डिल्लीराम खनालको कथा-संकलन ‘अभिशप्त युगको आत्मकथा’ बाट: “घाइते इतिहासका सुस्केराहरू”
डिल्लीराम खनाल, सिङ्ग्री, बालिजान, शोणितपुर, असम
बिहान ओछ्यानबाट उठेर निस्किँदे गर्दा मनवीरलाई सम्झना आयो आज त पन्ध्र अगस्त- स्वतन्त्रता दिवस भनेर। सारा भारतमा नै आज यो स्वतन्त्रता दिवसको खुशी मनाइने छ। प्रत्येक भारतवासीको अन्तर आज प्रफुल्लित भइरहेको छ।तर आजको यो स्वतन्त्रता ल्याउनको लागि मनवीरजस्ता कति हजारौं भारतीयहरूले के-के गुमाएका थिए, कति अत्याचार सहेका थिए, त्यो आजको पिंढीलाई के थाहा छ र? त्यस अन्धकार कालरात्रिको सम्पूर्ण इतिहास त आज हामीलाई , इतिहासको ठेलीले मात्र होइन , मनवीरहरूजस्ता स्वतन्त्रता सेनानीहरूले मात्र भन्न सक्नेछन् उनीहरूको प्रत्यक्ष अभिज्ञताबाट। उनीहरूको त्यो त्याग र बलिदानको मीठो फल आजको पिंढीले भोग्न पाइरहेको छ। तर उनीहरूको यथायोग्य सम्मान, उनीहरूको उपयुक्त स्थान आजको पिंढीले उनीहरूलाई दिनसकेको छैन। कोही खोरण्डो भएर बाँचिरहेका छन् भने कोही अवहेलित, लाञ्छित, अपमानित पनि भइरहेका छन्। केवल दूला-ठूला समारोहमा उनीहरूलाई पुरस्कृत गरेर मात्र उनीहरूको उपयुक्त मूल्याङ्कन हुनसक्दैन। पेन्सनको नाममा सामान्य केही रुपियाँ दिएर मात्रै देशले उनीहरूको अमूल्य त्यागको मूल्य चुकाउन सक्दैन।मनवीरलाई अझै थाहा छ- उनीहरूले के-के गरेका थिए यो देशलाई विदेशीको कब्जाबाट मुक्त गराउन, स्वतन्त्र गराउन। कतिदिन अनि कतिरात लुकीलुकी भाग्नुपरेको थियो उनीहरूले। तर आज आफैले “विदेशी 'को उपाधि पाउनुपरदो- त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ र अरू? धन्य हुन् आजका तथाकथित देशभक्त नयाँ पिँढ़ीका कर्णधारहरू! बारम्बार उनको देशभक्तिमाथि र उनको नागरिकतामाथि प्रश्न उठाइरहेका छन्।मनवीरका आँखा रसाएर आउँछन्। उनी सम्झन थाल्छन्- उनको अतीत जीवनका प्रत्येक घटनाहरूलाई। उनी हेर्नें प्रयास गर्छन्- फेरि एकपल्ट केलाएर, कहाँ के भूल गरेका थिए अथवा के राम्रो काम गरेका थिए भन्ने कुरोलाई। उनको यो घाइते जीवनले, आजको यो अभिशप्त जीवनले उनलाई सम्झन बाध्य गराऊँछ त्यो निर्मम इतिहासलाई , जसलाई उनी बिर्सिदिन चाहन्छन् सघैंको लागि। तर के गर्नु! विशेषत: आज'कोदिनमा उनलाई आफ्ना सहकर्मीहरू- कुलमान, रत्नध्वज, महेश्वरहरूको याद आउँछ, जो त्यस समयमा भागिहिंड्दा पुलिससित भएको मुठभेड्मा शहीद भएका थिए। उनलाई सम्झना आउँछ- वीरसिंह थापा, सूर्यप्रसादको, जसलाई फाँसीको सजाय भएको थियो- पुल भत्काउँदा तीनजना सिपाहीहरू पनि मारेको अपराधमा। आँ, त्यही घट्नाले त उनको जीवनलाई भताभुङ्ग पारेको थियो, छिन्नभिन्न पारेको थियो उनको सोचाइलाई। साँच्चै नै त्यही पुल भत्काएको घट्नाले नै उनको जीवनलाई , उनको सोचाइलाई बद्लाइदिएको थियो- कलिंग विजयपछि सम्राट अशोकको मन बद्लिएझैं 'उनलाई अज्मैपनि हिजोझैं लाग्छ त्यो घट्ना। “भारत त्याग” आन्दोलन पराकाष्ठामा पुगेको थियो। कहाँ-कहीँ गान्धीजीको अहिंसाको पथमा आन्दोलन चलिरहेको थियो त कहाँ-कहाँ उग्र विप्लवीहरूको तोड्फोड्ले अड्ग्रेज सरकारलाई अस्थिर पारिरहेका थिए। अड्ग्रेज सरकारले पनि कठोर भएर आन्दोलनकारीहरूलाई अत्याचार गरेर दमन गर्ने प्रचेष्टा गरिरहेको थियो। मनवीरहरूले पनि आफ्नो देशलाई उद्धार गर्न सबैथोकको माया मारेर आन्दोलनमा सामेल भएका थिए। कतिखेप थुनामा परे, कतिखेप कुटाइ खाए, कति-कति रात जंगल, पर्वतमा लुकेर बसे- तरैपनि पछि हटेनन्। त्यसैबेला एक रात उनीहरूले एउटा रेलको पुल भत्काउने अठोट गरेका थिए। सबै गोला-बारुद लिएर अँध्यारो रातमा गएर उनीहरू पुलको छेवैको जंगल भित्र लुकेर बसेका थिए। त्यो पुल भत्काउनसके उनीहरूको त्यतापट्टि अड्ग्रेज सिपाहीहरूलाई आउजाउ गर्न असुविधा हुनेथियो । त्यसैले त्यो पुल भत्काउनु उनीहरूको लागि अनिवार्य भएको थियो। रातको घना अन्धकार छिप्पिँदै गइरहेको थियो। चारैपट्टि निस्तब्धता, निस्पट्ट कालो चूक घोष्ट्याएजस्तो रात। उनीहरूले देखे- पुलमा पाँच-छजना सिपाहीहरूले ओहोर-दोहोर गर्दे पहरा दिइरहेका थिए। तिनीहरूका काँधमा बन्दुक र हातमा टर्चलाइट थिए। बेला-बेला टर्चलाइटको उज्यालोले उनीहरू पुलका चारैपट्टि हेर्नेगर्थें । मनवीरहरू मौकाको प्रतीक्षामा त्यस घना जन्जलभित्र लामखुट्टे र जुकाहरूको टोकाइलाई पनि पर्वाह नगरी बसिरहे, बसिरहे धेरैबेर । रातको दोस्रो प्रहर पनि बित्नलाग्यो। त्यसैबेला ती सिपाहीहरू पनि निद्राले सताएर केवल दुइजनामात्र पुलमा पहरा दिएर अरू सबैजना छेवैको उनीहरूको तम्बुमा सुस्ताउन गए। त्यही मौका छोपेर मनवीरहरू बिरालोको चालमा बिस्तारै-बिस्तारै अधि बढ़े- आफ्नो लक्ष्यतिर। पहरादार दुईजना सिपाहीहरू निद्राले गर्दा हाइ काढदै थिए। जमीनमा घिसिँदे घिसिंदे वीरसिंह र सूर्यप्रसाद पुलको मुनि पुगेर बम राखन सफल भए। तर त्यहाँबाट निस्केर आउन उनीहरू लाई अप्ठ्यारो परयो। मनवीरले देखे अरू दुईजना सिपाही पुलतिर आइरहेका छन्। उनले साथीहरूलाई बचाउनको लागि आफूलाई माया मारेर पुलमा बिस्तारै चढ़े र हातको खुकुरी अझ जोरसित पक्रेर अधि बढ़े। सुस्त चालमा उनी ती सिपाहीका छेउमा पुगे। त्यसपछि एके मुहूर्तमा बिजुलीको चम्काइसैं घट्ना घट्नपुग्यो। उनको हातको मुट्ठी झन् दर्बिलो भयो। अब सोच्ने समय छैन। अधि पछि हेनें फूर्सद छैन। केवल कर्त्तव्यलेआँखा अधिल्तिर उनलाई आह्वान गरिरहेको छ। उनको हृदय अझ कठोर भयो। त्यसपछि छ्याक्क! गरेको आवाज सुनियो अनि त्यो सिपाहीको शरीर दुई गिड़ भएर त्यो फलामे पुलमाथि ढल्नपुग्यो। त्यो देखेर अरू सिपाहीहरू त्यहाँ कुद्दै आए। मनवीर चारैतिरबाट घेरिए। उनीहरूका हातक टर्चलाइटहरू एकैचोटि बल्नपुगे। एकजना सिपाही चिच्यायो- “खबरदार्, अधि नबढ़्।” त्यो चिच्याउने सिपाही अरू कोही नभएर मनवीरको छोरो धनवीर थियो, जो अड्ग्रेज सरकारको सिपाही थियो। तर, यहाँ अब भावनामा बगि रहने समय थिए। धनवीरको अधिल्तिर आफ्ना बाबु होइन, एकजना अपराधी, अपराध गर्दागर्दे पक्राउ परेका थिए। त्यसैले उनीहरू अधि बढ़े मनवीरलाई समात्न चारैपट्टिबाट बन्दुक सोझ्याएर - टर्चलाइटको उज्यालोमा। मनवीरले देखे उनको उद्देश्य सफल नहुने भयो। उनी पक्रा परेर अब बन्दी हुनेभए। कर्त्तव्यपथमा आफ्नै छोरो तगारो बनन आइपुग्यो। तर यहाँत न कुनै बाबु छ, न त कुनै छोरो। दुवैजनाका अधिल्तिर आ-आपफ्नो कर्त्तव्य नै प्रमुख भएर उभिएको थियो- त्यो मुहूर्तमा। एकाएक मनवीरले सिंहनाद गर्दे , उनलाई घेर्दे अधि बढ़ने सिपाहीहरूमाथि फूर्तिसाथ झम्टिनपुगे। त्यसपछि छपाछप दुइ-तीनजनालाई गिँडेर तिनीहरूका बनदुक पड्किनु अगावै पुलमुनि बगिरहेको साउन महीनाको उर्लदो नदीको भेलमा हामफाले। त्यतिन्जेल सम्म उनका साथीहरू पनि आफ्नो काम सिध्याएर सुइँकुच्चा ठोकिसकेका थिए। नदीमा पौडँदे जाँदा उनले देखे- एकैक्षणमा त्यो पुल बम पड्किएर टुक्रा-टुक्रा हुँदे पानीमा खस्नपुग्यो।नदीको भेलमा पौड़िँदे उनी धेरै टाड़ा पुगे। उनले पछि थाहा पाए- वीरसिंह र सूर्यप्रसाद पुलिसका हातमा पक्रा परेछन्। उनीहरूलाई फाँसीको सजाय तोकिएछ। तर, उनलाई चाहिं नदीको भेलले बगाई मरथो भन्ने ठानेर कुनै खोजी गरिएनछ।त्यसपछि आज धेरैवर्ष बितेर गए। देश स्वतन्त्र भयो, तर उनी आज देख्देछन्- अधिको यूनियन ज्याकको ठाउऊँमा तिरज्ञा झण्डा फहराउनु सिवाय यो स्वतन्त्रता केही रहेनछ। केवल झण्डा फहराएर राष्ट्रीय गीत गाउँदैमा कोही पनि स्वतन्त्र हुँदैन। यस्तो प्रकारको स्वतन्त्रता ल्याउनकोनिम्ति त उनीहरू लड़ेका थिएनन् नि! उनीहरूको सपना आज चकनाचूर भएको छ। गान्धीजीको सपनाको रामराज्यमा आज रावणहरूले तान्डव - नृत्य गरिरहेका छन्। तर उनीचाहिँ त्रिशड्कुजस्तो भएर केवल हेरिरहेका छन्- ती सबैथोकहरू चुपचाप रहेर। “बा, मुख धुनुहोस्। पानी ल्याइदिएकी छु।”बुहारी उमाको आवाजले झसन्ञ हुन्छन्- मनवीर। अतीतको यात्राबाट वर्तमानमा आइपुग्छन् उनी। उनी बुहारी उमालाई हेर्छन्। आफैलाई अपराधीको रूपमा देख्छन्। उसको सिझँदोको सिन्दूर उनले आफ्नै हातले मेटाइदिएका थिए एकदिन। यो बिचरीले के बिराएकी थिई र? जुन देश स्वतन्त्र गराउनको निम्ति उनले आफ्नो छोरोको बलि चढ़ाएका थिए, बुहारीको सिन्दूर मेटिदिएका थिए त्यसको साटोमा उनले आज के चाहिँ पाए र? यस्तै कुराहरू सोच्दा-सोच्चै उनी बाहिर निस्किए। उनका आँखाबाट आँसु तप्-तप् गर्दे झरे, ती अमर शहीदहरूको नाममा मानों एक-एक थुँगा चढ़ाएका हुन्। अनि उनको आफ्नो सन्तान धनवीरको सम्झनामा सुस्केरा भरिएर आउँछ ओठमा, मुटु गाँठो परेर आउँछ उनको।पर-पर, कता-कता राष्ट्रीय झण्डा फहराएको बेलामा लगाइएको नारा सुनिदे थियो- “बन्दे मातरम्! भारत माताकी जय!”
(स्वतन्त्रता सड्ग्रामका वीर शहीदहरूको पवित्र-स्मृतिमा श्रद्धापूर्वक समर्पित )
Post a Comment