Blog

युगको अन्त्य

Blog Image

                    युगको अन्त्य

अनुपमा कट्टेल, डिमापुर, नागाल्यान्ड

Email:Kattelanu11@gmail.com

युगको अन्त्य

असमाप्ति अनन्त

गुमाउनुको वेदना

 प्राप्तिको आनन्द

 अनिश्चित परिणाम

लक्षहीन पाइताला

 साँगुहीन अनौठा बाटा

निरन्तर यात्रा

विचित्र अतीत

अनेक दौडधुप

कमाउन हतार

रमाउन हतार

हिंसा र द्वेष

 तँ र म

भोलि घाम लाग्योस्

 कि बादलले ढाकोस्

युग फर्किएर आउँदैन हिँडेको बाटो

एक पिठ्यौ अनुशोचनाको भारि बोकेर

 स्वाभिमानी युग हिँडिरहेछ अनिश्चित

 यात्रामा

 आजहरूले जोडेको हिसाबमा

 हिजो मधुर होला

अथवा हिजो दुखद स्मृतिहोला

भोलि।

  _________________


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments