• theoxygentimes@gmail.com

Blog


                                                                    चुडामणि पौडेल (सि.एम.श्रमिक )

                                                                             नेपाल

                                                 इमेल ठेगाना: poudelc296@gmsil.com

                                

क्याहो जानि नसक्नु ?नारी जनको जानिन्न छट्टु पन। कोहो चङ्ख?ठगिन्न नारी जनको छुल्याईले जो जन ।

                                                                        ( गुणरत्न मालाबाट)

"नारी हृदय कोमल हुन्छ र नै , कोमलता समस्त नारी गणको पहिचान हो । आमाको मायाँ अपार भएका कारणले नै यो जगत धानिएको छ । " । भनिन्छ - कुनै अपरिचित ब्यक्तिलाई चोट लाग्ने बित्तिकै नारीकै हृदय रसाउदछ । बेदनाले हृदय चस्स चस्किन्छ र मन अमिलो हुन्छ । यो सामाजिक मान्यता छँदै छ। यध्यपि, कतिपय नारीहरुको कठोर हृदयका कारण आज मानव समाजमै सन्देह उत्पन्न भएको छ । नारी कोमलता माथि नै प्रशनचिन्ह खडा भएको छ ।

    आज मन नलागि नलागि आफ्ना आमा दिदी-बहिनी, भाउजु , पत्नी तथा समस्त जननी गण माथि कलम चलाउन वाध्य भएको छ पंतिकार । पत्नी प्रेमको  कुरा नगरौ । आमाको दश धारा दुध र न्यानो काखको मुल्य चुकाउने तागत कस्को होला ? अझ चेली माइतीको स्नेहको के कुरा ? सायद, बिडम्बना यो छ ,पुरुष प्रधान सोचबाट तयार गरिएका पौराणिक कहानी हरु साक्षी राखेर  हरेक युद्ध र महा संहारहरु का कारक नारीलाई मानिएको छ । नारीकै कारण सृजना भएका अनेकन महा संहारका पात्र तारा, द्रौपदी र सीता लगायतका नमुना छन् । पुरुषत्व, कामुकता र आसक्तिपन केवल नियोजित युद्बको बारुज न हो। अहो ! यहाँ हरेक लडाईका बन्दुकहरु पौरुष काँधबाटै पट्काइदा रहेछन् । आखिर, भिड्न्ते पुरुषहरु र भिडाउने नारी । लाग्छ -  आहा ! जादु झै यो कस्तो बिचित्रको खेला नारीको ?

      सुनको मृग माथिको आसक्ति र रक्षक लक्ष्मण माथि बर्साइएका अपशब्दका कारण सीता रावणबाट हरण भइन। जसकारण रामले रावण मात्र मारेनन् लंकाका निर्दोष जनताको संहार भयो , रगतको खोलो बग्यो । त्यस्तै दुर्योधन पानीमा चिप्लदा स्वभाविक ठानेर द्रौपदी नहाँसेकै भए राम्रो । सायद उनको चीर हरण समेत नहुदो हो । जसको बद्ला भाव स्वरुप महाभारत मच्चियो । कुरु वंशको मात्र होइन भारतबर्ष का समस्त वीर पुरुषको वंश सत्यानास भयो । कुन्ति  तिनै आमा हुन् जस्ले कर्णलाई नदीमा बगाइन र पाण्डबहरुलाई पालिन ।

     यता समाजकै कुरा गरौं । एउटी नारी अर्की नारीमाथि नै जाना जान सौता थपिन्छे । षुरुष्वत्वलाई प्रयोग गरेर स्वयम् महिला हिंसा मच्चाउछे । पछौटे समाजमा एउटी नारी अर्की नारीलाइ नै बोक्सी करार गर्दछे । नारीले चाहेमा हरेक यौन कर्महरुमा चमत्कार रहन्छ नत्र त्यो ब्लतकारमा परिणत हुनेछ । र नै, स्वयम् नारी कोठी मालिक्नी बनेर अनेकन निमुखा नारीको अस्मिता लुटाउछे । अझ , पानी पँधेरो देखि मेलापातसम्म कुरा काटिने छन् नारीहरुकै ।

    अझ बड्दो बेरोजगारीले आक्रान्त हाम्रो समाजका युवाहरु विदेशिन बाध्य छन् । यता नारीकै जिम्मा छ ब्यबहार र खटन पटनका कुरा । उता बबुरो तातो बालुवा मा पसिना काढ्छ, पत्नीलाई रेमिट्यान्स पठाउछ । आखिर तिनै नारी, जो काखको दुधे बालक समेत त्यागेर होटल  रेष्टुरेण्ट धाउँछे , कथित नाठा भनाउदाहरु नचाउँछे । कोठी मालिक्नी बनेर निमुखा अरु नारीको अस्मिता लुटाऊनै उद्धत रहन्छे । आखिर सोझा र निमुखाहरुको जहाज डुबाउन उद्दत छे ऊ । यहाँ दोष कस्को ? मानौ, कामुक पुरुष त नाठै सहि ती समाजकै कलङ्क रे । तर, नारी त साक्षात देवी ,आफु जिम्मेवार र निर्दोष शिशुकी सहारा, आफ्नो विदेशि  पतिको एक भरोसा । तै पनि सबै कर्तब्य बिर्सन्छे उ । अनि पो चल्दो रहेछ समाजमा महाभारत । समाजका बुंगाहरुलाई ऊ आपसमा भिडाउँछे , सिनित्तै पारेर दुबै सिध्याउछे । अनि एउटी अबैद्य आमाको नाममा स्वयम् कलङ्कित रहन्छे । निर्दोष शिशुलाई खोला बगर या झाडीमा फालेर उ निष्पाप बन्न  खोज्छे । अझै दाउमा च्याँखे शिशु थापेर  कालो धन कमाउँछे । यहाँ त एउटा निर्नदोष, नवजात शिशु , मानौ मागी खाने भाँडो हो कसैको।तर ,हेक्का राख्न जरुरी छ ,अवैध्य सन्तान समेत कानुन द्वारा सुरक्षित छन्, सन्तानको मुख हेर्नै मनकारीहरु आतुर छन् । त्यसैले त लाग्दछ - नारी शक्ति कानुनले समेत सवल छन् । उनले चाहेमा हरेक यौन दुराचारी हरु पाता कसिन्छन् अदालतमा ठिगुरा  ठोकिन्छन् ।

हरेक सन्तानहरुका लागि आमा ममताका खानी, दयाकी सागर हुन । तर, खोई आज उनको ममता ? खोई उनको दया ? मानौ यहाँ दयाको सागर सुकेको छ , करुणाको खानी रित्तिएको छ । त्यसैले जतिसुकै पुरुष चुकेको किन नहोस तर, एउटी नारीको नाम सगै कलंक जोडिएको छ यहाँ । जताततै झाडि भित्र बेवारिसे शिशुहरु भेटिनुले समाजमा भयङ्कर  खेलबाड  भइ रहेको छ । यहाँ त हरेक आमाहरुलाई सोच्न वाध्य पारिएको छ । नारीको नाममा अक्षम्य कलंक को सृजना गरिएको छ । त्यसैले त कोमल मानिएको नारी चरित्र करुणाको खानी हो या कलंक को ? यहाँ भनिन्छ - " कु पुत्र जन्मन सक्तछ तर, माता कुमाता कहिल्यै बन्न सक्तिनन्  । " यो मान्यता समाज मा कायम नै रहोस - कामना छ । नत्र, यहाँ फेरि नारी चरित्र माथि नै प्रश्न खडा भएको छ ।            

                                                                                                                                                                                                                      अस्तु ।

Post a Comment