तिमी नारी
अनुपमा कट्टेल
डिमापुर
नागाल्यान्ड, Email:Kattelanu11@gmail.com
मुटुभित्र एक मुस्लो आगाको
ज्यालाहरू बोकेर
एक फाँको निस्कपट हाँसो
हाँसिदिन सक्ने
तिमी नारी ।।
काँधमा एउटा जाहाज बोकेर
पहाडका नागबेली बाटाहरू
तराइका बन र जंगलहरु
जीवनका अनेक उकाली
ओरालीहरू चड्न
अनायासै सक्ने
तिमी नारी।
विषमताको बिरोधमा उनी धावा बोल्छिन
यो समाज
यो परम्परा
खोक्रो आडम्बरको
साँध र सीमाना नाघेर
उनी प्रगतिको शिखर चड्न
चाहान्छिन।
सौन्दर्य की रानी
प्यारकी खानी हुन
खुद्दारी की पहिचान र
बलिदान की गाथा हुन
तर पनि
मुटुभित्र कताकता घाउ र
अव्यक्त पीडाको छटपटाहट छ...
तर पनि हे नारी
तिमीमा
प्रेम छ...
प्रतिभा छ ।।
Post a Comment