• theoxygentimes@gmail.com

Blog


मंगली  (लघुकथा)

चुडामणि पौडेल उर्लाबारी ; मोरङ, नेपाल

poudelc296@gmail.com

 “कसरी लगाई हौ, यो लठेप्रीले यत्रा विधि सुनका गहना ? खुब देखाई छे , आलु खाएर पेडाको धाक ? " - एउटी महिला, बिचैमा प्वाक्क बोली । "सक्कली त सक्नु पनि पर्यो नि लगाउन ? " - अर्कीले अर्कै प्रश्न तेर्छ्याएर उसका पतिको हैसियत नापी। " मागेरै सान देखाई क्यार , छि ! लाज पचेकी लबस्तर्नी । "- तेश्रीले त झन उ सँगै आपत्ति जनाई । - एउटा गाउँलेआईमाई हरुको झुण्ड, कुरा बेस्मरी काटी रहेछन् फुलमायाँको । हँ मा हँ मिलाइ रहेछन् कति । कोहि भने खास खुस मै ब्यस्त छन् त कोहि नि :शब्द सुनि रहेछन् । आज फुलमायाँले झपक्क गलामा मंगलसुत्र लगाए की छे। त्यसैले त बिचरी ! उ सबैको नजरमा मंगली । हो , फुलमायाँ, तामसी दुनियाँ बाट अलग तर, हरेक कर्तब्यहरु प्रति भने सचेत छे । दु:खी हरुप्रति उदार पनि छे । दयाभाव, प्रेम र उदारता ले नै दुनियामा आफ्नो पहिचान बनाउन सकेकी छे फुलमायाँले । आज एउटा विवाह उत्सवको दायित्व प्रति उ अभ्यस्त छे । मानौ ,सबै नारीहरु सरह आफु पनि आभुषित छे । यसैक्रम , एक चितपरिचित ब्यक्ति उनको नजिकै आए । खल्ति बाट मोबायल झिकेर बहानाको सिल सिला मिलाए । अनि सर्लक्क शिर- तीर फुलमायाँको तश्विर उतारे । बिचरी ! फुलमायाँ , जसलाई कुनै परवाहझ थिएन त्यसको । र नै , बिना पत्तामा ऊ सबैकी भई "मंगली " । त्यस पछि त एककान , दोकान मैदान, अब उ सर्बत्र " मंगली " पो बनि छे । तर, कथा बिचित्रको छ फुलमायाँको । सती, सावित्री झै चरित्र उसको । आफु भलो त जगतै भलो । झुटको खेती गर्नेहरु देखि वाक्क छे । साँचो अर्थमा सरलता र सत्यवादीता कै हिमायति ऊ । त्यसैले त, सोझाहरुका निम्ति भगवान मात्र भरोसा रहेछन् । असाध्य रोगले थलिएका पति । जसको उपचार दायित्व पनि फुलमायाँकै । "छन गेडी सबै मेरी, छैनन् त सबै टेढी " भने झैं उ आफ्ना भनिएकाहरु बिच समेत एकल छे । अहो ! कस्तो स्वार्थि समाज ? काम सारी भाँडो , आफल तेरो ठाँडो । खै कस्ले बुझाउदो रहेछ चलाएको सापटी ? लगानी उठ्ने पत्तो थिएन उसको । म्याऊँ म्याऊँ गरेर अभर टारिएका हरुले समेत ब्यहोरा देखाएर । टुलुटुलु रमिता हेरे । ज्या !अब कुनै उपाय बाँकी रहेन । सुटुक्क आफ्ना मंगलशुत्र लगायतका गहना पात बेचेर दाम समाई । बरु पतिको उपचार गरेर बचाई । " बचाउन पाए त पति , गहना नाथे त जोड्दै गरौला न हौ ।" -उसले आफ्नो तड्पिए को मनलाइ आफै बुझाई । त्यसैले त अब निराभुषित भई फुलमायाँ । त्यति मात्र कहाँ हो र , कसैको के धन्दा भने झैं जोरीपारीहरु घर जग्गा र उसको सम्पुर्ण जाय जेथाको मोल तोल गरि रहेका देखिन्थे । अनि लिलामको भाउ कुरीरहेका झैं थिए । " ऊफ ! आजको आडम्बरी समाजदेखि नै डर लागि रहेको छ । फुलमायाँ यहि समाजकी एक नारी । फेरी , गहँनाकै खाँचो खड्किन के बेर ? " - उता सोचमग्न थिए फुलमायाँका पति । कुमालेको चक्र झैं हरेक पर्व ,उत्सव,भोज र नारी सहभागिताहरु कम छैनन् । अझ तिज पर्वमा पँहेलपुर आभुषित नारीहरु, चौक बजारको रमझममा नित्य नियाल्छे फुलमायाँ । " ऊफ ! उदेक लाग्दो यो कस्तो नियति ? माघको कठाङ्ग्रीदो ठण्डीलाई चुनौति दिदै नग्न छन नारी जाती । किन प्रदर्शित छन् गलाका हारहरु ? मानौ , विना वश्त्र निर्लज्जताको प्रतियोगिहरु झैं सहभागि छन् आइमाईहरु । यो कस्तो बिचित्र लिला स्वर्ण प्रदर्सनीको ? हो, फेसनका छड्के तिलहरीहरु, श्रीबन्दी, रानीहारको के काम ? बरु मनमा शान्ति भए काफी " - फुलमायाँ गम्न थाली । " शुन्दरता त मन भित्र पो चाहिदो रहेछ । शुन्दर मन भित्रको शुन्दर चरित्र, जसले शुन्दर सन्सारको रचना गर्दछ । समाज शुन्दर भएमा गहनाको के काम ? फेरि सक्कली हुन् या नक्कली । केवल देखावटी र आडम्बरी गहनाका रवाफबाट समाज कहिले मुक्त रहने ? " - उसले मन मनै सोची । " कमसे कम एउटा मंगलसुत्र त कसो नलगाइ दिउँ ? सरलताको पनि त सिमा हुन्छ नि ? सादा पन र सरल जिन्दगीकी धनी विचरी ! भन्न मात्र नसकेकी । कुण्ठा पालोस पनि कति ? "- उता फुलमायाँका पति अनिद्राले चिन्तित देखिए । खाई नखाई गरेको जोहोले फेरि मंगलशुत्र नै किने । अनि झपक्क लगाइ दिए । र नै ,आज फुल मायाँ फुरुक्क छे अनि, अरु झैं आफु पनि सजिएरै उत्सवमा उपस्थित छे । कठै ! फुलमायाँ फुरुक्क त परी तर, आज उसको नव- न्वारान गरिएको छ । उसलाई के थाह ? - आफु जाबो मंगलसुत्रकै धनी भएर " मंगलि "मा रुपान्तरण भएको । त्यसैले त आईमाईहरुको झुण्डले कुरा काटी रहेको छन् । विपद मा सहारा दिनु त कता हो कता पतिको हैसियत पो नापि रहेछन् । आसुरी दनियाँको यो कस्तो हर्कत ? तर, विचरी ! फुलमायाँ आफु भने अझै आसुरी दुनियाँ देखि अनविज्ञ झैं देखिन्छे ।       अस्तु।

                                                               __________________________

Post a Comment