मेरो मनको भ्रम हो कि !
दुनियाँकै दृष्टिको दोष!
म भन्छु..
मेरो धरातलमा छाएकोछ
गुलाबी रङको आकाश।
तर...
मेरा कुरा सुनेर
दुनियाँको ओंठभरि
विचित्र किसिमका रेखाहर,
कोरिँदै जान्छन्
खुशीका घृणाका
अन्योल अनि अचम्मका,
म ती अनगन्ति
मान्छेहरु बीच
नौलो चेतना छर्न खोज्छु,
तर व्यर्थ जान्छन् मेरा प्रयासहरु,
किन कि...
उनीहरु विवशछन्
नीलो रङ बाहेकको आकाश,
कल्पना गर्न उनीहरुको सोच
मात्र एउटै सिमानामा समाप्त हुन्छ ,
कि त आकाश अाकाश नीलो हुन्छ
कि त कालो!
म ती सोचहरु प्रति;
मुर्मुरिन्छु, आक्रोशित हुन्छु
रुन्छु अनि कराउँ छु ;
मेरो धरातलमा छा
एको छ गुलाबी रङको आकाश,
अचानक.....
एउटा सशक्त छवि आमाको ;
मेरो रोदनमा मुछिएर आउँछ ,
र आमा भन्नु हुन्छ ,
कविहरु सुकेको पातमा पनि संगित सुन्छन्,
झरनाको तालमा मीठो गीत बुन्छन् ,
यहाँ मान्छेका अहङ्कारी मनभित्र,
कहाँ आकाश गुलाबीरङमा;
खुल्न सक्ला र !!!
म मौन चुपचाप आकाश तिर हेर्छु;
ओहो....
साँच्चै आकाश त नीलो नै रहेछ I
________________________
Post a Comment