मलाई बिर्सेउ क्याहो साथी ?
मनीषा दाहाल, रौता, असम
किन भौँतारिन्छौ तिमी
एक मुठ्ठी अक्सिजनको खोजीमा ?
म र मेरा हर अंग
तिम्रै सेवामा न्यौछावर छौँ, सदा सर्वदा ।
तिमीले बिर्सिएका हौ त मलाई ?
कि चिनेर पनि चिन्न नखोजेका हौ आज?
ल बिर्स ! नचिन मलाई !!
केही फरक पर्दैन मलाई !
फरक त तिमीलाई नै हो पर्ने,
तिम्रा सति सन्ततिको जीवन कसरी तर्ने ?
म माँसिए सन्सारै माँसिएला !
कहाँ गर्छौ फेरि तिमीले
हार र जीतको,
झुटो माया, झुटो प्रितको खेला ?
गाँस र बास जुटाउने जोहोमा
गाँस र बास नहाल खेर !
एकैछिन सोचेर त हेर !
कहाँ बाट आउँछ गाँस ?
पाउँदैछौ बास कहाँ नेर ?
मनका आँखा अब त उघार,
बुद्धिको 'ट्युब लाइट'अब त बाल !
बाँच्नु छ लामो स्वास्थ्यलाई जोगाइ,
भने
एक को साटो दस रोप्न थाल।
मित्रता हाम्रो युगौँ देखिको
धमिलो हुन नपाओस साथी !
रहे मा हामी रउँनेछौ तिमी
निर्धक्क साँस फेर्नेछौ साथी।
*****************