Blog

सारङ्गी

Blog Image

          सारङ्गी

 

     छत्रमान सुब्बा दिघली,

     बालिपाडाशोणितपुर, असम 

   

मेरो शब्द सारङ्गी

जीवन र निष्ठाको यात्राक्रम सुनाइ बस्छ

अज्ञानतालाई केरियर बनाउने मुर्खतालाई रेटेर

 अनन्तकालदेखि सुनी रहेको छु

 मिल्टन र कालिदासले गेटे र देवकोटाले

यही सारङ्गी बजाउँदा

कृष्णजीको बाँसुरी र सरस्वतीको वीणा एकैसाथ जोडिन्थे

उषाकालको बिहानीलाई बोकेर।

सीताजीको लक्ष्मण-रेखा

शङ्करजीको तेस्रो आँख हामी सबैमाखोलि दिदै

यो शब्द सारङ्गी मान्छेको हृदयमा बज्न थालेको छ।

अब यसलाई हामीले नयाँ रूपले बजाउन सिक्नु पर्छ

यसका अनेक अर्थहरू फुकाउन सक्नु पर्छ,

यसभित्र ब्रह्मपुत्रको श्वास  त्रिशुलीको विश्वास

र गौरिशङ्करको निवासछ।

छोइदेउ न तिमी एकपल्ट मेरो सारङ्गीको तार

यसले कहिले पनि  गर्दिन भन्न जानेको छैन

जान्दिन भन्न सिकेको छैन

ऊ सधैभरि गर्दै हिड्छ  गर्नेहरूका लागि

त्यसैले त ऊ बाचिरहन्छ  मर्नेहरूका लागि ।

तिमी पनि सारङ्गी बजाउ साथी        

नत्र शब्दको फूल चढाउ

अघि बढने मन मन्दिरमा ज्ञानको दीप जलाउ।

                                    _______________


Share this post
Comments