• theoxygentimes@gmail.com

Blog


कालो बिरालो

भराली महाजनले रङ खुइलिएको पुरानो डिजल एम्बासेडर थाना अघि राखी हतार हतार लामा लामा पाइला चाल्दै मेरा कोठामा आउँदै गरेको म खिड़कीबाट नै देख्तै छु। त्यस अ\चलका महाजन माछाका महलदार पनि हुन्। उनको पहिरनमा सेतो पन्जाबी कमिज र घुँडातलसम्मको सेतो रङको धोती। उनको अनुहार रातो, पिरो, खँदिलो साठी वर्ष नाघेको भए तापनि 40/45 वर्षका झैं देखिन्थे, झलक्क हेर्दा उनलाई नेता झैं लाग्दथियो। भित्रचाहिँ भि, आइ, पि, सिट साथै सुगन्धी बास्नाले मगमगाई रहन्थ्यो। उनको नहँसाई नबोल्ने आदतले गर्दा उ सबैका प्यारा थिए। उनको त्यो अम्यासले गर्दा उनी थानामा आउँदा-जाँदा हामीहरूलाई खुसी लाग्थ्यो। मेरा कोठामा पसेर मलाई अभिवादन गरे मैले पनि अभिवादन गरेर बस्न अनुरोध गरें।  आज अघिपछिका जस्ता महाजन होइनन् गम्भीर छन्। उनले माथिपट्टि पकेटबाट एउटा रातो रङले बेरेको कानुनी डायरी निकाले। भित्रबाट एउटा पट्याएको कागज खोली मपट्टि लम्काए, मैले हेरें त्यो एउटा चोरी मुद्दाको उजुरीनामा (एजाहार) रहेछ। त्यसमा उल्लेख गरिएको रहेछ उनलाई सरकारले लिलाममा दिएको नदीबाट माछा चोरी गरेर नदीका छेउमा बसोबासो गरेका मानिसहरूले लगेछन्। मौखिक हिसाबले पनि अनुरोध  गर्न थाले, झट्टै कानुनी कारवाई गरिएन भने नदीका माछा मारिसक्छन् र सरकारको लिलामको रकम दिन सकिँदैन। जहाँ सरकारको शुल्कको कुरा आउँछ हामीहरूको धेरै दायित्व बढ्छ। यसैले अहिले नै घटनास्थलमा जाने निश्चय गरें।    थानामा उपस्थित भएका सहकारी उपपरिदर्शक गोगोई र दुई सिपाही लिएर थानाको डिजल ट्रेकारमा घटनास्थलमाभनेर यात्रा गर्यौं। घटनास्थल देखाउन हामीले भराली महाजनलाई साथम लियौं। महाजनले धोतीको फुर्काले चश्मा पुछ्तै गाडीमा चढ़े, गाडीले आफ्नो गतिलियो।    हाम्रो गाडी अधिबढ्दैछ। करीब 5/6 किः मिः पुगेपछि अचानक गाडीचालकले गाड़ीको ब्रेक कसो र अलिकति पछि सार्यो र स्टार्ट बन्द गर्यो। स्टार्ट बन्द गरी केहीछिन पछि फेरि गाड़ी हाँक्यो। छक्क परी गाडीचालकलाई सोधें किन यस्तो गरेको? उत्तरमा उसले भन्यो कि कालो बिरालाले बाटो छेक्नु नराम्रो सङ्केतको अग्रिम सूचना हो भनेर सबै गाडीचालकले यसै गर्छन् र उसले पनि त्यही गरेको। गाड़ी पछि सारी स्टार्ट बन्द गरी फेरि चलाउँदा दोष काटिन्छ अरे ीसरीं। यो कुरा भराली महाजनले पनि समर्थन गरे। गाड़ी अघि बढ्दैछ। कसैका मुखमा बोली छैन। म सोच्न थालें हामीले घरमा माया गरेर पालेको बिरालोलाई दूध-माछा खुवाई ठूलो पारेको, जाडाका बेलामा आफैंसँग सुत्ने बिरालालाई किन कुलक्षणको प्रतीक मानेको होला। यसको रहस्य सायद कसैले पनि पुष्टि गर्न सक्तैनन् होला, यो चलिआएको रुढ़ीवाद मात्र हो झैं लाग्छ।  हाम्रो गाड़ी अघिबढ्दैछ। हामी आएको सोझो बाटालाई छाडी दाहिनेपट्टि लाग्यौं। त्यो बाटोमा अलि अलि कतै कतै पूजामा पुरोहित महाशयले पानी छर्किएर अभिषेक गरे झैं दुई-चार ट्रक ढुङ्गा हालेको झैं लाग्छ। तर ुबिछ्याएका ढुङ्गामध्ये दुई-चारवटा ढुङ्गा हिलामा मुछिएर लजाई लजाई हामीहरूलाई च्याए झैं लाग्छ। त्यो बाटो सानु गाड़ी जसैतसै ओहोर दोहोर गर्न सक्छ। बाटाका दुवैपट्टि बाँसझ्याङका दुप्पा र रूखहरूका टुप्पा जोडिएर बाटो सुरुङ सरि भएको थियो। घाम छिचोल्न नसकेर बाटामा भएका खाडलको हिलोपानीले हामीह डिग्री सबैलाई नुहाइदिन थाल्यो। कुनै कुनै खाडल धेरै गहिरा हुनाले गाड़ी त्यहीं रोकिन थाल्यो। हामी ट्रेकारबाट ओर्लिएर ठेली अधिबढाउनु पर्दथियो। बेला बेला भराली महाजनलाई गाली पनि गर्दथ्यौं।त्यो गाउँमा मानिसको बसोबासो एकदमै पातलो रहेछ। साना साना बाँसका घर, बार, इकडा, सुन्टी, काँसको छानो। भन्न जाँदा त्यो गाउँमा म पहिलो पटक आएको। गाडी लिएर विनाकाममा कतै पनि आवत-जावत गरिँदैन, तेलको अपव्ययको साथै समयको पनि हानि हुने भनेर। बाटाको देब्रेपट्टि एउटा नदी बगिरहेको देखिन्छ। नदीका किनारमा केराका बोट, खर घारी, फुलिरहेका काँसघारी कसैलाई परवाह नगरि चरिह डिग्री खुसीको साथ नाचिरहे झैं लाग्छ।    हामी आएर नदीको अन्तिम डिलमा गाडी राख्यौं। कारण त्यहाँबाट गाडी अघिबढ्दैन नदीले छेकेको छ। गाड़ी राखी गाड़ीबाट ओर्लिएर यताउति आँखा डुलायौं। भराली महाजनले चश्मा खोली सफागरी फेरि लगाई मलाई औंल्याई भन्न थाले- उ देख्नुभयो माछा मार्दैगरेका मानिसहरू। यिनै हुन् मेरा माछा चोर, यिनीहरूलाई गिरफ्तार गर्नुहोस् सर। हामीलाई देखेर पनि मछुवा नडराएको देखेर मलाई सन्देह भयो। हामी सही जग्गामा आयौं कि अ डिग्री कतै आफ्नो र्स्वाथका लागि भरालीले हामीलाई व्यवहार गर्न आँट्यो, कारण चोर त पुलिसलाई देख्ता भाग्छन् तर उनीह डिग्री अलिकति पनि चट्पटाएका छैनन्। फेरि मैले भरालीसँग मागेर सरकारको हुकुम पढें, ठीकै रहेछ त्येही नदी नै सरकारले भरालीलाई लिलाममा दिएको रहेछ।   मसँग आएका गगोइ र एकजना सिपाहीलाई लिएर नदीमा झर्न लाग्यौं। भरालीलाई हामीसँग आउन भन्दा उ डराएर आउन खोजेनन्। ड्राइभार, एकजना सिपाही र भरालीलाई माथि छाड्यौं। नदीमा एउटा सानु नाउ लिएर माझी तैनाथ रहेछ। डिलमाथिबाट तल ओर्लिन ठूलो आपद। राति पानी परेकाले गर्दा डिल तलको रातो माटो चिप्लो भइसकेको रहेछ। साना साना पोथराहरूको भरगर्दै जसैतसै तल ओर्लिंदै छौं। सुबिधाका अवसरमा रहे झैं हामीललगाएका जम्मै कपड़ा- जुत्ताह डिग्री राता माटाले लिपिसके। तल ओर्लिन जति साह्रो छ माथि चढ्न त्यो भन्दा अ डिग्री साह्रो हुन्छ।  म आएर नाउमा चढें। मसँग आएका गगोइ बाबू  ठूलादारका थिए, ओजनमा प्राय 80 केजिका, हातमा उनको सधैं एउटा बाँसको ठूलो लठ्ठी हुन्थ्यो नै। कर्तव्यमा जाने अघि लठ्ठीमा धूप जलाइ मनमनै के-के शब्द भनेर दाहिने हातले तीन खेप निधारमा छुने अभ्यास थियो। हामी आएर नाउमा चढ्दा नाउ डुबौं डुबौं जस्तो भयो। नाउ कोल्टिएर पानी खायो। म डरले बहाना (बैठा) लिएर उभिएको माझीलाई समात्न पुगेंछु। मलाई डराएको थाहा पाएर माझीले भन्यो-डराउनु पर्दैन केही हुँदैन। माझीबाट जान्न पाएँ नदीको गहिराई 9/10 फुट रहेछ। डुबौं-डुबौं गर्दै नाउ अघि बढ्नथाल्यो। हामी माछा मार्दै गरेको जग्गामा आइपुग्यौं तर कतिपय मछुवा उनीहरूकै नाउ सहित भागे। एउटा मछुवा अटल छ। मैले उसलाई भनें- यो नदी सरकारले लिलाममा भरालीलाई दिएको छ र यो नदीमा माछा मार्नेलाई चोर भनिन्छ र उसलाई हाम्रो नाउमा आएर चढ्न भनें। तर उसले भन्यो यो नदी सरकारी होइन, हाम्रो हो। हामीले हाम्रो वाल्यकालदेखि नै यहाँका माछा मारिहेका छौं। हाम्रा पुर्खाहरूले पनि त्यही गर्दथिए। हामी मछुवा हौं, हाम्रो व्यवसाय नै यही हो। यही नदीका माछा मारेर हाम्रा जहान, छोरा-छोरीलाई दुई गाँस अन्नको व्यवस्था गर्छौं। गोगोइले भन्न थाले यी सबै कुरा अदालतमा भन्नु हामीसँग भनेर फाइदा छैन। चढ् नाउमा भनेर हातमा समातेर नाउमा चढाउँछन्। माझीलाई नाउ फर्काई अघिको जग्गामा लान हुकुम दिएँ। नाउमा चढेर पनि मछुवा बर्बराउँदैछ। भरालीले यो नदी कसरी पायो हामी जान्न खोज्दैनौं। गोगोइले भने धेरै कुरा गर्ने आवश्यक छैन चुप्प लाग। यसरी नै हाम्रो नाउ अघिबढ्न थाल्यो तर देख्ता देख्तै हामीले ल्याएको मछुवाले पुलिसले लगे, पुलिसले लगे भन्दै उच्चस्वरमा आवाज गर्दै नाउबाट नदीमा हाम फाल्यो। नाउ फेरि डुबौं डुबौं हुनथाल्यो। हामीमा चिन्ता हुन थाल्यो हामीले ल्याएको मानिस हाम्रा कब्जाबाट हराउनु त एउटा अपराध हो। नदीको चौडाई करीब 300/350 फुटको छ। माझीले हामीलाई पारि पुर्यायो।  हामी कुनै सुरतले माथि चढ्न थाल्यौं तर गडीमा आउँदा नआउँदा नदी पारिका गाउँका मानिसह डिग्री हल्ला गर्दै हातमा लठी, दाउ, भाला, मुङ्रा, धनुष-काँड लिएर हामीलाई लक्ष्य गरेर उनीहरूका हातमा जे छ त्यसैले हान्न थाले। एउटा ठुटी (एक किसिमक वाण)ले मैले लगाएको टोपीमा लागेर टोपी नदीमा बग्न पुगेछ। म र मेरा सहकर्मी आएर पारी राखेको गाड़ीमा बसेर ड्राइभरलाई गाड़ी झट्टै हाँक्न आदेश दिएँ। कतिपय मानिस नदी पौह्रिएर हामीहरूलाई आक्रमण गर्न अघि बढिरहेका छन्। उनीह डिग्री पानीका कीरा जस्ता हुन्। पौह्रिएर पनि माटामा हिँड्ने समयजतिमै पारी आइपुग्न आँटे। ड्राइभारले गाड़ी स्टार्ट गर्न सकेन। हामी फेरि गाड़ीबाट उत्रिएर गाडी ठेली स्टार्ट गर्नु पर्यो। हाम्रो गाडीले गति लियो तर भराली महाजन छैनन्। ड्राइभारबाट जान्न पाएँ ऊ झाडा-पिसाब गर्न गएको भनेर। मानिसको प्रवृत्ति हो ज्यादै डरलाग्दा झाडा-पिसाब लाग्ने। मैले भरालीलाई घाँटी चर्किउ\जेल बोेलाएँ। ऊ दगुर्दै आएर गाड़ीमा चढे तर कुदेर आउँदा भेडेकुरामा घोती अल्झिएर उनको धोती त्यहीं रहेछ। मलाई लाज पनि लाग्यो। उनको अण्डरपेन्ट नलाउने अभ्यास देखेर। भराली लजाएकि लजाएनन् होला भन्न सकिनँ। उनी नाङ्गै भए। जे होस् उनको घुँडो छोपिने कमिज लगाउने अभ्यासले गर्दा अलिकति भएपनि लज्जा ढाक्यो।  पारीका मानिस नदी पार भएर हाम्रा छैउमै आइपुग्न लागे। मैले गाडीको ऐनाबाट पछाडि हेर्दा देख्न पाएँ कतिपय मानिसले भेडेकुराबाट भरालीको धोती तानिरहेका छन्। म सोच्न थालें भरालीका धोतीले पनि कतिपय मानिसलाई त्यतै रोकिदियो। जसोतसो हामीले भरालीलाई गाडीमा चढायौं।   हाम्रो गाड़ी अघिबढ्दै छ- बाटाकै छेउमा साधुले धुनि लाउने जस्तो सानु कुटि देखेर ड्राइभरलाई गाड़ी रोक्न ेलाएँ। मसँग भएको एउटा सिपाहीलाई लिएर गाड़ीबाट उत्रिएर त्यो घरमा पुगें। घरमा कोही रहेनछन्। घरका पछाडिपट्टि एउटा सेतो पुरानो भिजेको साडी घाममा सुकाएको देखेर सिपाहीलाई ल्याउन हुकुम दिएँ। त्यो साडी भराली महाजनलाई लगाउन भनें। उपाय नपाएर भराली महाजनलाई लाउन कर लाग्यो। अब महाजनको पहिरन भयो माथि सेतो कमिज तल साडी। मैले टेढा आँखाले हेरें, भराली त्यो साडी धोती बनाई लगाउँछन् कि साडी हिसाबले लगाउँछन्। तर उनले साडीलाई दुई भाँज गरी दोब्र्याई लगाए। उनको त्यो अवस्था देखेर हामी सबै दुःखमा पनि हाँस्न थाल्यौं। अलिक अघि आएर सबै गाडीबाट उत्रिएर आफ्ना कपड़ा, जुत्ताह डिग्री सफा गरियो अनि एक समयमा थाना आइपुग्यौं। गाडीबाट उत्रिएर थानातिर जान लाग्दा भरालीले अभ्यासगत चश्मा खोली सफा पार्न साडीमा धोतीको फुर्को खोज्न थालेको देखेर म अर्कापट्टि फर्किएर हाँस्न लागें। राति थानामा भएका अस्रधारी सिपाही अनि महिला पुलिसहरूलाई लिएर म र गोगोई बाबू मछुवा बस्ने नदीको गाउँमा बसमा चढी यात्रा गर्यौं। समयमा त्यो गाउँमा गाड़ी आइपुग्यो। गाड़ी अलिक पर राखि पैदल त्यो गाउँमा गएर गाउँका सबै पुरुष मानिसहरूलाई पक्राउ गरी थानामा ल्यायौं। सुविधा पाएर भराली महाजनले माछा मारी सरकारको शुल्क भरे साथै आफू पनि लाभान्वित भए। पक्राउ गरेका कतिपय मानिसलाई माछा चोरी मुद्दाका अपराधी पारी भारतीय दण्डविधि ऐन धारा 379 मा र अ डिग्री कतिपयलाई पुलिसलाई आक्रमण गरी हत्या गर्ने कोसिस गरेको अपराधमा 307 धारामा पक्राउ गरी अदालतमा पेश गरियो। हाम्रा हातबाट फुत्किएको माझीलाई घरमै गिरफ्तार गर्न पाउँदा मैले ठूलो सास फेरें। म मनमनै सोच्न थालें हामीलेे यस्तो आपद झेल्नु परेको गाड़ी छेक्ने कालो बिरालो त होइन?

       _______________

Post a Comment