Blog

आए पुर्खा यसरी

Blog Image

सुनेर आए धन फल्छ बर्मा

 तराइ - पाखा पनि हुन्छ खासा

यही भयो कर्म विशाल भूमि

 समाज निर्माण गरे जुटाई ।।

लडेर योद्धा बनि वीर गोर्खा

 भिरेर आए खुकुरी निसाना

 सबै फिरङ्गी बलले हटाए

नमेटिने यो इतिहास ल्याए।।

 सुदेश म्यान्मा छवि स्वर्ग मानी

 संकल्प फ्नै मनमा जुटाई

नयाँ कहानी मुटुमा बुनेर

 मिलेर आए परिवार धेर ।।

 हिमाल देख्छन् गिरिराज देख्छन्

यही धरामाथि गुराँस देख्छन्

उही छ बोली जिउँदो छ भाषा

 प्रतीक हामी गुण एकताका।।

 टिपौँ न! मोती सबले छरेको

चढाउँदै भाव उदारताको

छ देश म्यान्मा अति नै पियारो

समानताको छ विचार हाम्रो।।

 

      _____________________


Share this post
Comments