• theoxygentimes@gmail.com

Blog


मुक्तक

 

   नीता गुरूंग (भाटिया)।

 गुवाहाटी (असम)।

. मायाको चिह्नो छोड़ेर जाउॅला।

प्रेमको गाथा  कोरेर  जाउॅला।

शंका नगर मायामा मेरो प्रिये,

तिम्रो मुटुमा  मुटु जोड़ेर जाउॅला।

२. तिमी संग केही बात गर्न मन छ

बात गरि दिनलाई रात गर्न मन छ

नसोध के-के कल्पना छ यो मनमा,

जुनीभर साथ रही,साथ मर्न मन छ।

. तिम्रो याद नआउॅने कुनै पल नै छैन।

मनको तिर्खा बुझाउॅने कुनै जल नै छैन।

जानि नजानि माया बस्यो तिमी संग,

यसलाई भुलाउॅने कुनै हल नै छैन।

. फूलै फूलको बहार तिमीलाई।

तारा जूनको संसार तिमीलाई।

अरू के पो दिन सकुॅला र साथी,

मेरो पाउॅजूको झन्कार तिमीलाई।

. साथी तिम्रो साथ चाहन्छु।

हातमा तिम्रो हात चाहन्छु।

जीवनको आखरी सांसमा पनि,

तिम्रै  न्यानो  काख  चाहान्छु।

 

       ________________

 

Post a Comment