बल्ल बुझियो (आत्म कथा)
चुडामणि पौडेल, नेपाल
Email:poudelc296@gmail.com
" रोगी भई आउनु होस् , डाक्टर भई फर्कनु होस् " - दशकौ अघिको कुरा झट्ट आज सम्झना आयो । योगी विकासानन्दको 'बैज्ञानिक मनोक्रान्ति योग' नामक पुस्तक के हात लागेथ्यो, अहो! नेत्र हिनलाई नेत्र मिले झैं माथि उल्लेखित कुरा प्रतीत भयो । बिगत दुई वर्षदेखि नै घाँटीको समस्याले आफु आवाज बिहिन थिएँ । यध्यपि, सामाजिक शिक्षक भएको नाताले योग्य विध्यार्थिको सहारा र बोर्ड मार्करकै भरमा शिक्षण कार्य भने चलि रहेको थियो । मैले त्यो पुस्तक का सबै पानाहरुलाई पल्टाएर नियालेँ । योगका धेरै अभ्यासहरु भेटिए । केहि भने भोईस थेरापिकै क्रममा दक्षिण भारतको भेल्लोर स्थित CMC हस्पिटलमा महँगो मुल्य चुकाइ सकेको रहेँछु । मैले त्यहाँ योग सिके को पत्तै पाईँन । तर, उत्साह पुर्वक थेरापिलाई बारम्बार दोहोर्याएँ । वस ,योगका पाईला हरु अज्ञानता मै चल्दै रहेछन्। कालान्तरमा हरिद्वार स्थित योग ग्राममा स्वामी राम देव र आचार्य बालकृष्णको चर्चा सुनियो । ठिक भए का आसाध्य रोगीहरु समेत भेटिए । आफु भौतारिदै त्यतै पुगेर योग सिकियो । स्वध्यायनका केहि पुस्तक हरु लिएर फर्किएँ । अनि बल्ल योगी जनको पहिचान गरी संगत बढाउन पाईयो । निरन्तर साधना बाटै बर्षौ गुमाएको आवाज फिर्ता लिन सफल भइयो। अनि पो लाग्यो - दत्तात्रेयले पशु पंछी र कीट पतङ्म लाई गुरु त्यसै बनाएका रहेन छन् । मनिस भन्दा त पशु पंछि हरु ध्यानी, ज्ञानी रहेछन् । हरेक पशु पंछिहरु को त निश्चित मैथुनिक अवधि रहेछ । निद्राबाट ब्युझने बित्तिकै शरीर का अंगहरु तनक्क तन्काउदा रहेछन् । आफ्नो शारीरिक बनावट अनुसार केवल सुपाच्य भोजन ग्रहण गर्दा रहेछन् । तर चेतनशिल मानिसको खोई अनुसाशन ? अल्छी , आशक्ति र सर्वाहाराको पहिचान ? मान्छे रोगको सिकार बनेका रहस्यहरु खुल्दै गए । आज मान्छे पर चिन्तनमै ब्यस्त रहेर आफ्नो अमुल्य स्वास्थ्य गुमाउदै रहेछ ।आहा ! निद्रै प्यारो, बिहान योगको अमृत समय , जसलाइ सुतेरै बिताउनेले रोगको समना नगरे धरै छैन । अहो ! अर्का तर्फ, हाम्रो भान्छा घर नै प्रमुख स्वस्थ्य केन्द्र रहेछ । गृहिणी नै सफल स्वास्थ्य कार्यकर्ता । पानीको सुद्धिकरण एउटा पाटो रहेछ । जिब्रोको स्वाद बिर्सिएर सँस्कार युक्त भोजन ग्रहण गर्नु पर्दो रहेछ । आज हामीले बिरुद्ध भोजन ( एकापसमा मिसावट)का कारण विष शेवन गर्न बाध्य रहेछौ । धेरै धन खर्चिनु परेका तथ्य र कारणहरु सार्वजनिक भएका छन् । मान्छे तनाबबाट मुक्त रहन सके मात्र आधा रोगबाट बच्न सकिने रहेछ । मानिस गाईको दुध बेचेर आर्जित धनले मदिराको नशामा लठ्ठ रहेछ। आफ्नो आँगनमा भएका जडीबुटीको कुनै परबाह छैन । विदेशी औषधि मै एकोहोरो बानी परेको छ । त्यसैले हामी घर जग्गा बन्धक राखेर हस्पिटल धाई रहेका छौ । आधुनिक चिकित्सा प्रणाली समेत प्राचीन योग र प्राणायममै आधारित रहेछ । बल्ल अब योग यात्राको गोरेटो त पत्ता लाग्यो तर , बिडम्बना ! आलस्यता भने कायमै छ । यध्यपि, आसन प्राणायम र ध्यानको दैनिक अभ्यास भने जारी छ । पतञ्जली योग उप शिक्षक , सह शिक्षक हुदै हरिद्वार पुगियो । दिक्षान्त समारोहमा स्वामी महाराज द्वय रामदेव र आचार्य बाल कृष्णसँग को सानिध्यमा योग शिक्षक बन्ने सौभाग्य समेत प्राप्त भएकोछ । हो , मानव जीवन का लागि ध्यान र योग साधना को महत्व कम छैन । तर, पुर्खाहरुको असल परंपरा लाई उल्टाएर अक्सर गरि गलत उठबस र तामासी भोजन को शैलीले नै मानिस तमोगुणी भएको छ । र नै ,रोगले ग्रसित हुनु परेको छ । सहि ढंगले श्वास प्रश्वास नगर्नु त बडो चिन्ता को विषय पो रहेछ। त्यसकारण आज कोभिड - 19 को चुनौति हामी सामना गरि रहेका छौ । र नै जताततै योग प्रशिक्षणका अनलाइन कक्षाहरु चलिरहेका छन् । जसको भरपुर उपलब्धि विश्वभर सबैले लिन सकिन्छ । तसर्थ योगदर्शनबारे यहाँ चर्चा गर्नु सान्दर्भिक ठानेको छु । (समाधिपादका केहि सत्य वचनहरु ) # योगश्चित्तवृत्तिनिरोध: ।2। - मनका अनावस्यक सोचाईहरुलाई बन्द गर्नु नै योग हो ।# प्रमाणविपर्ययविकल्पनिद्रास्मृतय:।6।- प्रमाण, विपर्यय,विकल्प, निद्रा र स्मृति गरि पाँच वृत्तिहरु छन्। # अभ्यासवैराग्याभ्यां तन्निरोध:।12। -अभ्यास एवं वैराग्य द्वारा नै चित्तमा उत्पन्न हुने वृत्तिहरुलाई रोक्न सकिन्छ । # तिव्रसम्वेगानामासन्न:। 21। तिव्र पुरुषार्थ गर्न सक्नेले समाधिको फल चाँडो पाउन सक्तछ । (साधनपादबाट केहि सत्य वचनहरु) # तप:स्वाध्यायेश्वरप्रणिधानानि क्रियायोग:।1। - तप, स्वाध्याय र ईश्वरप्राणिधान यी तीन सम्मिलित रुप नै क्रियायोग हो । #अविध्याsस्मितारागद्धेषाभिनिवेशा:पञ्च क्लेशा:।3। अविध्या, अस्मिता,राग ,द्वेष र अभिनिवेश यी पञ्च क्लेशहरु हुन । # यमनियमासनप्राणायामप्रत्याहारधारणा - ध्यानसमाधयोsष्टावङ्गानि। 29। - यम,नियम ,आसन, प्राणायाम,प्रत्याहार ,धारणा,ध्यान र समाधि नै योगका आठवटा अङ्गहरु हुन् .........क्रमश :।
Post a Comment