• theoxygentimes@gmail.com

Blog


दुष्स्वप्न   ( सन्दर्भ : प्रणय दिवसको )

चुडामणि पौडेल उर्लाबारी ; मोरङ, नेपाल

poudelc296@gmail.com

 

नबिर्सेँ तिमीलाई नपाएँ तिमीलाई बिना अर्थ दिलमा, सजाएँ तिमीलाई ........ मोबायलबाट एक्कासी आएको बहुचर्चित रिङटोनले पंतिकारको ध्यानार्कषण गरेरै छाड्यो । नजिकै रहेको मोबायलको स्क्रिनमा नजर पुग्यो । नचिनेको नम्बर भएकोले उठाउन त्यति उत्साह भएन । त्यसैले रिङ टोन निरन्तर बझि नै रह्यो । चर्चित गायिका अन्जु पन्तको स्वरमा यो गजलको सुरुवाती समयमा प्राय मानिसका रिङ यस्तै यस्तै सुनिन्थे । दुखद प्रेम प्रसङ्गका यी मर्मस्पर्सी भावहरु, कानमा गुञ्जी रहुन्जेल चुपचाप रहेँ । निकैबेर सम्म रिङ टोन बजीरह्यो । उठाउँ, या म के गरुँ ? अन्योलपूर्ण ढंगबाट तत्क्षण गुज्रियो । नचिनेको नम्बरबाट द्वन्द्वकालमा हैरान पारेको परिस्थिति स्मृतिमा सलबलायो । सेल्टरका सवालमा होस या डिनरको प्रबन्धमा, एवं रीतले चन्दा आतंकका धम्किपूर्ण आवाजहरु त्यस्तै रिङ टोन पश्चात सुनिन्थे । झन् अरु त के के हो के के । वाईयात, मैले उठाईन । टन्टै साफ, मनले ठान्यो । बेलुकीको समय, आफ्नो त चाँडै निदाउने आदतले खानपिन पछि बिछ्यौनामै ढल्किएँ । टेलिभिजनको दृष्यमा भने कलाकारहरु भ्यालेन्टाईनडेलाई सप्ताह झैं मनामई रहेका थिए । हज्जारौ ठिटा ठिटीहरु बगैचामा गुलाबी गुच्छाहरु लेन देन गरि रहेका थिए । प्रेमाधिकारकर्मीहरु जोडी संख्यामा कोहि भोलुङ्गामा मस्ति थिए त कोहि नौका सयरमा । कोहि भने तलाउमा ढुंगा फालेर तरंगहरु सृजना गरीरहेका थिए । मानौ उनीहरु फैलिएको तरंग झै आफ्नो अमर प्रेम झांगिएको विश्वास गरिरहेका थिए । जे होस, खुलेआम प्रेमालाप चलिरहेको थियो । हरेक टिनएजर्सहरु आफ्नो प्रेमी/प्रेमीका लाई सर्वस्व झै ठान्दथे । ब्यापारीहरु भने कमाउ धन्दामा मस्त देखिन्थे । गुलाबी गुच्छाहरु हारालुछ बिकीरहेका देखिन्थे । जे होस क्रेता र बिक्रेताले भरपुर मुनाफा कमाई रहेका थिए । सबै उल्लासमय मुद्रामा थिए । मानौ , त्यहाँ आकासका तारांहरु झारिदै थिए र उडेका पंछीहरु समेत कैद गरिदै थिए ।त्यसपछि त अरु झन के के हो, के के । केहि अन्तराल पछि फेरि रिङटोन बज्यो । नजर फेरि मोबायल तर्फ मोडियो । उहीं अज्ञात नम्बर, उही रिङटोन । फेरि पनि, नबिर्से तिमीलाई, नपाएँ तिमीलाई ..। म चाहन्थेँ टोन पुरा का पुरा बजोस् । कसैले कसैलाई बिर्सनु नपरोस् र सबैले सबैलाई पाउन सकियोस् । तर, यस पटक भने रिङ टोन धेरै समय बजेन । बिना अर्थ दिलमा सजाएँ तिमीलाई .........। संगितमय सैलीमा सन्देस छोड्दै तुरुन्त बन्द भयो । यसै क्रममा स्क्रिनमा एउटा पहेलो रङको खाम देखियो । मोबायल समातेँ, म्यासेज बक्स खोलेर हेरेँ । किरिङ् मिरिङ् लेखिएका मसिना अक्षरहरु आँखाले राम्रो गरि ठम्याएनन् । मामु यो के हो ? पढ पढ । मैले छेउमा रहेकी उनैलाट सहयोग मागेँ । आज्ञा शिरोपर गरि उनैले खुरुक्क त्यसै गरिन् । ह्याप्पी भ्यालेन्टायन डे, आई लभ यु टु मच, रिठ्ठो नबिराई सबै उनैले पढिन् । बस, सन्देश पढ्न त पढिन् तर उनको चेहरामा एक्कासी परिबर्तन आयो । मोड तुरुन्त अर्कै तिर बद्लीयो । निश्वास, रसिला क्रोधयूक्त नयन, जसले जमिन तर्फ थु गर्दै मेरो मुखाकृतीमा एकटकले हेरिरहिन् ।आज के अनर्थ भै रहेछ मैले ठाने । यत्तिकैमा उनले हत्त न पत्त मेरो मोबायल हातमा लिएर आएको नयाँ नम्बरमा कल ब्याक गरिन् । तपाईले डायल गरेको नम्बरमा सम्पर्क हुन सकेन । पुन: प्रयास गर्नुहोला । मोबायल बाट एक युबतीको नरम आवाज आयो । उनले पनि त्यसै गरिन् । युबतीले फेरी त्यसै भनी । यो जुहारीको क्रम निरन्तर चली रह्यो । आज अप्रिल फुल त होईन ? मैले मनमनै सम्झेँ । अहँ होईन, निश्चय गरेँ । नत्र यो के को तमासा ? प्रश्न स्वय अनुत्तरित थियो । हैन, यो हो चाहीँ के त ? उत्तर पहिल्याउने प्रयासमा म तल्लिन रहेँ । झट्ट याद आयो, यदि हो भने निश्चय नैे धेरैले मनाई रहेको प्रणय दिबसको कमाल हुन सक्दछ । कुनै पापीनीले मेरो मन चोरीरहेकी छे । मनले सवाल जवाफ गरि रहेको थियो । उफ ! उमेरले डाँडा काटेर पार पाईसकेको अबस्था । घरभरि यतिका जहान बच्चा, आखिर यो प्रस्ताव कसले गरीछे ? । मेरो मनमा खुल्दुली परि रह्यो । स्वप्ना त होईन, मनले परीक्षण गर्न चाह्यो । दायाँ हातको औलाले आफ्ना श्यामश्वेत वर्णका कन्सितरी निर्ममता पुर्वक झड्काउने प्रयास गरेँ । न झड्कियो, न त चसक्क चस्कियो । के भ्रम त होईन ? अज्ञातको प्रेम प्रस्ताव ! साँच्चीनै प्रेम अन्धो रहेछ ,जसलाई उमेर, रुप, रङ्ग, जात, भात अनि देश, काल र परिस्थितीले समेत छेकेन । तर, चीरकाल सम्म चलिरहोस् । बच्चाको बिचल्ली नहोस् अदालत धाउनु नपरोस् । भनिन्छ, निश्चयनै एकहातले ताली बज्दैन, तर एक्लौटी एकाएक बजि रहेको छ कसरि ? मनले भने सवाल उठाईरह्यो । भावावेशमा ओठ कटक्क ठोकिएर रक्ताम्मे भयो । मुठी बेस्कन पलङमा बज्रियो । के भो के भो ? उनी अतालिएर कराइन ।" ऊफ दुष्स्वप्न ! " - आफु झल्याँस्स ब्युझिएर भनेँ । अस्तु ।

____________________

Post a Comment