एक मात्र नारी नै हुन
नीता गुरुंग भाटिया, गुवाहाटी, असम
ई.मेल. neetagurung59@gmail.com
शिशुलाई नौ महिना
गर्भमा राखी,
प्रसव पीड़ा सहने
एक मात्र नारी नै हुन।
मातृ बनि ममताको
शितल बर्षा गर्ने
चेली बनि माईतीलाई
मायाको न्यानो काखमा अंगाल्ने
एक मात्र नारी नै हुन।
तिहार आउॅदा,टिका लगाई
दाज्यु-भाईको निधार सजाउॅने
एक मात्र नारी नै हुन।
अर्द्धांगिनी बनी पतिको
सुख-दुखमा साथ दिने
एक मात्र नारी नै हुन।
नारी नै हुन ,जसको कोखबाट
रानी लक्ष्मीबाई, झाँसी की रानी आदि
साहसी विरांगनाहरू जन्मि,
देशको लागी आफ्नो बलिदान दिए।
अबला नठान, नमान कमजोर, असहाय
यमराज संग लड़ी, आफ्नो स्वामी को
प्राण फर्काई ल्याउने क्षमता हुने पनि,
एकमात्र नारी नै हुन।
धैर्यवान बनि समाजमा
मीठो-नमीठो रीति-रिवाजको
जहरलाई सहर्स पिउने पनि
एकमात्र नारी नै हुन।
ईश्वरले मानवलाई रचे,तर..
मानवमा मानवता रहेन।
नारी जातिको अस्मिताको
संसार भरि सुरक्षा रहेन।
नारीमा देवी लक्ष्मी,नारीमा सरस्वती।
नारीमा देवी दुर्गा र भगवती।
गहीराईमा सोची हेरौ भने,
नारीमा नै लुकेको हुन्छ,
देवी मातृ-शक्ति।
_________________