• theoxygentimes@gmail.com

Blog


                       नलेखेको प्रेमपत्र

                                                                 चुडामणि पौडेल (सि.एम.श्रमिक )

                                                                      नेपाल

                                                   इमेल ठेगाना: poudelc296@gmsil.com

 

   प्यारी ,अनामिका , स-प्रेम सम्झना ।

 लामो समयको अन्तराल पछि पत्र लेख्न बाध्य भएको छु । हो , मैले तिमीलाइ उधारो वाकदान पाए पछि मुटु भित्र सजाएको छु । यो मन भेट्न आतुर भए को तिमीलाई कसरी बताऊँ ? घरमै नगएको पनि त होइन । तर प्रिया, मेरो झै तिम्रो पनि घर छोडेरै बस्नु को मर्म थाह पाँए । अभाव सँग सँगै जुद्नुको पिडा कस्लाई थाह ? हो तिमी पनि अभावको लडाई बाट खरो उत्रिएकोमा खुसी लाग्यो ।

   प्रिये ! क्याम्पसे जीवनको एकान्त बासले कस्लाइ पो नसताएको होला र ? " दाजु  वसन्त आउलान र आगो ल्याउलान । अनि झिरिमिटी बालेर दाईभाई कठाङ्ग्रीएको माघको रात काटौला " । भन्ने आशा पालेर शिशिरले तत्क्षण बिताएको दन्ते कथा झै, मैले तिम्रो आशा आशा मै किशोर त के यौवनका सारा जवानीलाई साँचे । मालतीलाई वायुपंखि घोडामा बादलमाथि मधूकरले सवार गराए झैं , मैले पनि तिनै सपना देखेँ ।आखिर बेइमान त को भयो ? किन  ख्यालै गरेनौ मेरो बाध्यता ? वस , मैले त जिन्दगीको एकल निर्णय गरेँ।

  हो प्रिये ! आत्म सुरक्षाको भावनाले नै मानिसलाई ब्यक्तिगत बनाउदो रहेछ । अनि मानिस प्रेम बिना पनि बाच्न सक्तोरहेनछ । त्यसैअवसरमा टुसाएको न हो हाम्रो प्रेम । तर, प्रेमी त यस्तो होस, जसलाई सानो बनाएर हृदरमा राख्न सकौ । छातिमा टाँसेर सकौ सुम्सुम्याउन ।अनि स्नेहपुर्वक सुख र दुखमा सहभागी बनौं । प्रेम भन्नु त आफूलाई बिर्सेरअरुमै रमाउनु रहेछ । तर हरेकको जिन्दगी स्वार्थी हुदो रहेछ । स्यालले साँडे पछ्याए झै सुखको पछि मानिस लाग्दो रहेछ  , प्रिये । ऐस त कस्लाई पो चाहिन्न र ? त्यसैले त तिमि लाई मेरो झुपडीको भुतले तर्छाएछ हैन ? यसमा तिम्रो पनि के दोष र ?, जस्ले पनि त बलेकै आगो ताप्ने छ , होइन र ? तर,प्रिया ! मेरो फरक मान्यता तिमिले बुझ्नै चाहेनौ  । म त बलेको होईन बालेरै आगो ताप्ने मान्छे । झिरिमिटीको जोहो गर्नुको मज्जा बेग्लै रहेछ । बुझेँ, आखिर बडेबडे मुढाहरु समेत सल्काउन तिनै प्रयोग गरिदो रहेछ । भनिन्छ - सुख खोज्नै पर्दैन, दुखको सदुपयोग गरे पुग्छ रे । मेरो निम्ति तिमी नै सब थोक ।त्यसैले , सब थोक पाएर दुखी हुनु भन्दा त सबैथोक गुमाएर सुखी हुनुको मज्जा नै मैले रोजे ।

     प्रिया ! छुटेको साथ र टुटेको सपना अनि मानसपटलमा आइरहने यादहरुले खुब सताउदो रहेछ। तर आज बारम्बार फोन,म्यासेजहरु आई रहदा मलाई यो सङ्कटको घडिमा भने डिप्रेसन हुनबाट तिमीले बचाएको छ । त्यसैले यी सहानुभुतिका शब्दहरु असर्फि भन्दा महँगा भएका छन् । यहाँ त प्रिये ! मन मिलेका सँग तन मिल्दैन । तन मिलेका सँग भावनाहरु मिल्दैन । यी दुबै मिलेका सँग समझदारी छैन । तसर्थ एकताका अभाबमा एक्ला एक्लै दौडि रहेछन अक्सर जिन्दगीहरु ।

    अँ प्रेयसी ,कुरा लामै भयो। ब्यस्तताका बावजुत  तिमीतलाई सुन्ने फुर्सद त सायदै होला । मलाई रामरी थाह छ कि रोएर स्वास्नी कहिल्यै जोडिन्न । तर तिम्रो लज्जालु स्वभाव र साधा पन नै मेरो आकर्षणको केन्द्र बन्यो । वास्तवमा सरलता नैअसल नारीको आभुषण रहेछ । तिम्रो सत्यवादिता नै निर्भयताको जजनी र हक्किपनको जग हो । तिमीमा यति थियो  वस, मलाई पुग्यो । तर ,जे भए पनि प्रिये! जीवनले पुर्णताको खोजी गर्दोरहेछ, सर्व प्राप्ति पछि जीवनको केहि अर्थ रहन्न । तसर्थ प्रेम त असल मित्रतामा परिणत होस , जसले शारीरिक सम्वेग भन्दा धेरै माथि ऊठेर आत्मिक आनन्दको भोग गरोस । तिमी त अझ प्रिया भन्दा प्यारी काली भयौ । मैले बुझेको सत्य यहि हो । तर, सत्य भन्ने कुरा कसैको पोल्टामा सिमित रहन्न ।यहाँ त काली ,तिम्रो प्रष्ट धारणा खोजिएकोछ ।

     तर , काली ! समयले अब नेटो काटि सकेको छ । यतिका दिन कहाँ हरायौ ? कुन आँखाले मेरो कन्त बिजोकलाई टूलुटुलु हेर्न सक्यौ ?  कस्को हुलियाले आज, बल्ल बल्ल बर्षा यामको चेपागाडा झै तिमी फेसबुकमा देखा पर्यौ ? अवसर त पटक पटक कहाँ आउछ र ? मानिस त मनले चल्ने प्राणी रहेछ तर बुद्धीले तर्कपुर्ण निर्णय गर्न सिकाउदछ । जीवनबारे निर्णय लिन उ पुर्ण स्वतन्त्र रहेछ ।भावुकता जीवनको सबै क्षण होइन । विवेक पुर्ण ढंगले गम्भिर र कठोरता बस निर्णय लिन सकिदो रहेछ । तर काली,समय र परिस्थिति फड्किदो रहेछ । विध्यार्थी जीवन प्रेमका चंगुलले बर्बाद  भयो । आज त्यै प्रेमको खटपटले विवाहितहरु फेरि बर्बाद भै रहेछन् । हामी त ठगिएकै पुस्ता सहि । तर,अक्षर चिनेर त्यसलाई किन सदुपयोग गरेनौ ?  संकेतको एउटा चिठी सम्म लेख्न सकेनौ होगि ? के थियो तिम्रो त्यो वाध्यता ? मलाई आज ताजुक लागि रहेछ । त्यसैले चित्त बुझ्दो तिम्रो उत्तर  चाहिएको छ । तर ,कहिल्यै तिमीलाई खुल्ला प्रेमपत्र यसरी लेख्नै परेन काली !

                                                                                                                 ----- उहि नपाएको अनमोल

Post a Comment