• theoxygentimes@gmail.com

Blog


               महाकवि कालिदास तथा महाकवि देवकोटा:                 
                                              (एक तुलनात्मक अध्ययन)  
                                                     

छविलाल उपाध्याय

ढेकियाजुलि, असम

        

महाकवि कालिदास तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा समसामयिक कवि नभए तापनि यी दुवै महाकविका भावधारा एवम् विचारह डिग्री र रचना प्रक्रिया वा प्रणालीको बाटो पनि प्राय मिल्दोजुल्दो नै पाइन्छ।
दुवै महाकवि माता सरस्वतीका वरद पुत्र हुन्। यी दुवै विभूतिका रचनाहरूको तुलनात्मक अध्ययन गर्दा हामी लाई के थाहा लाग्छ भने दुवै महाकवि आर्यावर्त (विशाल भारत) को गौरव गाथाका महागायक हुन्। साथै दुवै आ-आफ्ना कलात्मक प्रक्रियामा सिद्धहस्त पनि हुन्। उसैगरी यी दुवै महाकविको जीवन कथा पनि झण्डैझण्डै  मिल्दोजुल्दो नै देखिन्छ भन्न सकिन्छ। अतएव यी दुवै विभूतिहरूका रचना प्रणालीको मिल्दो-अमिल्दो रूप एवम् भावधाराह डिग्री तुलनात्मक अध्ययनद्वारा यहाँ प्रस्तुत गर्ने तुच्छ प्रयास गरिएको छ।
१--कृतिहरू: महाकवि कालिदास महाकाव्यकार एवम् महानाट्यकार पनि हुन्। उनीद्वारा विरचित ""कुमार सम्भव"", ""रघुवंश"", ""ऋतुसंहार"", ""अभिज्ञानशाकुन्तलम्,"" ""विक्रमोर्वशी"" र ""मालविकाग्निमित्रम्"" यी भित्रमा ""कुमारसंम्भव"" तथा ""रघुवंश"" महाकाव्य हुन्। भने ""अभिज्ञानशाकुन्तलम्,"" ""विक्रमोर्वशी"" र ""मालविकाग्निमित्रम्"" नाटक हुन्। यतिमात्र होइन महाकवि कालिदास वैदिक साहित्य, रामायण, महाभारत, पुराण, अर्थशास्त्र, धर्मशास्त्र, साङ्ख्य, दर्शन, न्याय, ज्योतिष, आयुर्वेद, कामशास्त्र, नाट्यशास्त्र, व्याकरण, नृत्य, सङ्गीत आदिका व्यापक ज्ञाता हुन्। साथै इतिहास तथा छन्दशास्त्रका पनि अगाध पण्डित हुन्।
       यता महाकवि देवकोटाका कृतिह डिग्री यसप्रकारका छन् -- शाकुन्तल, सुलोचना, वनकुसुम, दुष्यन्त- शकुन्तला भेट, राजकुमार प्रभाकर, लुनी, म्हेन्दू, मुनामदन, लक्ष्मीगीति सङ्ग्रह, लक्ष्मीकविता सङ्ग्रह, सावित्री सत्यवान, चम्पा, लक्ष्मीनिबन्ध सङ्ग्रह, दाडिमको रूखनेर, रुाष्टा देवकोटा परिवेशमा, प्रसिद्ध निबन्ध सङ्ग्रह, लक्ष्मीकथा सङ्ग्रह आदि। यी भित्रमा शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वनकुसुम, पृथ्वीराज चौहान र प्रमिथस छवटा महाकाव्य हुन्। मुनामदन, लुनी, कु\िजनी, दुष्यन्त शकुन्तला भेट, मैना, मायाविनी सर्सी, आदि गरी जम्माजम्मी एकाइसवटा खण्ड्काव्य । राजकुमार प्रभाकर, पुतली, सुनको बिहान, चिल्ला पातह डिग्री आदि छ-सातवटा बालकविता। गरीब, भिखारी, यात्री, सन्ध्या, चारु, प्रभुजी मलाई भेडो बनाऊ,भाँचू कि मेरो कलम, साँढे, झ\झावीर, बाघले बच्चा किन खान्छ, पागल, सघन,तमिरुााप्रति, झ\झाप्रति, एक सुन्दरी वेश्याप्रति, इन्द्रेणी, दार्जीलिङको बाघचुलीमा, शाहजहाँको इच्छा, एश्िाया, प्रलय वेदना, सङ्कल्प हाम्रो फलोस्, शून्यमा शून्य सरी जस्ता पुग-नपुग पाँच-छ सयवटा फुटकर कविताह डिग्री दिएका छन्। महाकवि देवकोटाले संस्कृत भाषामा "सिकन्दर" र अङ्ग्रेजी भाषामा "संयोजिता" एवम् "शकुन्तला" नाउँ दिएर रचना गर्न पनि थालेका थिए भन्ने विद्वान्हरूको भनाइ छ। समग्रमा महाकवि देवकोटा नेपाली साहित्यका युग रुाष्टा तथा युगद्रष्टाहुन् र विराट काव्यपुरुष हुन्। भाषा ज्ञानका बरेमा भन्नुपर्दा--  महाकवि लक्ष्मीप्रसाद देवकोटा अङ्ग्रेजी, हिन्दी, नेपाली, संस्कृत, नेवारी, बङ्गला, उर्दू, फ्रेन्च,जर्मन, तामाङ्, तिब्बती, रूसी, चिनियाँ र इटाली गरी जम्माजम्मी चौधवटा भाषाका ज्ञाता थिए भन्ने विद्वान् समालोचकहरूको भनाइ छ। थप अ डिग्री कुशल कलाकार, सङ्गीतज्ञ, सुवक्ता र कानुन व्यवसायीमा पनि दक्ष थिए। यी दुवै महाकविले विभिन्न विषयमा आ-आफ्ना लेखनीका माध्यमबाट ज्ञान-प्रतिभाद्वारा माता सरस्वतीकोमन्दिरलाई राम्ररी सजाए, समाले अनि ज्ञानको राँको बालेर सारा विश्वलाई प्रकाशमान् बनाएका छन्। प्रस्तुत लेखको उद्देश्य हो, यी दुवै विभूतिहरूको कुनकुन विधामा मिल्दा जुल्दा र नमिल्दा भेटिन्छन् अनि यी दुवै महाकविका भावधारा कस्तो छ आदि कुराहरूको सङ्क्षेपमा चर्चागर्ने धृष्टता गरियो । यो सानो कलेवरमा अटाउनु परेकाले मात्र "शाकुन्तल"" र "अभिज्ञानशाकुन्तलम्""को चर्चा गर्ने जमर्को गरिएको छ। किनभने दुवै महाकविको प्रियविषय पनि यसैलाई मानिएको छ र विद्वान्हरूको पनि भनाइ छ- ""काव्येषु नाटकम् रम्य, तत्र रम्या शकुन्तला:""
१--काव्य रुाोत :  ""नेपाली शाकुन्तल"" एवम् ""अभिज्ञानशाकुन्तलम्""को मूलरुाोत तथा आधार महाभारतको ""शाकुन्तलोपाख्यान""सँग सम्बन्धित छ।                                                        २
२-- विधा: महाकवि कालिदासले ""अभिज्ञानशाकुन्तलम्"" नामकरणले नाटकका रूपमा (सात अङ्कमा) प्रस्तुत गरेका छन् भने यता महाकवि देवकोटाले यसलाई पद्यमय वार्णिक छन्दले (चौबीस सर्गमा विभाजित
गरेर- ४४३ पृष्ठको ) बृहत् महाकाव्यका रूपमा निर्माण गरेका छन्।
३-- पात्र:  दुवै महाकविका महाभारतकै पात्रहरूका अतिरिक्त कवि स्वयम्का सृष्टि (पात्रहरू) पनि छन्। महाभारतका प्रमुख पात्रहरूमा दुष्यन्त, कण्व र शकुन्तला हुन्। अनसूया, गौतमी र प्रियम्बदा आदि महाकवि कालिदासका आफ्ना सृष्टि हुन्। यता महाकवि देवकोटाले महाभारतका प्रमुख तीन पात्रका अतिरिक्त कालिदासका तीन पात्र (अनसूया, गौतमी र प्रियम्बदा) भित्र्याउनुका साथै आफ्नातिरबाट अ डिग्री तीन पात्रलाई जीवन दिएका छन्। ती हुन् चारु, किसान (खेतीवाल) र उसकी पत्नी श्यामा।
४--कथाको शुभारम्भ:  महाकवि कालिदासकृत ""अभिज्ञानशाकुन्तलम्""को कथा दुष्यन्तका सिकार यात्रा वर्णनबाट शुभारम्भ भएको छ भने यता महाकवि देवकोटा विरचित ""शाकुन्तल""को कथा विश्वामित्रद्वारा
स्वर्ग विजयहेतु तपस्याबाट आरम्भ भएको पाइन्छ।
५--प्रभाव:  महाकवि कालिदास विरचित  ""अभिज्ञानशाकुन्तलम्"" को कथाको रुाोत यद्यपि महाभारतकै भए तापनि त्यसमा आफ्नो युग र पूर्ववर्ती कविहरूको प्रभाव परेको देखिंदैन बरु त नवीन उद्भावनामा पूर्ण रूपले सक्षम तथा सबल भएका छन् । तर यता महाकवि देवकोटामा स्पष्ट रूपले महाकवि कालिदासको प्रभाव परेको देखिन्छ। महाभारतको मूल कथानकमा केवल दुष्यन्त नै शकुन्तलाको प्रेम-प्रीतिका मोहमा वशीभूत भएर नायिकाका पछिपछि कुदेको देखिन्छ। यता महाकवि देवकोटाको नायक दुष्यन्तभने महाकवि कालिदास का प्रभावमा परेर कथा नायक-नायिका दुवै नै प्रेम-प्रीतिमा वशीभूत भएको पाइन्छ। दुवै महाकविका कथा नायिका वन्य हरिणी (शकुन्तला) सिकारी (दुष्यन्त) का कामबाणले घाइते हुन्छे र आफैंआफ सिकारी (दुष्यन्त) प्रति समर्पित हुन्छे।
        महाभारतमा शकुन्तलालाई पुत्रवतीका रूपमा पतिघर पठाइएको हुन्छ। तर यता महाकवि कालिदासको प्रभावमा परेर महाकवि देवकोटाले पनि आफ्नी कथा नायिका शकुन्तलालाई गर्भवती अवस्थामा
पतिघर पठाइएको पाइन्छ। दुर्वासा मुनिको कठोर अभिशापको कारणले महाकवि कालिदासको नायक दुष्यन्त आफ्नी प्रेमिका शकुन्तलाई नचिन्ने हुन्छ अर्थात् चिन्दैन। राजपुरोहित सोमराज राजा दुष्यन्तलाई सुझाउ दिंदै भन्दछन् ""गर्भवती शकुन्तलाको पुत्र चक्रवर्ती राजा हुने सम्भावना छ, अतएव प्रसूति (सुत्केरी) हुने दिनसम्म उनकै (पुरोहितकै) तत्वावधान (हेरचाह) मा बस्तछे भन्दा दुष्यन्त सहमति हुन्छ। तर पुरोहितका घरतिर जाँदाजाँदै कुनै अप्सरा आएर शकुन्तलालाई आकाश मार्गबाट उडाएर लान्छे भने यता महाकवि देवकोटाकी गर्भवती शकुन्तला सरोवर (पोखरी) का छेउमा अचेत हुन्छे र स्वर्गबाट मेनका आएर आफ्नी छोरी शकुन्तला लाई आकाश मार्गबाट कश्यप मुनिका आश्रमका छेउ पुर्याएर छाडिदिन्छे।
        महाकवि कालिदासको नायक दुष्यन्तद्वारा प्रदत्त प्रेमोपहार स्वनामाङ्कित मुद्रिका(औंठी)शकुन्तलाका हातबाट (नदी तर्दा पानीमा) झरेको हुँदा त्यसलाई माछाले खान्छ। एकदिन त्यो माछो मछुवाका जालमा
फँस्तछ अनि त्यस मछुवाले माछाका भुँडीभित्रबाट त्यो मुद्रिका (औंठी) फेलापार्छ र दुष्यन्तको नाउँ अङ्कित भएको देखेर राजा दुष्यन्तकोमा पुर्याउँछ। यता महाकवि देवकोटाले भने यसलाई भिन्नै प्रकारले वर्णन गरेका छन्।उनकी शकुन्तलाले पतिघर जाँदाजाँदै बीच बाटैमा घाम अस्ताएर रातिहुँदा कुनै एउटा गाउँको (किसान) खेतीवालका घरमा आश्रय लिनुपर्ने हुन्छ, त्यहीं बासाबस्छन्। भोलिपल्ट बिहान उठेर आमा गौतमीसँग नुहाउन जाँदा त्यहीं सरोवर (पोखरी) को किनारमा त्यो मुन्द्रो खसेको हुन्छ। केही दिन पछि किसान पत्नी श्यामाले मुन्द्रो फेला पार्छे र किसानद्वारा त्यो मुन्द्रो राजा दुष्यन्त कहाँ पुर्याएको वर्णन पाइन्छ।
 महाकवि कालिदास वृद्धा गौतमीलाई आश्रम वासिनी सेविकाका रूपमा मान्दछन् भने, यता महाकवि देवकोटाले चाहिं उनलाई कण्व मुनिकी धर्म पत्नी (अद्र्धाङ्गिनी) का रूपमा मानेको पाइन्छ। राजकुमार
                                                                                          ३
भरतका बाहु (पाखुरा) मा बाँधेको (अङ्ग रक्षक वा जन्तर) लाई दुवै महाकविले एकै प्रकारले वर्णन गरेको पाइन्छ। भनाइ अनुसार त्यो अङ्गरक्षक आफ्ना आमा-बाबु छाडेर अ डिग्री कसैले छुन वा हात लगाउन सक्तैनन्। यदि केही कारणवशत: त्यसलाई छोएछ भने त्यही अङ्गरक्षक सर्प भएर त्यो छुने मान्छेलाई डसत छ र त्यो व्यक्ति मर्दछ। भन्ने कुरा दुवै महाककविले स्वीकारेका छन्।
        कथा नायिका शकुन्तलाप्रति दुवै महाकविको भावधारा एउटै पाइन्छ अनि दुवै महाकविको नायक दुष्यन्तले आफ्नो मर्यादा राखेर कामगरेको पाइन्छ। दुवै महाकविको कथानायक दुष्यन्त क्षत्रीवंशको हो यस्ता स्थितिमा ऋषिकन्या(ब्रााहृणकुमारी) सित विवाह गर्न अनुचित ठान्दछ। तर जब दुष्यन्तलाई थाहालाग्छ, शकुन्तला ऋषिकन्या (ब्रााहृणकुमारी) नभएर क्षत्रियवंश (विश्वामित्र) की कन्या हो भन्नेकुरा बुझेपछि मात्रै विवाहको कुरा अगाडि बढ्दछ र दुवै गान्धर्व विवाह (प्रेम-प्रीति गाँसेर) को प्रणय सूत्रमा बाँधिन्छन्। अनि दुवै  महाकविले श्िाशु चा\चल्यको वर्णन गरेको पाइन्छ। उसैगरी दुवै महाकविले कण्वाश्रममा भएका हरिणका पाठा र वन्य लताहरूलाई मानव श्िाशुकै स्थान दिएको पाइन्छ।
        महाकवि कालिदास विरचित ""अभिज्ञानशाकुन्तलम्"" को अन्तिम भागमा तथा महाकवि देवकोटा विरचित ""नेपाली शाकुन्तल""को अन्तिम भाग अर्थात् चौबीस सर्गमा राजकुमार भरत सिंह(बाघ)का डमरुसित  निर्भय खेलीरहेको वर्णन दुवैले एकै प्रकारले गरेको पाइन्छ। यो कुन ठाउँ र कहिलेको हो अर्थात् काल र स्थानका बारेमा दुवै महाकवि मौन छन्। अँ, महाकवि देवकोटाले आफ्नो महाकाव्य "शाकुन्तल"मा धेरै ठाउँमा ""मालिनी"" शब्दको प्रयोग गरेको पाइन्छ। त्यसबाट के थाहा लाग्छ भने, ""मालिनी"" नदी चम्पा नगरीको छेउ छाउको हो। यो चम्पा नगरी भन्ने भारतको उत्तरा\चल (उत्तराखण्ड) को गढवाल प्रदेश (प्राचीन कुर्माचल)को प्रसिद्ध नगरी थियो भन्ने कुरा विद्वान्हरूबाट जान्न पाइन्छ।
६--शृङ्गार वर्णन;  महाकवि कालिदासको शृङ्गार वर्णनमा वासनायुक्त तथा मांसल अधिक देखिन्छ भने, महाकवि देवकोटाको शृङ्गार वर्णनमा मर्यादा भित्र रहेको पाइन्छ, भनौं उच्छृङ्खलता तथा मांसलको अभाव पाइन्छ। उनको शृङ्गार वर्णनमा पावनता एवम् स्वच्छता विद्यमान छ। यस दृष्टिले ""शाकुन्तल"" महाकाव्य आकर्षणीय बन्न पुगेको छ भन्ने विद्वान्हरूको भनाइ छ।
७- भाषा शैली : महाकवि कालिदासलाई भाषा-शैलीका दृष्टिले हेर्दा निकै माथि पुगेको देखिन्छ। व्य\जना शक्ति विशेष दर्शनीय छ। भाषा सहज,ललित,प्रा\जल प्रवाहशील, तुक्का र सूक्तिपूर्ण सुमधुर पाइन्छ। देवभाषा संस्कृत नै उनको मूल भाषा हो। यहाँ कुनै विदेशी भाषाको प्रभाव परेको छैन। साथै शैली गम्भीर, चिन्तन प्रधान र कलात्मक तथा प्रसादगुण पूर्ण पाइन्छ भने। महाकवि देवकोटाको शैली गम्भीर चिन्तनप्रधान र कलात्मक नै पाइन्छ। तसर्थ भाषाका क्षेत्रमा दुवै महाकवि आ-आफ्ना स्थानमा महान् छन् भन्न नसकिने होइन। महाकवि कालिदासले विशुद्ध देवभाषा संस्कृको प्रयोग गरेका छन् भने, यता महाकवि देवकोटाले आफ्नो मातृ भाषा नेपालीमा काव्य निर्माण गरेका छन्। नढाँटि भन्नुहो भने महाकवि देवकोटाले आफ्नो ""शाकुन्तल"" महा-काव्यमा कडा संस्कृत शब्दका साथै अन्य बहिरागत(जस्तै हिन्दी,उर्दू, अरबी, फारसी आदि)का शब्दावलीको प्रयोग पनि नगरेका भने होइनन्। अझ शाकुन्तलको एकाठाउँमा त द्रुतविलम्बित छन्दमा एकचरण श्लोकले  यसरी घन्क्याइ दिएकाछन् ""सुनहला चिडिया सरि साँझकी""भनेर। अर्को पनि--"स्वर्गैलाई समाउने सुनहला""। यस्तो हुनुको कारण के हो भने, उनले पछि फर्किएर हेरेनन्, दिद्युत गतिमा उनको लेखनी चम्किन्थ्यो। थोरै अवधि भित्रमा उनले धेरै गर्नु परेको थियो। तापनि महाकाव्यको भाषा अनुप्रासयुक्त हुनुका साथै प्रसादगुणपूर्ण माधुर्य पाइन्छ। विदेशी भाषाको प्रभावपर्नु त महाकवि भानुभक्तकै रामायणका पालादेखि हो र आजसम्म हाम्रो नेपाली भाषा विदेशी भाषाबाट मुक्तहुन सकेको छैन भन्दा अचाहिंदो नहोला, भनौं दासत्वमै छौं अझपनि।
८--प्रकृति वर्णन: प्रकृति वर्णनमा महाकवि कालिदासले प्रकृतिका कोमल, मनोरम तथा सौन्दर्यलाई नै अधिक महत्व दिएको पाइन्छ। उनले आफ्नो "अभिज्ञानशाकुन्तलम्"मा चराचुरुङ्गीको चिरबिर, क्वैलीको
                                                                                           ४
सुमधुर स्वर तथा भँवराका घुनघुनको मधुरो ध्वनिको नै अधिक उपयोग गरेको पाइन्छ। यता महाकवि देवकोटालाई पनि प्रकृतिका अनन्य पुजारीका रूपमा पाउँछौं हामी। उनले प्रकृतिका कुनाकाप्चा सबै चहारी सकेका छन् र प्रकृतिका विभिन्न रूपलाई समान रूपमा चित्रण गरेका छन्। भनौं उनका सबै महाकाव्यहरूमा धेरजसो प्रकृति चित्रण नै पाइन्छ। प्रकृतिलाई मानवीकरण गर्न सिद्धहस्त छन् उनी पनि।
 कण्वमुनिद्वारा पालित पुत्री शकुन्तलालाई घर पठाउँदा उत्पन्न भएको विरहजन्य पीडा दुवै महाकविले समानै अनुभव गरेको पाइन्छ। यस सम्भन्धमा एउटा उदाहरण यस्तो छ-
              ""अर्थो हि कन्या परकीय एवं तामद्य सम्प्रेष्य परिग्रहीतु:
               जातो ममायं विशद: प्रकामं प्रत्यर्षितन्यास इतान्तरात्मा।।""
                          (कालिदास-अविज्ञानशाकुन्तलम्)
               ""कन्या विवाह नहुँदातक माइतिकी
               आफ्नो घरैतिर हुने पछिलाइ फेरि।
               सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
               आनन्द बढ्छ दुइ तर्फ सदैव गम्की।।""
                         (देवकोटा-शाकुन्तल)  
अर्थात् छोरी जबसम्म अविवाहित रहन्छन्, त्यहाँसम्म आमा-बाबुकी हुन्छन्। उनीहरूको भविष्य ता आफ्नो पति घर नै हुन्छ। अतएव जसको सम्पति हो उसैलाई सुम्पिंदा दुवैतिर आनन्द नै आनन्द वर्षिरहन्छ। सर्वान्त्यमा दुवै महाकविका कण्व (पिता) आफ्नी पालिता कन्या (शकुन्तला) लाई उपदेश दिएर जुवाइँ (पति) घर पठाउँछन्। महाकवि कालिदासका कण्व (पिता) छोरी बिदा गरेपछि चिन्तामा परेका हुन्छन् , मुटुमा गाँठोपर्छ, सुर्ताउँछन् र धेरै करुण अवस्था देखिन्छ। तर यता महाकवि देवकोटाका कण्व (पिता) मौन भएको पाइन्छ।
भनौं उनलाई यस बारेमा कुनै चिन्ता छैन। अर्कातिर महाकवि देवकोटाले आफ्नी कथा नायिका शकुन्तलाकोचित्रण अतिनै मार्मिक र कारुणिक रूपमा प्रस्तुत गरेको पाइन्छ।
       अन्त्यमा महाकवि कालिदासकी कण्व (छोरी) शकुन्तला बिदाइ हुने बेलामा एउटी सखी आँखाभरी आँसु बगाएर शकुन्तलालाई भन्छे --"" अयंजन: कस्य हस्ते समर्पिता ?"" अर्थात् यी सबै जनालाई कसका हातमा जिम्मा लगाउँछ्यौ ? भन्दा कसका आँखाबाट आँसु झर्दैनन् होला ?  उसैगरी महाकवि देवकोटाकी कथा नायिका शकुन्तला आफू बिदा हुनेबेलामा मृग पाठाहरूलाई सुमसुम्याउँदै अँगालो मारेर आँखाभरी आँसु बगाएर यसो भन्छे --        -""मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा
                                 जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा।
                                 बाँडी मेरा सुख-दु:ख भरी भाव सम्झे मलाई
                                 तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ।।""
अर्थात् शकुन्तलाको बिदाइ बेलामा दुवै महाकविले करुण भाव झल्काएको पाउँछौ हामी। यसरी नै दुवै महाकविका मिल्दा-नमिल्दा भावधाराह डिग्री यहाँ दर्शाउने प्रयास गरिएको हो। अनि महाकवि देवकोटाले आफ्नो महाकाव्य""नेपाली शाकुन्तल""लाई महाकवि कालिदास विरचित ""अभिज्ञानशाकुन्तलम्""को आधारमा निर्माण गरेको हुँदा आफ्ना काव्यगुरुप्रति सश्रद्धा सम्झना गरेर महाकवि कालिदासको नाउँ निकै ठाउँमा उल्लेख गरेको पाइन्छ यसरी--
          ""कालीदास भनेर कोकिलह डिग्री काला भए तापनि
           ०                ०                  ०
          कालीदास कला बनेर रसिली कोल्लोल कौतूहला
          ०               ०                   ०
         हुन् कालिदास कवि नै कित व्यास आई।।"" इत्यादि""""।
                                                                                           ५
उपसंहारमा : महाकवि कालिदासद्वारा  विरचित ""अभिज्ञानशाकुन्तलम्"" दृश्यकाव्य हो भने, महाकवि देवकोटा विरचित "शाकुन्तल" श्रव्यकाव्य हो। अर्थात् काव्य (महाकाव्य) हो। महाकवि कालिदासका
कृतिसमूहको निर्माण स्थान, काल बारेमा सबै विद्वान् एवम् समालोकह डिग्री मौन देखिन्छन्। अनि उनको जन्म स्थान र मातृभाषा बारेमा पनि कसैले तोकेर भन्न सकेका छैनन्। अँ, कुनै कुनै विद्वान्ले यत्ति चाहिं भनेका छन् ""अभिज्ञानशाकुन्तलम्""को निर्माणकाल चौथो शताब्दी हो भनेर। त्यसबेला भारतमा गुप्त साम्राज्य थियो भनेका छन्। महाकवि कालिदास र उनका कृति विशेष गरेर नाट्यकृति त्यसमा पनि "अभिज्ञानशाकुन्तलम्"लाई लिएर पाश्चात्य जगतमा निकै प्रशंसा भएको पाइन्छ। त्यस उसले पनि कालिदासद्वारा निर्मित नाट्य- साहित्य विश्व नाट्यसाहित्यमा "अभिज्ञानशाकुन्तलम्"को स्थान सर्वोच्च एवम् महत्वपूर्ण रहेको छ भनिन्छ। विलियम जोन्स यिनलाई ""भारतीय शेक्सपियर"" मान्दछन्। अनि जर्मन कवि गेटेले पनि यिनलाई धेरै प्रशंसा गरेको पाइन्छ। भनौं अभिज्ञानशाकुन्तलम् पढेर विमोहित भई मुक्तकण्ठले प्रशंसा गरेका छन्। यता महाकवि देवकोटा आधुनिक कालका भएकाले प्राय नै सबैका परिचित छन् विशेष गरेर विश्व नेपाली साहित्य जगत्ले जानेका छन्। यिनको जन्मभूमि,जन्मकाल श्िाक्षा-दीक्षा, पितृ-मातृ,जहान छोराछोरी आदिका बारेमा। अनि भारतीय विद्वान् छत्तीस भाषाका ज्ञाता, एकसय पचास ग्रन्थका निर्माता, विश्व भ्रमणकारी आधुनिक द्वैपायन(व्यास) मानिने महापण्डित राहुल सांकृत्यायनले ""आजकाल"" नामक हिन्दी पत्रिकाको ""विश्वदर्शन"" मा (सन् १९५३ को मई महिनाको अङ्कमा) महाकवि देवकोटाको विद्वत्तलाई देखेर प्रशंसा गर्दै यसरी भनेका छन्--""हिन्दी भाषाका तीन महाकवि प्रसाद, पन्त र निराला (जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त तथा सूर्यकान्त त्रिपाठी "निराला" को एउटै सिङ्गो रूप हो महाकवि देवकोटा।""  
यत्ति थोरै उमेरमा (वि०सं०-१९६६--२०१६) अर्थात् ५० वर्ष पनि पुग्न नपाइ (४९ वर्ष, १० महिना र २ दिन मात्र यस लोकमा जीवित रहेर भाषा-साहित्यको निम्ति र राणा शासनबाट मुक्ति पाउनका लागि
अहर्निशा सङ्ग्राम गरेर जीवन विसर्जन दिएका हुन् महाकवि लक्ष्मीप्रसाद देवकोटाले। सर्वान्त्यमा निम्न लिखित झ्याउरे छन्दले महाकवि देवकोटाप्रति श्रद्धा\जली समर्पण गर्दै यस लेखको बिटमार्ने आज्ञा चाहन्छु--
          द्यौकोटा कवि भएर रवि विश्वलाई जगाउने
          ज्ञानको ज्योति फैलाइ सधैं अँधेरो धपाउने।।
           झ्याउरे रची अमर भयौ विश्वलाई चिनायौ
           क्या मीठो भाका नेपाली ढाँचा भनेर बखान्यौ ।।
         तिमीलाई मैले के दिन सकें मानिस भएर ?
         जीवन मेरो त्यसै नै बित्यो निकम्मा भएर।।
           अर्थोक के पो दिन र सकें ख्वै तिम्रो नाउँमा
         यै तिम्रो छन्द टिपेर मैले चढाएँ पाउमा  ।।
         दुई शब्द लेखी पठाएँ मैले खुसीले समाउ
         स्वर्गमा बसी ग्रहण गरी आसिक पठाउ ।।  
सन्दर्भ ग्रन्थ : (१) अभिज्ञानशाकुन्तलम्, महाकवि कालिदास ।
               (२) अभिज्ञानशाकुन्तलम् डा०रामकृष्ण आचार्य, विनोद पुस्तक मन्दिर, आगरा, सन् १९७५ ।
               (३) देवकोटाका कविता यात्राको विश्लेषण र मूल्याङ्कन,डा०कुमारबहादुर जोशी, नेपाल
                   राजकीय प्रज्ञा-प्रतिष्ठान वि०सं० २०४७।
              (४) संस्कृत साहित्यका इतिहास,प्रो० राजेश शर्मा,प्रो०श्याम मिश्र, अशोक प्रकाशन, नई सडक
                   दिल्ली- ६, सन् १९७६
              (५) नेपाली शाकुन्तल, लक्ष्मीप्रसाद देवकोटा, साझा प्रकाशन चौथो संस्करण, वि०सं० २०४४ ।     
पहिलो हिन्दी भाषामा दैनिक समाचार-पत्र सेन्टिनल ३० जनवरी १९९३ मा प्रकाश्िात। रूपान्तरण ११ अगस्त २०२०।

 

Post a Comment