्टन र कालिदासले गेटे र देवकोटाले
यही सारङ्गी बजाउँदा
कृष्णजीको बाँसुरी र सरस्वतीको वीणा एकैसाथ जोडिन्थे
उषाकालको बिहानीलाई बोकेर।
वनस्पति कथायात्रा-७ : मकैको आत्मकथा
वनस्पति कथायात्रा-७ : मकैको आत्मकथा
रेवतीरमण सापकोटा, ओदालगढी, असम
म मकै हुँ। म पृथिवीका धेरै ठाउँमा चामल र गहुँको विकल्प मूल खाद्यान्न हुनाले खानेले मलाई हर्षका साथ तेस्रो चामल पनि भनेका छन्। मेरो वैज्ञानिक नाम Zea Mays (Spanish) हो र अमेरिकामा मलाई Corn भनेर चिनिन्छ। म तृण जातीय उखु जस्तै Poaceae परिवारमा र Panicoideae उप परिवारमा दर्ता भएको छु। मेरो भाले भागलाई चमार र पोथी भागलाई जुँगा भनिन्छ र बारेमा २करोड५० लाखसम्म पराग हुन्छन् र पोथी भागमा २५० देखि १००० सम्म जुँगा हुन्छन् र एउटा जुँगाले मेरो एउटा गेडो बनिन्छ।
“रातो धागो”
“रातो धागो”
जनार्दन उपाध्याय, तेजपुर, असम
हालैमा कछाड़ जिल्लाको लाला थानाबाट हाइलाकान्दी थानाको प्रभारीको दायित्वभार लिएर सरुवा भएको थिएँ। बिहान ६ बजे बेलामा आफ्नै काममा व्यस्त थिएँ त्यतिकैमा सिपाहीहरूले कौयाबगानको मेनेजर, उनकी पत्नी र उनीहरूको भात पकाउने भान्सेलाई कसैले हत्या गरेको खबर सुनाए। म लाला थानाको प्रभारी छँदा उनीहरूबीच मधुर सम्पर्क रहेको हुँदा त्यो हत्याकाण्डको हृदयविदारक खबरले मलाई सारै नै दु:खित पार्यो। मेरा आँखा अगाडि बगानको त्यो दृश्यपट झलझली आउन थाल्यो। उनीहरू असम बाहिरका मानिस सारै नै अतिथिपरायण थिए। मेनेजर पूजा गरी लामो टीको लगाई सेतो हाफपेन्ट र ‘सर्ट’ लगाएर बाहिरपट्टि वरन्डामा आएर बस्थे। पान भने निकै चपाई रहन्थे। उनकी पत्नी त्यही बगानकी डक्टर थिइन्। होची, मोटी, मृदुभाषी, पाहुनाको सेवा-सत्कारको आदत भएकी एक सुशील आदर्श नारी थिइन्।
वनस्पति कथा यात्रा-६ : बेसारको आत्मकथा
वनस्पति कथा यात्रा-६ : बेसारको आत्मकथा
रेवतीरमण सापकोटा, ओदालगढी, असम
म बेसार हुँ। मलाई विश्वको प्रायः सबै ठाउँमा पाए पनि भारतीय उपमहादेशमा भने मेरो पुरानो बसोवास छ। मलाई आयुर्वेदले मसला मात्रै होइन, अपितु जीवन रक्षक जडीबुटी रूपले उच्चस्थानमा राखेको छ। म नभए तरकारीको सौन्दर्य र स्वादमा ठुलो आँच आउँछ भन्छन् हाम्रा चेलीबेटीहरू। तर तरकारी मात्रै होइन, मैले जीवकुलको दैनन्दिन जीवनयात्रामा अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको छु।
तिमी नारी
तिमी नारी
अनुपमा कट्टेल
डिमापुर
नागाल्यान्ड, Email:Kattelanu11@gmail.com
मुटुभित्र एक मुस्लो आगाको
ज्यालाहरू बोकेर
एक फाँको निस्कपट हाँसो
हाँसिदिन सक्ने
तिमी नारी ।।
काँधमा एउटा जाहाज बोकेर
पहाडका नागबेली बाटाहरू
तराइका बन र जंगलहरु
जीवनका अनेक उकाली
जीवन साथी (आत्म कथा)
जीवन साथी (आत्म कथा)
चुडामणि पौडेल, उर्लाबारी, मोरङ, नेपाल
" तपाईलाई रामरी सास फेर्न पनि आउदैन हगि ? " -उनको पेचिलो कुराले आफुलाई झसङ्ग त बनायो बनायो, उठ्न सम्म झनक्क रीस पनि उठ्यो । तर जाबो म के गर्न सक्थे र ? उठेको रीसलाई बेस्कन दबाएँ । उनले जे जे अह्राए , सोहि सोहि गरेर अभ्यास लाई निरन्तर दोहोर्याई रहेँ । पछि गएर अलिकता आशाका किरणहरु उदाउँदै गएँ । एक महिना सम्मको अभ्यासले आवाज खुल्ने पक्का भयो, खुसी लाग्यो । अहो ! आखिर मैले दुई बर्ष सम्म गुमेको आवाजलाई सरक्क फिर्ता लिएरै छाडेँ। पिडाबोधको यो स्मरणमै आफु आज रमाई रहेँछु ,जसले योगीहरुको एउटा समाजमा आबद्ध गरायो । तर ति थेरापिस्ट ,जसले योगको अमुल्य रहस्य मलाई रत्ति पनि चुहाउन चाहेनन् । लाग्यो - उनि एउटा आर्थिक मानव जसले, खल्तिभरि दाम लिएर महिनौ सम्म तड्पाएर अभ्यास मात्र गराईरहे । उनले मलाई शिक्षण पेशा समेत परित्याग गर्ने सल्लाह दिए ।
परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका
परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका
लेखिका-- कल्पना देवी आत्रेय
कलियाबर, आसाम ।
मोबाइल: 7636032963
प्रारम्भदेखि नै प्रचलित प्राचीन सनातन वैदिक ज्ञान-विज्ञानको परम्परामा अनेकानेक नारीहरूले, ऋषि-मुनिको तदनुरूप चिन्तन, मनन, निधिध्यासन गरेको सर्वविदित छ। प्राचीन कालकी मैत्रेयी, गार्गी, घोषा, अपला, अरून्धती, विश्ववाराजस्ता अनेक विदुषी नारीले शिक्षाको क्षेत्रमा विकास र मन्त्रद्रष्टाको रुपमा समाजमा आफ्नो बहुमूल्य योगदान दिएका छन्। यस्ता यी विदुषी नारीहरू सदैव नमस्य तथा पुजनीय हुन्। यी विदुषी नारीहरूको अमर-विमल गाथा अहिले पनि उत्तिकै प्रासंङ्गिक छ, जस्तो प्राचीनकालमा थियो। वर्तमान समयमा पनि नारीहरूले आफ्नो सुन्दर प्रतिभाको विकास गर्दै मानवकल्याणकारी विविध आयामहरूमा कार्य गर्दैगरेको देखिन्छ। यी महान् प्रतिभाहरू हाम्रा लागि आदरणीय तथा अनुकरणीय हुन्।
युगको अन्त्य
युगको अन्त्य
अनुपमा कट्टेल, डिमापुर, नागाल्यान्ड
Email:Kattelanu11@gmail.com
युगको अन्त्य
असमाप्ति अनन्त
युगको अन्त्य
गुमाउनुको वेदना
प्राप्तिको आनन्द
अनिश्चित परिणाम
लक्षहीन पाइताला
साँगुहीन अनौठा बाटा
निरन्तर यात्रा
“ हरियो झिँगाको इशारा ”
“ हरियो झिँगाको इशारा ”
आँखाभरी आँसु टिलपिल पार्दै एउटी ४०-४२ वर्षे विवाहिता महिला मलाई नमस्कार सजाउँदै मेरा कोठामा पसिन्। मैले नमस्कारलाई मुण्टो हल्लाएर स्वीकारें। उनका हातमा एउटा उजुरीनामा (एजाहार)। मैले उजुरीनामा (एजाहार) माथि आँखा डुलाएँ। बेलुका ६ बजे उनका स्वामी किरण बरा उनकी कान्छी पत्नी सविता बराका घरमा ग्यास सिलिण्डार पुर्याउन गएर फर्की आएका रहेनछन्। यसैले यो सूचना दिएकी रहिछन्। यो विषयमा कानूनी व्यवस्था लिन किरण बराकी प्रथमा पत्नी अञ्जली बड़ो बराले अनुरोध टक्र्याइन्। मैले उनलाई यो विषयमा व्यवस्था लिने भरोसा जताएँ। किरण बरा गायव भएको २४ घण्टा बिति सकेछ। मैले तत्काल ‘जेनरल डायरी’ मा यो विषय दर्ता गरी असमका सबै पुलिस थानाहरूमा तारवार्ता मार्फत सूचना दिएर उचित कारवाई गर्न अनुरोध गरें।
आए पुर्खा यसरी
आए पुर्खा यसरी
कुसुम गौतम, टमु, म्यानमार
( उपेन्द्रबज्रा छन्द)
सुनेर आए धन फल्छ बर्मा
तराइ - पाखा पनि हुन्छ खासा
यही भयो कर्म विशाल भूमि
समाज निर्माण गरे जुटाई ।।
लडेर योद्धा बनि वीर गोर्खा
भिरेर आए खुकुरी निसाना
सबै फिरङ्गी बलले हटाए
नमेटिने यो इतिहास ल्याए।।
वनस्पति कथायात्रा-५ : गोलभेँडाको आत्मकथा
वनस्पति कथायात्रा-५ : गोलभेँडाको आत्मकथा
रेवतीरमण सापकोटा, ओदालगढी, असम
म गोलभेँडा हुँ। कता-कता मलाई रामभेँडा पनि भनिन्छ भने अहिलेको विश्वायनको युगमा मलाई टमाटर वा टमेटो भनेर आधुनिक जमातले चिन्दछ। मेरो परिवारमा मोठ १२ वटा प्रजाति छन्। तर तिनमा धेरथोर गरी समानै गुण उपलब्ध छन्। मलाई वनस्पति विज्ञानीहरूले Solanum lycopersicum नाम दिएर न्वारन गरेका छन्। मेरा विभिन्न प्रजाति यस प्रकारका छन् :
झारमौरो...(आत्म कथा )
चुडामणि पौडेल, उर्लाबारी, मोरङ, नेपाल
“लौ हेर ! सुन्निएर कत्रो भएछ खुट्टो ? ए , माईला ! सिन्दुरको बट्टामा राखेको छ , झट्ट लाइदे त काकाको घाउमै " मनमायाँ भाउजु ले छत्रलाई अर्हाइन। उनले त्यसै गरी झट्ट बट्टाबाट तिते करेला को बीउ झै एउटा गोटी झिकेर खुट्टामा लगाई दिए। गोटी दाँत गाडेकै ठाउँमा टप्प टाँसियो। "लौ ,लौ यसले बिष चुस्न थाल्यो " - हेर्नेहरुको कुरा चल्यो । ए , अब त बाँच्ने भइयो , बल्ल आफुले लामो सास फेरेर ढुक्क परियो । तर, मलाई निदाउन भने कसैले दिएनन् । छत्र कार्की र सेताघर अन्तरे मेरा कहिल्यै नछुट्टीने वाल सखा, जसले त्यो दिन मलाई अकबरे खोर्सानी खुवाएर रातै भरि ऊट्पट्याङ कुरा गरेर हँसाई मात्र रहे । फुर्सदका दिनहरु आफुलाइ थाहै छैन ।
पाठशाला
छत्रमान सुब्बा , दिघली, बालिपाडा,
शोणितपुर, असम
मुक्त शब्दका ओठहरूले भाषाका गाला चुमे भने
भावनाका हातहरूले सधै असिमलाई छुने गर्छन्
रात नाघेर झुल्केघामको उदाउँदो मुस्कानको इसारा बोकेर ।
चिन्तन गर्दै जानुपर्छ लहरै आकाश पारि जुन हासेको अर्को आकाश भेटन
स्वतन्त्र हुनदेउ तिम्रा विवेकलाई
बन्धनबाट खुस्केपछि हेरन तिमी
कति रमाउदै खेल्नेछन
वनस्पति कथायात्रा-४ : सिस्नुको आत्मकथा
रेवतीरमण सापकोटा, ओदालगढी, असम
म सिस्नु हुँ। म एकप्रकारको बोटे झार हुँ। मलाई पोल्ने झार पनि भनिन्छ। प्राचीन कालमा राजा, जमिन्दारहरूले चोर, अपराधी वा ऋण तिर्न नसक्ने रायतीहरूलाई यातना दिन मलाई प्रयोग गर्ने गर्थे। चिसो पानीमा मलाई चोबेर चोर-अपराधीहरूलाई छ्वाम् छ्वाम् हान्दा चोरले दिउँसै तारा देख्थ्यो। मलाई अंग्रेजीमा Common Nettle/ Stinging Nettle भनिन्छ। विशेषगरी मेरो उत्पत्ति भने पहाडी क्षेत्रमा हुन्छ तर तराईमा पनि वन-जङ्गलमा म उम्रिन्छु।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्यतम कृति 'मुनामदन'मा मेरो उल्लेख महाकविले यसरी गरेका छन्-
"हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले।"
मलाई वनस्पति विज्ञानीहरूले अट्रिक्यसी परिवारको पोल्ने झार रूपले चिनाएका छन्। वनस्पति जगतमा पाइने magnoliophyta भागको magnoliopsida वर्गमा पर्ने मेरो गण Rosales र वंश urtica अनि प्रजाति हो u.dioica.। मेरो वैज्ञानिक नाम Urtica dioica हो।
जिउँदो मान्छेको चिहान
बेलुकी ५ बजे एकजना अर्धवयस्क मानिस आएर एउटा लिखित उजुरीनामा (एजाहार) अघिबढाउँछन्। मैले त्यो दरखास्त पढें। त्यसमा लेखे अनुसार आज बिहान करीब ९ बजे उनको छोरो रमेश घरबाट बजारतिर आएको थियो तर घर फिरेको छैन। उनीहरूले आफन्तहरूको घरमा, साथीहरूका घरमा खोजी गर्दा केही खबर नपाउँदा गायब भएको भनेर ऐनको आश्रय लिएका रहेछन्। उनको बोली बेसहारा रुञ्चे स्वर भइसकेको थियो। मैले तुरन्तै यो संवाद जेनेरल डायरीमा दर्ता गरेर असमका सबै थानाका प्रभारीहरूलाई तारवार्ता मार्फत जानकारी दिएर उचित कदम उठाउन अनुरोध गरें।
दौरा सुरुवाल (आत्म कथा)
दौरा सुरुवाल (आत्म कथा)
".......प्रितीभोज एवं वर वधुलाई आशिर्वाद दिनको निमित्त सपरिवार हार्दिक निमन्त्रणा छ । असमर्थता का निमित्त सम्पर्क नं. 98...... " । कतैबाट आएको निमन्त्रणा पत्रलाई अर्काई फर्काई रामरी नियालेर हेरेँ ।खर्चको हिसाब राम्रै झल्कियो । वैवाहिक कार्य तालिकाहरु समेत प्रष्ट थिए । जन्ति जानेहरुका निम्ति नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल अनिवार्य तोकियो । उफ ! जेठ महिना र तराईको गर्मिको त कुरै नगरौ ।" महँगो कार्ड महँगै सर्तमा आएछ । " - सोचेँ । जो भएका आफ्ना सुटबुटको पनि काम सकिएछ । जन्तिमा असमर्थता जजाउँ त यत्रो सम्मानको अपमान , जाउँ त दौरा सुरुवालको सवाल । फेरि दौरा सुरुवाल को स्थान मा अन्य केहि लगाउन पाएको भए गर्मिमा टण्ठै साफ - एक मनले सोच्यो ।
‘म जोकर भएको थिएँ’
‘म जोकर भएको थिएँ’
मैले जागिरे जीवनमा ताते गर्न थालेको मात्र थिएँ। त्यस उसले जागिरे जीवनको लगन र एकाग्रताको बारेमा मेरो धेरै अनुभव पनि थिएन।
आज हाम्रा थाना क्षेत्राधिकारमा सड़क परिवहन मन्त्री आउने हुँदा मैले चारालीमा ऐन श्रृङ्खलाको कर्तव्य निभाउनु परेको छ। साथमा एक सेक्सन अस्त्रधारी सी. आर. पी. एफ। अर्को तिर मेरी श्रीमती सिकिस्त भएर अस्पतालमा भर्ती गराएको छ, छुट्टी पनि छैन। पुलिस अधीक्षकबाट एकदिनको घर जाने अनुमति लिएको थिएँ तर हठात् मन्त्री आउँने योजना हुँदा मेरो घरजाने अनुमति पनि रद्द भयो। कुनै ठूला बडा नेताह अ\चलमा भ्रमण गर्न आउँदा सबै कुरो बिर्सनु पर्छ। अनि उनीहरूको सुरक्षाको लागि हामी तैनाथ हुनुपर्छ। सुरक्षा प्रबन्ध कडा पार्नको लागि अरू डिग्री जिल्लाबाट पनि अफिसर, प्रहरीहरूको ताँती बगिरहेको छ र मैले कसरी घरजाने अनुमति माग्नु। मेरो कुरा यो बेलामा कसले सुनिदेला ? मेरा कुरा हावामा उडेर जान्छन्।
सम्झनाको गोरेटोमा जनार्दन उपाध्यायको ‘पुलिसको डायरी’
सम्झनाको गोरेटोमा जनार्दन उपाध्यायको ‘पुलिसको डायरी’
सन् २००८-०९ को कुरा हो। आफूले शिक्षक शिक्षण महाविद्यालय, तेजपुरमा नाम दर्ता गरेको थिए। उही महाविद्यालयमा ढेकियाजुली, शोणितपुरका एकजाना सक्रिय र मिलनसार शिक्षक श्रीमान गणेश शर्माज्यू डेपुटेड शिक्षकको रूपमा आउनु भएको रहेछ। पछि हाम्रो भेट भो, परिचय साटियो। हाम्रो साइनो-सम्बन्ध गहिरो बन्यो। उनै गणेश शर्माज्यूको मोटर साइकिलमा चडेर बिदाका दिनहरूमा हामी रमाइलो तेजपुर सहरका कुना-कोप्चा आदि धुम्दै, आफन्त आदिको खोज-तलास गर्दै जाने आदि काम गर्दथ्यो। एकदिन, अचानक गणेश शर्माज्यूसित वहाँको तेजपुर चान्दमारीस्थित दाजु घर पुग्यो। दाजु बिदाको कारण घरमै हुनु हुँदो रहेछ...। भेट भयो, आफ्नो परिचय साटेर कुरा-कानि आदिको पर्व सकियो। भाउजु र छोरी बिन्दुसित पनि भेट भयो। गणेशज्यूको दाजु घरमा छँदा आफूलाई आफ्नै कोही पुरानो आत्मीयको घरमा गएझै भान भएथ्यो।
मंगली (लघुकथा)
मंगली (लघुकथा)
चुडामणि पौडेल उर्लाबारी ; मोरङ, नेपाल
“कसरी लगाई हौ, यो लठेप्रीले यत्रा विधि सुनका गहना ? खुब देखाई छे , आलु खाएर पेडाको धाक ? " - एउटी महिला, बिचैमा प्वाक्क बोली । "सक्कली त सक्नु पनि पर्यो नि लगाउन ? " - अर्कीले अर्कै प्रश्न तेर्छ्याएर उसका पतिको हैसियत नापी। " मागेरै सान देखाई क्यार , छि ! लाज पचेकी लबस्तर्नी । "- तेश्रीले त झन उ सँगै आपत्ति जनाई । - एउटा गाउँलेआईमाई हरुको झुण्ड, कुरा बेस्मरी काटी रहेछन् फुलमायाँको । हँ मा हँ मिलाइ रहेछन् कति । कोहि भने खास खुस मै ब्यस्त छन् त कोहि नि :शब्द सुनि रहेछन् । आज फुलमायाँले झपक्क गलामा मंगलसुत्र लगाए की छे। त्यसैले त बिचरी ! उ सबैको नजरमा मंगली । हो , फुलमायाँ, तामसी दुनियाँ बाट अलग तर, हरेक कर्तब्यहरु प्रति भने सचेत छे ।
वनस्पति कथायात्रा-३ : निगुराको आत्मकथा
वनस्पति कथायात्रा-३ : निगुराको आत्मकथा
रेवतीरमण सापकोटा,
ओदालगढी, असम
म निगुरो हुँ। म विश्वको वर्षारण्य अञ्चलमा चिसो,ओसिलो माटोमा जन्मिन्छु। मलाई अङ्ग्रेजीमा Fiddlehead fern भनिन्छ। म उन्यू प्रजातिको घाँस हुँ। म वनस्पति जगतमा पाइने साग जातिमा अन्यतम उत्कृष्ट तरकारी हुँ र मलाई मन नपराउने सायदै कोही होलान्। मेरा धेरै दाज्यू-भाई छन्। अहिलेसम्म वनस्पति विज्ञानीहरूले फेला पारेका मेरा यी दाज्यू-भाईहरूको पनि छोटो परिचय दिंदैछु :
वनस्पति कथायात्रा-२ : तामाको आत्मकथा
वनस्पति कथायात्रा-२ : तामाको आत्मकथा
रेवतीरमण सापकोटा,
ओदालगढी, असम
म तामा हुॅ । म बाॅसको सन्तान हुॅ। बाॅस भनेर रोपेको तीन-चार वर्ष पछि म बाबू-आमाकै छेउछाऊमा टुसाएर भुमिष्ठ हुन्छु। भुमिष्ठ भएको दुई हप्ता पछि नै मेरो न्वारन भएर तामा नामले चिनिन्छु। म सेतो, कमलो हुन्छु र बाबू-आमा को छेउमा हुॅदा प्राकृतिक वस्त्रले नै बेह्रिएर आरामकासाथ बसेको हुन्छु। मान्छेको दृष्टिबाट ओझल हुन पाऍ भने म तीन महिना भित्रै अग्लिएर किशोर बाॅस भइदिन्छु्। मान्छेमा भए जस्तै मेरा बाबू-आमाका पनि शताधिक गोत्र प्रजाति छन्। भारतको उत्तर-पूर्वी राज्यहरूमा मेरा प्रजातिका केही बाॅस हुन्- जाति, भलुका, बिजुली र पहाडी। अरु प्रजाति पनि छन् तर ती चार प्रजाति चाहिॅ यहाॅ धेरै छन्। मेरो प्रिय उत्पति थलो भने एशिया महादेश नै हो। म तामाको रूपमा अतुलनीय पोषक तत्वले भरिएको हुन्छु। म यसैपनि एशियाली खान-पानमा लोकप्रिय नै छु। म भित्र एउटा आवश्यकीय फाइटोकेमिकल्स एन्टीऑक्सिडेंट हुन्छ र त्यो प्रवल रोग प्रतिरोधी शक्तिवर्द्धक हुन्छ। यसले मानव शरीरमा प्रवेश गर्न खोज्ने अपकारी र प्राणघाती अणुजीवलाई तर्साउने काम गर्छ ।
कल्पनामा आएर यसरी सताउॅने नगर
कल्पनामा आएर यसरी सताउॅने नगर
नीता गुरुंग भाटिया, गुवाहाटी, असम।
ई.मेल. neetagurung59@gmail.com
कल्पनामा आएर यसरी सताउॅने नगर।
दुखेको छ मुटु यसलाई अझै दुखाउॅने नगर।
कहिले त भेट्ने मन गरि भेट्न आउॅ मलाई।
यसरी टाढ़ैबाट ईसारा गरी फकाउॅने नगर।
गुलाबी रङको आकाश
गुलाबी रङको आकाश
कुसुम गौतम, टमु,म्यानमार
मेरो मनको भ्रम हो कि !
दुनियाँकै दृष्टिको दोष!
म भन्छु..
मेरो धरातलमा छाएकोछ
गुलाबी रङको आकाश।
तर...
(वनस्पति कथायात्रा-१) फर्सीको मुन्टाको आत्मकथा
(वनस्पति कथायात्रा-१) फर्सीको मुन्टाको आत्मकथा
रेवतीरमण सापकोटा, ओदालगढी
म फर्सीको मुन्टो हुॅ. समूहमा मुन्टा. म फर्सीको बीऊबाट उम्रन्छु र विस्तारै लहरिंदै जान्छु. मलाई मन पराउनेले गोडमेल गरी लहरिन र फिंजिन माच पनि हालिदिन्छन् र तल मूलजराछेऊमा खाद, विशेष गरी काॅचो गोबर हालिदिएर मेरो शीघ्र वर्द्धनको काम गरिदिन्छन् र म खुसीका साथ लहरिंदै पहरिंदे जान्छु I म पोषकतत्वले परिपूर्ण निरामिष तरकारी भित्र सर्वश्रेष्ठ नभने पनि श्रेष्ठ अवश्य हुॅ. मलाई मन नपराउने खुब कम्ति नै होलान्. विशेष गरी नेपालीभाषी समाजमा त मेरो स्थान अग्रिम पङ्कतिमै छ जस्तो लाग्छ. मलाई आलुसित भुट्दा पनि हुन्छ, तर म हजुरलाई त्यसो गर्न सल्लाह नदिएर मलाई मात्रै भुटेर खाने सल्लाह दिन्छु किनभने मेरो दिव्य स्वादलाई म त्यो आलुसित मिसाएर आफ्नो स्वकीयता हराउन चाहन्न I
बलीको बोको (आत्मकथा )
बलीको बोको (आत्मकथा )
चुडामणीपौडेल
ताप्लेजुङ ,नेपाल
“लौ परमेश्वरी! तिमी वनै राजा , वनै रानी, वनै वासिनी, लिसो पासो खेलाई हिड्ने सिर्लिङ सिकारी वनवनै डुलि हिड्ने तिमी त युमा महारानी । सुनैकाँइयो, सुनैधागो, सुनैफुल , सुनैमेडोकी धनी , यो अन्जान बाला जननालाई घोच्ने पोल्ने सोलाहान्ने मुर्छा पर्ने, मन त्यसै बहकिने गराई ल्यायौ है किन ? हे है, तिमी त, लडि मरेको बगि मरेको, पसोलागी अगत्ति परेको , बोक्सी बामती , डायीनी, छौंडा ,वायु - बर्बशी , बुढेनी ,भुत-प्रेत, पिशाच काली मसान, जो भए पनि यो बालालाई अजान मुर्ख सम्झि माफै गरि ,भोग खाइ, आफ्नै थानमा बसी देऊ। क्षमा देऊ ,आफ्नै मानमा रमाई लेऊ तिमि । हे है, नत्र ता , सिस्नोपानी खनिएला, लिसो लाग्ला ,पासो लाग्ला गजो ढ्याङ्ग्रो ठोकिएला, आफैलाई सरम पर्ला । लौ परमेश्वरी ! रिसानी माफ गरी आजै देखि यो बालालाई चट्चट् छोडि देऊ ! " आदि आदि ! उनले थाल ठटाएरै फलाक्न सम्म नै फलाके । एकै रङको पाठो भाकल गरे । क्रमश आमाले आराम भएको महसुस गर्नु भयो । हामी सबैले शान्तिको स्वास फेर्न पायौ ।
सत्य : असत्य
सत्य : असत्य
अनुपमा कट्टेल
डिमापुर
नागाल्यान्ड
Email:Kattelanu11@gmail.com
निस्पट अँध्यारा रातहरूको मुटु चिर्दै ;
ब्युँझिएका सपनाहरू
एउटा बिरानो ठाउँमा पुग्छन् ,
निद्राहरू सोच्न थाल्छन्
बिरानो ठाउँमा सपनाहरूको
कुनै मूल्य होला र ?
आजभोलि मूल्यको बारेमा
कसले सोच्छ
कसले पल्टाउँछ
न्यायको पुस्तक
म मन मनै भन्छु।
देश प्रेम
ड. देवेन सापकोटा
प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग; भेटेनरी कलेज; असम कृषि विश्व विद्यालय; खानापारा; गुवाहाटी; असम l
श्रीनगरबाट नयाँदिल्ली अनि गुवाहाटी।कफिनलाई सैनिक मर्यादाका साथ विमानमा चढाई गुवाहाटी विमान अड्डासम्म लगी सैनिकी गाडी द्वारा सोझै लखीमपुर पुर्याइयो। गाउँ छोड्दा घामै टिप्न खोज्ने जोशिलो रणबहादुर अहिले निर्जीव भई कफिनभित्र फर्कँदै छन् । देशभरिका मिडियाले उनको दुस्साहसी कार्यबारे कम्ती प्रशंसा त नगरेको होइन! आफूँ गोली खाएर लङ्गडो भएपनि, बन्दुक उचाल्ने शक्ति नभएपनि, घिस्रिएरै गएर आतङ्कवादीलाई हमला गरी खुकुरीले दुईटाको टाउको काटेर आफू शहीद भएका अरे। ... गोर्खा वीरले देशद्रोहीको सातो टिप्यो अरे। देशलाई यस्ता वीरको खाँचो छ अरे, आदि आदि।
बल्ल बुझियो (आत्म कथा)
बल्ल बुझियो (आत्म कथा)
चुडामणि पौडेल, नेपाल Email:poudelc296@gmail.com
" रोगी भई आउनु होस् , डाक्टर भई फर्कनु होस् " - दशकौ अघिको कुरा झट्ट आज सम्झना आयो । योगी विकासानन्दको 'बैज्ञानिक मनोक्रान्ति योग' नामक पुस्तक के हात लागेथ्यो, अहो! नेत्र हिनलाई नेत्र मिले झैं माथि उल्लेखित कुरा प्रतीत भयो । बिगत दुई वर्षदेखि नै घाँटीको समस्याले आफु आवाज बिहिन थिएँ । यध्यपि, सामाजिक शिक्षक भएको नाताले योग्य विध्यार्थिको सहारा र बोर्ड मार्करकै भरमा शिक्षण कार्य भने चलि रहेको थियो ।
गजल ( छन्द भुजङ्गप्रयात )
गजल
( छन्द भुजङ्गप्रयात )
------- कुसुम गौतम, टमु, म्यानमार
म हेर्दैछु आफ्नो जमाना हिजोका;
दुखी घाउ बल्झिन्छ खाटा हिजोका,
रुझेको थियो जिन्दगानी झरीले ;
खडेरी परेछन् किनारा हिजोका;
निसानी दिएथ्यौ परेली चुमेर,
चिसो रात ठुङ्छन् निराशा हिजोका ;
व्यथा मौन रुन्छन् कहानी सुनेर,
लुके डायरीभित्र गाथा हिजोका ;
जली खाक बन्दै खरानी उडेछन् ,
जलेनन् कुनै याद ताजा हिजोका।।
----------------------------
नारी चरित्र : उब्जिएको प्रश्न
क्याहो जानि नसक्नु ?नारी जनको जानिन्न छट्टु पन। कोहो चङ्ख?ठगिन्न नारी जनको छुल्याईले जो जन ।
( गुणरत्न मालाबाट)
"नारी हृदय कोमल हुन्छ र नै , कोमलता समस्त नारी गणको पहिचान हो । आमाको मायाँ अपार भएका कारणले नै यो जगत धानिएको छ । " । भनिन्छ - कुनै अपरिचित ब्यक्तिलाई चोट लाग्ने बित्तिकै नारीकै हृदय रसाउदछ । बेदनाले हृदय चस्स चस्किन्छ र मन अमिलो हुन्छ । यो सामाजिक मान्यता छँदै छ। यध्यपि, कतिपय नारीहरुको कठोर हृदयका कारण आज मानव समाजमै सन्देह उत्पन्न भएको छ । नारी कोमलता माथि नै प्रशनचिन्ह खडा भएको छ ।
सोचविचार
सोचविचार
नव कुमारी देवी
प्रा. एल.ओ. के. डि. कलेज, ढेकियाजुलि, असम
मान्छे पृथ्वीमा पञ्चभुतको संमिश्रणले जन्मिएको हुन्छ र आफ्नो अबधि सकिए पछि पञ्चभुतमें विलीन
हुन्छ । यो पृथ्वीको साचो र सत्य तथ्य हो । प्रकृतिमा मान्छे या प्राणी जन्म लिएर हुर्किन्छ र कर्म गर्दै जादा
जादै बुढ़ो हुन्छ र फेरि त्यो शरीर को विनाश हुन्छ । शरीर को विनाश ? अर्थात शरीर को नियन्त्रक को हो ?
शरीर भित्र प्राण वा आत्मा बसेर शरीरलाई नियन्त्रण गरेको हुन्छ । जब शरीरबाट आत्मा वा प्राणले विदा लिन्छ
तब त्यो आत्मा बिहीन शरीरलाई मृत भनिन्छ र त्यसको सद्गति गरिन्छ । मृत व्यक्तिका आत्माको शान्ति का
लागि अनुष्ठान प्रतिष्ठान हरूमा एक मिनिट को मौन प्रार्थना गर्ने चारै तिर चलन छ ।
नलेखेको प्रेमपत्र
नलेखेको प्रेमपत्र
चुडामणि पौडेल (सि.एम.श्रमिक )
नेपाल
इमेल ठेगाना: poudelc296@gmsil.com
प्यारी ,अनामिका , स-प्रेम सम्झना ।
लामो समयको अन्तराल पछि पत्र लेख्न बाध्य भएको छु । हो , मैले तिमीलाइ उधारो वाकदान पाए पछि मुटु भित्र सजाएको छु । यो मन भेट्न आतुर भए को तिमीलाई कसरी बताऊँ ? घरमै नगएको पनि त होइन । तर प्रिया, मेरो झै तिम्रो पनि घर छोडेरै बस्नु को मर्म थाह पाँए । अभाव सँग सँगै जुद्नुको पिडा कस्लाई थाह ? हो तिमी पनि अभावको लडाई बाट खरो उत्रिएकोमा खुसी लाग्यो ।
महाकवि कालिदास तथा महाकवि देवकोटा: एक तुलनात्मक अध्ययन
महाकवि कालिदास तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा समसामयिक कवि नभए तापनि यी दुवै महाकविका भावधारा एवम् विचारह डिग्री र रचना प्रक्रिया वा प्रणालीको बाटो पनि प्राय मिल्दोजुल्दो नै पाइन्छ।
दुवै महाकवि माता सरस्वतीका वरद पुत्र हुन्। यी दुवै विभूतिका रचनाहरूको तुलनात्मक अध्ययन गर्दा हामी
लाई के थाहा लाग्छ भने दुवै महाकवि आर्यावर्त (विशाल भारत) को गौरव गाथाका महागायक हुन्। साथै
दुवै आ-आफ्ना कलात्मक प्रक्रियामा सिद्धहस्त पनि हुन्। उसैगरी यी दुवै महाकविको जीवन कथा पनि झण्डै
झण्डै मिल्दोजुल्दो नै देखिन्छ भन्न सकिन्छ। अतएव यी दुवै विभूतिहरूका रचना प्रणालीको मिल्दो-अमिल्दो
रूप एवम् भावधाराह डिग्री तुलनात्मक अध्ययनद्वारा यहाँ प्रस्तुत गर्ने तुच्छ प्रयास गरिएको छ।
1--कृतिहरू: महाकवि कालिदास महाकाव्यकार एवम् महानाट्यकार पनि हुन्। उनीद्वारा विरचित ""कुमार
अव्यक्त अनुराग
अन्तर्राष्ट्रिय पोषण सम्मेलन, चेन्नई।
मुख्य अतिथिको रूपमा स्थानीय गार्हस्थ विज्ञान महाविद्यालयकी डिन तथा प्रख्यात विज्ञानी डा. बि. जयन्ती। उनलाई मञ्चमा उपविष्ट हुन अनुरोध गरी घोषणा भयो। यो नाम डा. चन्द्र प्रधानलाई कता सुने सुने जस्तो लाग्यो। ती विदुषी महिलाले आसन ग्रहण गरिन् ।चन्द्रलाई त्यो मुहार कतै परिचित जस्तो लाग्यो। उनले नियालेर हेरे। तिनी के एक समयमा हाइदारबाद पढ्दाकी सहपाठी त होइनन्? महिलाले जब आफ्नो भाषण राख्न शुरू गरिन चन्द्र झस्के। उनी जयन्ती नै रछिन! उनको मुटु ढुक्ढुक गर्न लाग्यो। श्वासको रफ्तार बढ्यो। उनी भावुक हुन पुगे, प्राय: बीस वर्ष अघिको कुरो सोचेर। के जयन्तीले उनलाई देखिन होली? सायद छैनन। किनभने उनी पेक्षागृहका पछिल्ला पंक्तिमा बसेका छन्। जयन्तीलाई एक्कासी त्यसरी भेट्दा चन्द्रलाई बितेका दिनहरूले बिथोल्न लागे।
जङ्गलको अन्तिम कविता
रेमिका थापा
गौँथलीहरू आ-आफना ओँठमा झुन्डाएर ल्याएका
माटाका कणहरू घर घरमा बिसाउन नपाँउदै भन्छन्
अब सकिँदैन, माटाको त स्वादै हराइसकेको छ !
अब जङ्गलमा चाँडै सुशेलीहरूको उत्सव हराउने छ
मालिङ्गोका घारीबाट मुरली
हामीले रङ्गीन प्वाँख उचालेर नाच्न पाउने
पिपलपाते पातलो धुन
एकान्त हराउने छ र एकान्तको मिहिन नाद पनि ।
चकमन्नता बज्नेछैन
चुपचापहरू एकाएक गोरेटामा हिड्ने छैनन्
यी सबै शब्दहरू संसारको शब्दकोशबाट हराउने छन्
अकाल मृत्युमा पर्नेछन् !
अब रामायणमा अरण्य काण्ड हुने छैन
र सबरी सँगै जुठा बयरको स्वाद हराउनेछ
किनभने सीताहरण होस् अथवा अहल्या प्रसङ्ग
अथवा सुनौलो मृगको भ्रम रचना आदि लीलाहरूलाई
आज जङ्गलको आवश्यकता नै पर्दैन
आखिर जटायु जस्ता विराट नङ्ग्रा, हड्डी र पखेटा हाम्रा छैनन् पनि !
विस्थापनको भुसेआगो
ड. देवेन सापकोटा
प्राध्यापक. असम कृषि बि. बि.
खानापारा,गुवाहाटी
चलभाष: 9435309235
प्रकाशको ध्यान कम्युटरको पर्दामा केन्द्रित छ। दुवै हातका औंलाहरू की बोर्डमाथि नाचिरहेका छन्। भोलि बीस जुन। विश्व शरणार्थी दिवस। यस उपलक्ष्यमा गुवाहाटी विश्वविद्यालयमा एक राष्ट्रिय सेमिनार आयोजन गरिएको छ। त्यहाँ उनको एउटा भाषण राखिएको छ। विषय: आन्तरिक बिस्थापित व्यक्तिहरू। यहाँ बोल्न पाउनु उनको लागि एक सौभाग्य हुनेछ। यसका लागि उनी दिलोज्यानले प्रस्तुत गरिरहेका छन्। राष्ट्रसङ्घले यो दिवस पालन गर्नुमा विशेष तात्पर्य छ। आज विश्वभरि बर्षेनी साडे छ करोड भन्दा बढी मानिस शरणार्थी हुँदै गएका छन्।अफ्रिका, मध्यपूर्व एसिया, इथियोपिया, सिरिया आदि देशका त कुरै छाडौँ। हाम्रो र छिमेकी देशमा पनि उही हालत छ। कश्मीरबाट लखेटिएका पण्डितहरूको चित्कार अझै म्लान भएको छैन। युगौंदेखि बसोबास गरिआएका भूटाने नेपाली त्यहाँबाट लखेटिएर अन्यत्र जानु पर्यो। वर्माका लाखौं रोहिङ्गिया मुसलमान बङ्गलादेशमा आश्रित छन्।
जीवनलाई फर्केर हेर्दा
रचनाकारः गीता उपाध्याय।
विधाः आत्मजीवनी।
प्रकाशन वर्षः अक्टुबर, 2019
प्रकाशकः अनुराग प्रकाशन।
मूल्यः 200 रू.
ISBN_ 978-93-88656-46-7
मातृभाषाको सुस्केरो
विज्ञानले पुस्तक पढ्नुमा फाइदाकोबारे निकै खोजी गरेको छ ।छोटकरीमा यिनीहरू यस्ता प्रकारका हुन्..
- स्मृति र कल्पना शक्ति बढाउँछ।
- कुनैपनि विषयवस्तु माथि बोल्ने र भाव प्रकाश गर्ने क्षमता बढाउँछ।
- एकाग्रता र ‘फोकस्’ बढ्छ।
- शब्दभण्डार बढ्छ, अरूप्रति समानुभूतिशीलता पनि बढाउँछ।
- सकारात्मक सोचमा पनि राम्रो असर पार्छ।
- पाठकको स्वास्थ्यमा सुधार आउँछ, जीवनकाल बढ्छ।
- मनबाट निराशापन हट्छ।
- विश्लेषणात्मक सोच्ने (analytical thinking) तरिका दरिलो हुन्छ।