Blog

उड़ने आशा रहुन्जेल

Blog Image

उड़ने आशा रहुन्जेल

ड०. चवन कुमार शर्मा

प्राध्यापक, बि.एइच कलेज,

हाउली, बरपेटा, असम

 

फरिको वारिनै भएको पारिजात

मुंशिरे हिउँ मा मगमगाउछ,

बादलको छायाँले अकाश छोपेको भएनि

पुषको ठण्डीमा हजारो मुटु भाचिन्छनI

आमाको काखमा बिसाउँछ माया,

बुबा को हात.....

भन्ने सपना,

अकाश तिरै हेरेर अलमलीन्छन I

दरिद्रताले घोचेको सिउँदोमा

ठेउला उठेको हातले सुमसुमाउदा,

नाङ्गो अकाशको मुस्कानले

गुनगुनउँदै म तिरै हेर्छ I

उड़ने आशा रहुन जेल....

अकाश, तिमी त मेरो हो भन्छु,     

सीमाना मिचेर पखेटा ल्याउछन्

हेरिरहेको छिमेकीको आखाँ छलिन्छ I

ल्याउने लिएर बिर्सन्छ

गुमाउनेले फेरिपनि उडछकि भनी,

आकाश तिरै हेरेर टोलिन्छन्

उड़ने आशा रहुन्जेल....

आकाश, तिमी त मेरो हो भन्छन् I

-------------------------------------


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments