Blog

गजल ( छन्द भुजङ्गप्रयात )

Blog Image

                                    ------- कुसुम गौतम, टमु, म्यानमार

 म हेर्दैछु फ्नो जमाना हिजोका;

 दुखी घाउ बल्झिन्छ खाटा हिजोका,

 रुझेको थियो जिन्दगानी झरीले ;

खडेरी परेछन् किनारा हिजोका;

निसानी दिएथ्यौ परेली चुमेर,

चिसो रात ठुङ्छन् निराशा हिजोका ;

 व्यथा मौन रुन्छन् कहानी सुनेर,

 लुके डायरीभित्र गाथा हिजोका ;

जली खाक बन्दै खरानी उडेछन् ,

जलेनन् कुनै याद ताजा हिजोका।।

      ----------------------------


Share this post
Comments