• theoxygentimes@gmail.com

Blog


म फर्सीको मुन्टो हुॅ. समूहमा मुन्टा. म फर्सीको बीऊबाट उम्रन्छु र विस्तारै लहरिंदै जान्छु. मलाई मन पराउनेले गोडमेल गरी लहरिन र फिंजिन माच पनि हालिदिन्छन् र तल मूलजराछेऊमा खाद, विशेष गरी काॅचो गोबर हालिदिएर मेरो शीघ्र वर्द्धनको काम गरिदिन्छन् र म खुसीका साथ लहरिंदै पहरिंदे जान्छु  I       म पोषकतत्वले परिपूर्ण निरामिष तरकारी भित्र सर्वश्रेष्ठ नभने पनि श्रेष्ठ अवश्य हुॅ. मलाई मन नपराउने खुब कम्ति नै होलान्. विशेष गरी नेपालीभाषी समाजमा त मेरो स्थान अग्रिम पङ्कतिमै छ जस्तो लाग्छ. मलाई आलुसित भुट्दा पनि हुन्छ, तर म हजुरलाई त्यसो गर्न सल्लाह नदिएर मलाई मात्रै भुटेर खाने सल्लाह दिन्छु किनभने मेरो दिव्य स्वादलाई म त्यो आलुसित मिसाएर आफ्नो स्वकीयता हराउन चाहन्न  I                                                                                                                                                                                                           तपाईंलाई थाहा हुन   पनि सक्छ वा नहुन पनि सक्छ, अङ्ग्रेजीमा मबाट जन्मिएको फललाई Pumpkin भन्छन्. मेरो वैज्ञानिक नाम भने cucurbita pepo र cucurbita moschata हो.(काॅकरभिटा चाहिॅ होइन ल). अङ्ग्रेजीमा फर्सीको मुन्टाको अर्थ हेरेको munta of persia आयो, उपाय छैन, गोराहरूले यताका मान्छेलाई जस्तो सिकाए, मान्छेले अद्यावधि तथाकथित स्वाधीन भएर मानि आएको छ. तर शायद मुन्टाको सम्मान यसरी उनीहरूले राखिदिएका छन्. म मुन्टाभित्र हुने विभिन्न पोषकतत्व मध्ये प्रचुर मात्रामा केलसियम,आइरन, मैग्नेशियम, विटामिन-ए, के, बी, फोलेट, कपर, मैंगानिज आदि पाइन्छन् र यी पोषकतत्वले जीवको शरीरको रोग प्रतिरोधक शक्ति (immunity power) बृद्धि गराउनमा ठूलो काम गर्छन्. (अहिले मान्छेलाई चाहिएको) ममा कैलोरी थोरै भए पनि चिन्ता नगर्नु, किनकि मभित्र यथेष्ट मात्रामा फाइवर त छ नि I                                                                          मेरा फलका बियाॅमा पनि पो प्रोटीनको राम्रो स्रोत छ. अरू त के, गर्भवती दिदी-बहिनीहरूलाई सुत्केरी लाग्दा चाहिने जिंक अल्फा लिनोलेनिक एसिड पनि मेरै फर्सीमा पाउनु हुन्छ. मेरा मुन्टाले मुटु र ऑखाका रोगीलाई पनि औधि फाइदा गर्छ. अरू फाइदा पनि भनौं कि! म साधारण देखिए पनि असाधारण औषधीय गुणले परिपूर्ण छु. यो मैले गर्व गरेर, मनमा अहं भाव राखेर भनेको चाहिॅ एकदमै होइन नि. दीर्घकालीन रोग जस्तै कर्कट (क्यान्सर), मोटोपन, मुटु रोग, मधुमेह बिरुद्ध त यसले रावणलाई रामजीले प्रयोग गरेको रामबाणको काम गर्छ. यसमा भएको विटा क्यारोटीन तत्व विटामिन- ए-मा रूपान्तर भई स्वस्थ ऑखा र मुटुलाई जोगाउॅछ. ममा पाइने विटा क्यारोटीन तत्वले क्यान्सर मात्रै कहाॅं हो र मभित्र भएको पोटाशियमसॅग मिलेर रक्तचाप (ब्लडप्रेशर)को सन्तुलन बनाएर राख्छ   I                                                                                               मबाट नै मेरो वंश फर्सीको विस्तार हुन्छ. मुन्टा त स्वादिष्ट हुन्छु नै, मेरा लाला-बाला गट्टा, फूल, युवावस्थाको हरियो फर्सी अनि प्रौढावस्थाको पाकेको फर्सी साधारण पाकशालादेखि लिएर राजा महाराजा, राष्ट्रपति, प्रधानमन्त्री आदि सबैको प्यारो तरकारी हो. अझ कतिपय युरोपेली राष्ट्रहरूमा त म मूल खाद्य पुडिङ्गमा पनि रूपान्तर हुन्छु. अहिले कोरोनाको कहरमा मैले लक्ष्य गरेको छु कि बजारमा मेरो अस्तित्व सबैले चाहेका छन्. यस्तो आवश्यकताले मलाई खुसी दिन्छ. तपाईं पनि मदेखि खुसी नै हुनुहुन्छ नि  ?

                                                                                             __________________

Post a Comment