• theoxygentimes@gmail.com

Blog


                                                                 ‘म जोकर भएको थिएँ

 

मैले जागिरे जीवनमा ताते गर्न थालेको मात्र थिएँ। त्यस उसले जागिरे जीवनको लगन र एकाग्रताको बारेमा मेरो धेरै अनुभव पनि थिएन।

        आज हाम्रा थाना क्षेत्राधिकारमा सड़क परिवहन मन्त्री आउने हुँदा मैले चारालीमा ऐन श्रृङ्खलाको कर्तव्य निभाउनु परेको छ। साथमा एक सेक्सन अस्त्रधारी सी. आर. पी. एफ। अर्को तिर मेरी श्रीमती सिकिस्त भएर अस्पतालमा भर्ती गराएको छ, छुट्टी पनि छैन। पुलिस अधीक्षकबाट एकदिनको घर जाने अनुमति लिएको थिएँ तर हठात् मन्त्री आउँने योजना हुँदा मेरो घरजाने अनुमति पनि रद्द भयो। कुनै ठूला बडा नेताह अ\चलमा भ्रमण गर्न आउँदा सबै कुरो बिर्सनु पर्छ। अनि उनीहरूको सुरक्षाको लागि हामी तैनाथ हुनुपर्छ। सुरक्षा प्रबन्ध कडा पार्नको लागि अरू डिग्री जिल्लाबाट पनि अफिसर, प्रहरीहरूको ताँती बगिरहेको छ र मैले कसरी घरजाने अनुमति माग्नु। मेरो कुरा यो बेलामा कसले सुनिदेला ? मेरा कुरा हावामा उडेर जान्छन्।

        शहरको चौबाटो धेरै भीडभाड हुँदैछ। म र मसँग रहेका सी. आर. पी. एफ कर्तव्यमा तल्लीन छौं। हामी उभिएको दक्षिणतिर नो एनट्री। दाहिने र देब्रे तिर तीव्रगतिमा लहरै साना-ठूला गाडी आउजाउ गरिरहेका छन्। त्यो राष्ट्रिय पथ हो। हामी एउटा यन्त्र जस्तो भएर हातमा लठ्ठी हल्लाई सिटी बजाएर गाडीहरूलाई नियन्त्रण गर्ने प्रयास गर्दैछौं। यत्तिकैमा अर्को एउटा आपद आइलाग्यो। हाम्रै आँखा अगाडि नै त्यो घटना भइहाल्यो। एउटा 40/45 वर्षे अधवैंसे मानिस हातमा एउटा ब्याग लिएर उभिएको थियो। देख्ता देख्तै दुईजना मानिस मोटरसाइकलमा आएर असलाई केही चीजले टाउकोमा हानी उसको हातको ब्याग थुतेर त्यहाँबाट तत्काल भागिहाले। देख्ता देख्तै उ रगतपछ्छे भएर लड्यो। सायद त्यो ब्यागमापैसा भएको थाहा पाएर नै उनीह पछि लागेका रहेछन्। मानिसको जमघट हुन थाल्यो म अकमक्क भएँ। अकस्मात भएको दुर्घटनाले मेरा आँखा ठूला ठूला भए। बाटामा रगतपछ्छे भएर लडिरहेको थियो मानौं कसैले रगतको पिचकारी लिएर होली खेलिरहेको छ।

        म रगतपछ्छे भएको मानिसको छेउमा गएँ। तर म त पुलिस अधीक्षकद्वापो ऐन-श्रृङ्खलाको दायित्वमा खटिएको मान्छे पो हुँ त भन्ने कुरा झट्टै सम्झिएँ। मेरो जागिरे जीवन शुरू भएको महिना दिन पनि पुगेको छैन। मलाई थाहा छैन मन्त्रीको कर्तव्यको लागि पठाएको मानिसले त्यो काम छाडी अर्को काम गर्नु हुन्छ कि हुँदैन म चेपारोमा परें। म मन दह्रो पारेर सोच्न थालें। जे अभिभारा मलाई सुम्पिएको छ त्यही काम मैले राम्रोसँग गर्नुपर्छ। किन कि मैले यताउति गरेको बेला मन्त्री महोदयको कनभय त्यो ठाउँबाट गयो र केही यताउति भयो भने मैले जवाफ दिनुपर्दछ। मेरो बुद्धिअनुसार छेउको एउटा पसलबाट थानामा त्यो घटनाको बारेमा फोन गरेर जान्न दिएँ। हतार हतारमा मैले घटनाकारीको मोटरसाइकलको नम्बर पनि टिप्न भुलेंछु। सायद त्यो मेरो अज्ञानता थियो।

        यत्तिकैमा मेरो सूचना पाएर थानाका प्रभारी ट्रेकारमा एक सहकर्मी साथ घटनास्थलमा आइपुगे। पछि पछि एम्बुलेन्स। एम्बुलेन्समा साथमा आएको सहकर्मीले त्यहाँ भएका 2/4 जना मानिसलाई सोधीखोजी गरेर केही लेखें अनि नक्सा पनि बनाए। प्रभारीले मतिर हेरेर मोटरसाइकलको नम्बर सोधें। भन्न नसक्ता खल्लो अनुभव भयो। कर्तव्य राम्रो गर्न उपदेश दिएर प्रभारी त्यहाँबाट थानातिर लागे। समय बेलुकी चार बज्यो। मलाई आलस्य अनुभव हुनथाल्यो। एकदिनको लागि घर जाने अनुमति अधीक्षकबाट पाइसकेको हुनाले झटटै काम सकिएको म चाहन्थें। मेरो मन सिमलको भुवा झैं उडेर मेरी बिरामी श्रीमती भएको नर्सिङ होममा पुगिसकेको छ। मन्त्रीमहोदय कहिले आउने हुन् समयको केही निश्चयता छैन, बिहान 6 बजेदेखि आएको भोक प्यासले गर्दा मलाई अलपत्र पारेको छ। मलाई मेरो जागिरे जीवनको प्राक् महूर्तमा धिक्कार लाग्न थाल्यो, लगाएका खाकी कपडाह डिग्री खोलेर फ्याँकिदिन मन लाग्यो। मनमनै मन्त्रीहरूप्रति रिस उठ्न थाल्यो। के नयाँ बाटो बनाएर मन्त्रीहरूले उद्घाटन गर्दा मात्र गाडी सडकमा कुद्छन् ? अरूले फिता काट्ता नकुद्लान् त। यतिबाटै हामी भए नजिकमै एउटा रिक्सा उभियो। मलाई रिक्सावाल माथि पनि ज्यादै रिस उठ्यो। रिसले हातमा भएको लौराले रिक्सामाथि मज्जाले हानें। रिक्सावाल त्यहाँबाट भाग्यो। समय चुहेर सकिँदै जानथालेको छ। श्रीमतीको बिरामीको खबरले बसी खुख न उठी सुख अवस्था बनाएको छ। विश्वको भार टाउकोमा बोके जस्तो हुनथालेको छ। बेलुकी 6 बजे भयो मन्त्रीको केही अत्तोपत्तो छैन। थकाइले उभिन नसक्ने जस्तो लाग्न थाल्यो। उपाय नपाई चौबाटोमा भएको पुलिस पइन्टमा थुचुक्क बसें। साँझ पर्यो मलाई सारै विरक्ति लाग्न थाल्यो। म मेरा जीवनसङ्गी लौरोलाई हल्लाई हल्लाई यताउति हिँड्न थालें। जागिरे जीवनको प्राक्मुहूर्तमै यो नमीठो अभिज्ञताले मलाई सोच्न वाध्य गरायो- के यो पुलिसको जागिर खाएर पार पाइएला ?

        म सोच्न थालें, मेरी श्रीमतीको छेउमा डाक्टर नर्सह व्यस्त होलान्। विवाह भएको दुईसाल मात्र हुदैछ। यही थानामा जागिरे जीवनको कोपिलो मात्र लाग्न थालेको छ, फूल फुली सुवास फैलिन धेरै दिन छ। तर कस्तो खल्लो अनुभव ! थानाबाट 7/8 घण्टाको बाटो छ मेरो घर पुग्न भगवानले दया गरे भने यो आपदको समयमा म मेरी श्रीमतीसमक्ष पुग्न सक्छु। कसले सोचेको थियो आजै मन्त्री यहाँ आउने कार्यसूची बनिन्छ भनेर ? यही बेला थानाको ट्रेकार आएर मेरा सामु रोकियो। मैले लामा लामा पाइला चाल्दै गाड़ीमा बसेका मेरा सहकर्मीलाई सोधें-अँध्यारो भइसक्यो खै त मन्त्री कतिखेर आउँछन् ? उत्तरमा सहकर्मीले भने- अलिकति अघि तारवार्ता आयो मन्त्री नआउने अरे। तेरो मेरो यो दुर्गति नभए अरू कसको होला ? मलाई आफैंलाई सर्कसको मनोर\जनका लागि मान्छे हँसाउने जोकर झैं लाग्यो। अनि थकाइमा पनि मेरो अचानक हर्षले छाती फुले झैं भयो। म आज घर गई मेरी बिरामी श्रीमतीसँग नर्सिङ होममा भेट गर्छु र उनको बिरामीको खबर लिन्छु तर  श्रीमतीको यस्तो अवस्थामा पनि मैले छुट्टी नपाएको भन्दा के उनले विश्वास गर्लिन् ?

        म नर्सिङ होम आइपुगें र श्रीमतीसमक्ष मेरा मनमा खचाखच भरिएका भावनाहरू पोखें अनि क्रमशः रित्तिँदै गएको अनुभव भयो। तर उनले केही प्रत्युत्तर नदिई मलाई टुलुटुलु हेरिन्। उनले के अनुभव गरिन् मैले बुझ्न सकिनँ। म जान्दछु पारिवारिक जीवनबाट शान्ति पाउन सन्देहको भुमरीबाट मुक्त हुनु नितान्त आवश्यक हुन्छ।

                                 __________________

Post a Comment