Blog

कल्पनामा आएर यसरी सताउॅने नगर

Blog Image

 कल्पनामा आएर यसरी सताउॅने नगर

नीता गुरुंग भाटिया, गुवाहाटी, असम।

ई.मेल. neetagurung59@gmail.com

 कल्पनामा आएर यसरी सताउॅने नगर।

दुखेको छ मुटु यसलाई अझै दुखाउॅने नगर।

कहिले त भेट्ने मन गरि भेट्न‌‌‌ आउॅ मलाई।

यसरी टाढ़ैबाट ईसारा गरी फकाउॅने नगर।

अनिद्रा यो आँखामा निद्रा बल्ल आउॅन थाल्यो,

सपनीमा आएर मलाई फेरि जगाउॅने नगर।

धेरै रोएँ आसुँ सुके, तिम्रै यादमा निर्मोही।

ब्यर्थ मलाई आफ्नो ठानी रुवाउॅने नगर।

तिम्रो मनमा के छ-छैन, सबै जानिभ्याएँ।

 झूटो वाचामा मलाई यसरी टोहलाउॅने नगर।

        ______________________


Share this post
Comments