• theoxygentimes@gmail.com

Blog



२.० गुवाहाटीबाट रालेसम्मको लामो फड्को

2.1 पस्नै सारो

अमेरिका जाने भिसा आवेदन गरेपछि अन्तर्वार्ताको दिनसम्म प्राय: एक महिना समय पाइन्छ । मेरा लागि अन्तर्वार्ताको मिति थियो अगस्त दुई। यसै बिच मैले कागज-पत्र आदि तैयार पार्नु थियो । हुनत म भारत सरकारको वृत्ति लिएर अमेरिका पठाइन लागेको एक "विद्वान्" (स्कलर) थिएँ, त्यसैले गर्दा मलाई भिसा पाउन केही अप्ठ्यारो नहुनु पर्ने।  तर मनले मानेन। कतै चुक भयो भने? बल्लबल्ल भेटेको बिद्वतवृत्ति (स्कलरसिप) भिसा कै कारण जान पाइनँ भने? यो वृत्ति पाउने योग्यता 55 वर्षको उमेरसम्मलाई मात्र थियो । म वर्षको माथिल्लो परिसीमामा पुगिसकेको थिएँ। यस मौका एकपल्ट गुमाएँ भनें फेरि पाउने छैन भनी मनभित्र भावनाका ज्वार-भाटा खेली रहेका थिए । यसै बिच वेब-साइटमा गई अमेरिकन भिसाका लागि अन्तर्वार्ता दिनेहरूले पोस्ट गरेका आफ्ना अनुभवका लेख या भिडियोह डिग्री पनि हेरेर आफैलाई प्रस्तुत गरेँ। कोही हितैषीले भनें.- ‘भिसा आवेदनकारी अमेरिकामा गएर चल्नका लागि यथेस्ट पुँजी भएको हुनुपर्छ रे’। 
यसका लागि मैले ब्याङ्कमा राखेका फिक्स डिपोजिट रकमका कागजपत्र र गत ३ महिनाको सेविङ्ग्स रकमको बयान, जीवन बीमा गरेका कागज आदि तयार पारेँ। अ डिग्री कोही हितैषीले भने..   ‘आवेदनकारी अमेरिकामा गएर आफ्नो नियोजित काम सकेर वापस फर्की आउने निश्चित हुन यहाँको सम्पत्ति, जागिर आदि भएको हुनु असल रे’। यसका लागि मैले मेरो विश्वविद्यालयबाट तलब प्रमाणपत्र पनि बोकें। अब सम्पत्तिको कागज कसरी मिलाऊँ घर र घडेरी दुवै मेरी श्रीमती (रञ्जना) को नाउँमा छ। घर बनाएको कागज गुवाहाटी म्युनिसिपल्टी कोर्पोरसोनबाट मिलाएँ। भिसा अन्तर्वार्तामा श्रीमतीको नाउँमा भएको घडेरीको कागज लगेँ भने मलाई सोध्ला "रञ्जनासँग तेरो भएको सम्बन्धको प्रमाण पत्र खोइ?" त्यसो भए मैले अब रञ्जनासँग २८ वर्ष अघि गरेको विवाहको प्रमाणपत्र बनाउनु पऱ्यो। हे प्रभु, कस्तो फसाद! 
यस विषयमा गुवाहाटी हाइकोर्टका नामी अधिवक्ता जयन्त पराजुलीसँग सल्लाह गरेँ। उनी मेरा आत्मीय हुन् सानैदेखिका नजिकको साइनो पर्ने। जवाब दिए- "मामा, केही सुर्ताउनु पर्दैन। डी.सी. कोर्टमा रजिस्ट्रेसन गराई दिउँला। केवल विवाहको तस्बिर र निमन्त्रणपत्र भए भई हाल्यो, तर अलिक दिनको समय चाहिन्छ"। उनले कति सजिलै भनिदिए। तर आजभन्दा प्राय: तीन दशक अघि गरेको विवाहको तस्बिर र निमन्त्रणपत्र अहिले कहाँ पाउनु? प्राय: दुई दिन लगाएर घर छान मारेँ। आफन्तहरूलाई पनि फोन लगाएँ। तस्बिर त फेला पऱ्यो तर निमन्त्रणपत्र कतै पाइएन। अब के गरूँ? जयन्तलाई सूचना दिएँ। उनले जवाब दिए। "सुर्ताउनु पर्दैन मामा, केही विकल्प गरौंला। हुन पनि हो। वकिलसँग सबै थोकको समाधानको व्यवस्था हुन्छ रे। उनको यो भरोसाले मेरो सुकेको मुख बल्ल रसाएर आयो । 
उनले भने जसरी नै अलिक दिनपछि हाम्रो रजिस्ट्रेसनको दिन आयो। रञ्जनालाई लिएर म डी.सी. कोर्ट पुगेँ। कार्यालयभित्र कुनै टेबलमा फर्म भर्नु, कुनैमा फिस तिर्नु, फेरि कुनैमा तस्बिर खिच्नु आदि कामह डिग्री सकेपछि रञ्जनासँग मेरो विवाह भएको प्रमाणपत्र तस्बिरका साथ मेरो हात लागि हुन्छ। मलाई बल्ल थाहा लाग्यो कानुनी विवाह त यस्तो पो हुँदो रहेछ। न त बाजा-गाजा न त जन्ती नै! मलाई त यो कागजे बिहा खल्लो, बासी चिया खाएको जस्तो बेस्वादको लाग्यो। तर परिस्थितिको गाँठो खुकुलो भएकामा मन उघारो नलागेको पनि होइन । 
कोही हितैषीले सुझाव दिए ‘भिसा अन्तर्वार्ताका लागि इन्कम ट्याक्स तिरेको प्रमाणपत्र चाहिन्छ’। यसका लागि मैले गत ३ वर्षको इन्कम ट्याक्स डिपार्टमेन्टबाट कागज सङ्ग्रह गरेँ। अमेरिकन भिसाका लागि कस्ता प्रकारको तस्बिर चाहिन्छ त्यो वेब साइटमा दिएको हुन्छ। गुवाहाटीका २-३ वटा स्टुडियोले मात्र यस्ता प्रकारका तस्बिर बनाउँछन् रे। मैले राजगढ मार्गको "इमेज" स्टुडियोमा तस्बिर खिचाएँ। कोही मित्रले भने- "भिसा अन्तर्वार्तामा अमेरिकामा गएर बस्ने निश्चयता खोज्छ रे। 
यसको बारेमा मैले निकै कसरत गर्नु परेको थियो। कयौं दिन लगाएर वेबसाइटमा खोजिगरें। उत्तर करोलिना विश्वविद्यालयमा मैले शोधकार्य गर्ने ल्याब कहाँ छ, त्यसका छेउछाउमा विश्वविद्यालय कै अपार्टमेन्ट पाइन्छन् कि, कतै अरूसँग साझा गरी बस्न मिल्छ कि, यदि मिल्छ भने साथीको स्वभाव कस्तो होला, जँडिया, रक्स्याहा, धुँवा खाने पो हुन्छ कि? अमरिकामा कतैकतै लुटमारको घटना भएको पनि सुनिएको हुँदा बस्ने ठाउँको सुरक्षाको कुरा सोचेर यहींबाट चयन गर्न अपठ्यारै परेको थियो। 
अन्त्यमा बर्तमान अमरिकाको ड़ेलावेर निवासी मेरा बालसखा नन्दलाल उपाध्यायको सहयोगले, वि.वि. कै छेउको "केरि" भन्ने ठाउँका मेरी ठुली भाउजूकै आफन्त प्रभात ढुङ्गानाको मद्दतले र करोलिना वि.वि. कै नेपाल मूलका शोध विद्वान् डा.भोज गौतमका (मैले इन्टरनेटमै भेटेको) दिक्-निर्देशनले क्याम्पसभित्रै वि.वि.कै शिक्षक डा.बिल रबिन्सनसँग साझा गरी बस्ने एउटा अपार्टमन्ट फेला पऱ्यो। त्यसपछि मैले डा.बिलसँग इमेल सम्पर्क सुरु गरें। मैले गरेको अनुरोधलाई स्वीकार्दै उनले अपार्टमन्टमा मेरो बस्ने व्यवस्थाबारे निश्चित भएको एक इमेल पठाए। यो मेरो भिसा अन्तर्वार्ताका लागि एक भरपर्दो प्रमाणिक लेखोट बन्ने छ भनी खुशी लाग्यो। 
हेर्दाहेर्दै दिनह डिग्री खुम्चिन थालेझैं लागे। म 30 जुलाई 2016 का दिन रञ्जनालाई लिएर गुवाहाटीबाट कोलकाता उडें। बेलुका असम हाउसमा बिसाई छेवैको श्रीअरबिन्द भवनमा हामी दुबै हिँडेर पुग्यौं। त्यहाँ ऋषिसँग भोलिको कार्य सफलताका लागि आशीर्वाद माग्यौं। 
भोलिको दिनको बायोम्याट्रिक्सका लागि कागज-पत्र ठिक छन् कि छैनन् बेलुकी खाना खाई सकेपछि ओछ्यानमा पल्टिएर हेर्दै थिएँ। झलक्क कतै अन्तर्वाताका लागि पुरानो पासपोर्ट पनि चाहिन्छ भन्ने पढ्न पाएँ। लौ खा, मैले त ल्याएको छैन! अब के गरूँ? मन ढुक्ढुक् गर्न लाग्यो। यसकै यसैले गर्दा मलाई भिसा दिएन भने? रञ्जनासँग सल्लाह गरेँ। दुई-चार जान्नेलाई पनि फोन मार्फत् सोधें। भिन्नाभिन्नै प्रत्युत्तर आयो।
अन्त्यमा आफ्नो गुवाहाटीको घरबाट मगाउने सिद्धान्त लिएँ। मेरा ठुला साला विकाश काश्यपका मदतले भोलिपल्टलाई एक उडुवा जाहाजको टिकट पाइयो। घरबाट ठुलो छोरो दीप शेखरलाई कलकत्ता झिकाएँ। राति चिन्ताले राम्रो निद्रा नै परेन। दैवको कस्तो अनुकम्पा, धन्न बिचमा अन्तर्वार्ताका लागि एकदिन हातमा रहेछ। 
अमरिकन भिसा अन्तर्वार्ताको अघिल्लो दिन बायोम्याट्रिक्स जाँच हुन्छ। यसका लागि भिसा शुल्क तिरेको रसिद र अन्तर्वार्ता नियुक्तिको कागज चाहिन्छ। मैले यी दुवै बोकी साथमा सेलफोन, पैसा राख्ने पर्स आदि केही नलिई बिहान ८ बजे नै बोलाइएको कार्यालय, जस्मिन टावर, सेक्सपिएर सरनि पुगेँ। सिमसिम पानी वर्सी रहेको थियो। 
प्राय: ११ बजेतिर मेरो पालो आयो। मलाई एउटा कोठामा लगी कम्प्युटरद्वारा हातका पाँचै औंला-चक्रका फोटो लियो। साथसाथ मलाई सोझो उभिन लगाएर अघिल्तिर झुन्डिएको क्यामेरातिर दृष्टि दिन भनियो। मैले त्यसै गरें। ‘क्लिक’ गरी एक शब्द भयो। क्यामेराले मेरो आँखाको पुतलीको फोटो लिएछ। काम सकेपछि मलाई जाने इसारा भयो, म ठुलो सास फेर्दै बाहिर निस्किएँ, मनमनै सोचें "बल्ल सानो खुडकिलो पार गरें, भोलिको ठुलो चाहीं पो के होला? 
मनमा खुसीका लहर बोकी असम भवन फर्कें। खाई-पीई गरेर केही छिन बिश्राम लिएँ। तर "दीप शेखर कत्तिखेर आउँछ" भन्ने झुक्झुकीले मन बिथोली रह्यो। दिउँसो ऊ हाँप र झाँप गर्दै बल्ल आइपुग्य्यो। उसलाई देख्ने साथ मन ढुक्कले शान्त भयो।
अनि भोलिपल्ट, २ अगस्तको बिहान। मृदु हावा र झरी चलिरहेको थियो। म नुहाई, ध्यान गरी पिठ्यूमा प्राय: एक किलो वजनको कागजपत्र भरेको ब्याग बोकी एक हातमा छाता लिएर किञ्चित पेटपूजा गरी ईश्वरको नाउँ लिएर निस्किएको थिएँ। अन्तर्वार्ताको समय ११ बजी भए पनि २ घण्टा अघि नै निस्केको थिएँ । 
मेरो अन्तर्वार्ता हो.ची. मिन सरनी स्थित अमरिकन काउन्सुलेटमा हुने निश्चित थियो। म उतै लम्कँदै थिएँ। काउन्सुलेटको अघिल्तिर प्रहरीहरूले भरिएको थियो। त्यसको हाता भित्र मानिसह डिग्री बिस्तारै भेला हुँदै गएका थिए। तिनीह डिग्री पनि म जस्तै प्रार्थी होलान् भन्ने अड्कल गरें। हामी प्रार्थीलाई कार्यालयबाट प्राय: ५० फुट जति टाढा ‘क्यु" बनाएर उभिन प्रहरीले आग्रह गरे। हामीले पनि उसै गऱ्यौँ। साथमा कुनै प्रकारको ब्याग, सेलफोन, पैसा राख्ने पर्स अदि लैजान मनाही थियो। मैले छेवैको एक पान पसलमा मेरो ब्याग र छाता राखेर कागजपत्रह डिग्री हातमा अँठ्याएर मेरो पालो आउनलाई पर्खिरहेँ। 
यत्तिकैमा कुनै एक अधिकारी हातमा प्राथीहरूको नाउँ भएको सूची लिएर प्रत्येकको छेउमा आई नाउँ र अन्तर्वार्ताको समय निश्चित गर्दै गए। यथा समयमा मेरो पालो आयो। त्यतिबेर मेरो मन:स्थिति कुनै बेहुलीले बिहा गरेपछि पहिलो पटक ससुराली गएको जस्तो थियो, कतै डर त कतै अनिश्चयता। मैले आजसम्म जीवनमा जति पनि परीक्षा दिएँ यो घडी सबैभन्दा बढी दुविधाको थियो। सधैं भित्री मनले प्रश्न गर्थ्यो "कतै भिसा पाइएन भने?" 
प्रवेश द्वारको कडा सुरक्षा जाँचपछि मभित्र पसें। मलाई एक सिसाले बनेको कोठा भित्र जान भनियो। त्यहाँ एक सज्जन र एक महिलाले मेरा कागजपत्र जाँच गरी सही ठानेर अन्तर्वार्ताका लागि अर्को कोठातिर जान सङ्केत गरे। म पहिलो खुड्किलो सफलताले पार गरेकाले एक ठुलो सास फेरी इसारातिरै लागें। अघि बढ्दै जादाँ एक ठुलो कोठाभित्र पस्न पुगेंछु। त्यहाँ ८ वटा सिसाका काउन्टर थिए। प्रत्येकमा बाहिरपट्टि प्रार्थीह डिग्री हातमा फाइल लिएर खडा थिए। प्राय: जसो विद्यार्थी जस्ता लागे। मलाई कुनै एक काउन्टरका अघि खडा हुन त्यहाँकी एक महिलाले सङ्केत गरिन्। चारैपट्टिको परिवेश शान्त थियो। दाहिने कुनामा एउटा टी.बी.को पर्दामा अमरिकाको शिक्षा अनुष्ठानको बारेमा कार्यक्रमह डिग्री चलिरहेका थिए। म अरूले कसरी अन्तर्वार्ता दिँदा रहेछन् टाढैबाट निर्क्योल गरी रहेको थिएँ। 

    काउन्टरमा त्येतिबेर एउटी किशोरी सिसाभित्रका अधिकारीसँग आफ्ना कुरा व्यक्त गरी अनुनय-विनय गरिरहेकी थिइन्। उनको फारम भर्दा केही सानो गल्ति भए जस्तो लाग्यो। उनले आफ्नो अमेरिका जाने टिकट पनि किनिसकेको कुरा सुनाउँदै थिइन्। त्यतिभन्दा पनि भित्रका अधिकारीले मानेनन् र फेरि निवेदन गर्ने सुझाव दिएर त्यहाँबाट जान  भने। ती किशोरी बिचरा अध्यारो अनुहारले रुँदैरुँदै बाहिरिन्। म हेरेको हेर्यै भएँ। सारा शरीर चिसो भएर आयो। मनमा अनेक किसिमका भावनाले चाकाचुली खेल्न लागे….मलाई पनि त्यसै भन्यो भने? यत्तिकैमा एक जना युवक काउन्टरमा पुगे। उनले ती अधिकारीसँग अमेरिकामा बसुन्जेल आर्थिक सहायताका लागि सङ्ग्रह गरेका ब्याङ्कका कागज, बाबु-आमाका सम्पत्तिका प्रमाणपत्र आदि खोतलीखोतली देखाउँदै थिए। मलाई भित्रभित्रै ढुक्क लागेको थियो, किनभने यस विषयमा म दर्बिलो थिएँ। 
त्यसपछि मेरो पालि आयो। म साथमा ल्याएका कागजपत्र बोकी काउन्टरमा पुगेँ। सिसा पल्लापट्टि एक गोरा सज्जनले मलाई पुलुक्क हेरी उनी अघिल्तिर रहेको कम्प्युटरको पर्दामा दृष्टि फ्याँके। शायद मेरो बारेमा सबै जानकारी त्यहाँ आई सकेको थियो। मलाई प्रश्न भयो, "तपाईं के गर्नुहुन्छ?" मैले जवाब दिएँ, " म असम कृषि वि.वि.को प्राध्यापक हुँ"। फेरि प्रश्न भयो, "अमरिकामा गई के गर्नुहुन्छ?" मैले अमरिकाको उत्तर केरोलिना वि.वि. को ल्याबमा गई मेरो गर्नु पर्ने शोधको बारेमा केही वर्णन गरें। उनी सन्तुष्ट भए जस्तो भाव अनुहारमा झल्कियो। फेरि सोधे "तपाईंका परिवारमा कोको हुनुहुन्छ ?" “मेरी श्रीमती र दुइटा छोरा, जम्मा हामी चार जना छौं” भन्दै हातमा लागेको प्याकेटबाट केही साल अघि हामी सपरिवार ताजमहल डुल्न जाँदाको फोटो तत्कालै निकालेर देखाएँ। उनले सबै थोक जाँच गरी मुस्कुराउँदै गम्भीर स्वरमा बोले "तपाईँको भिसाको स्वीकृति गरी दिन्छु"। 
मैले के सुनें आँफैलाई विश्वास लागेन, केही छिनका लागि म स्तम्भित भएँ। के मैले ठिकै सुनेँ? होशमा आएपछि ती अधिकारीलाई धन्यवाद जनाएर बाहिरिएँ। साथमा लागेका प्राय: एक किलोको कागजको पोको खोल्नै परेन। मन खुशीले सिमलको भुवाझैं भयो। आफैले  कञ्चनजङ्घा विजय गरे जस्तो लाग्यो। तत्कालै असम हाउस फर्की ठुलो सास फेरें। यी सबै कुरा रञ्जनालाई विस्तार गरेँ। उनको अनुहार निर्मल आकासमा पूर्णिमाको जुन जस्तो उज्यालिएको थियो। 
भोलिपल्ट जेटलाइट विमान मार्फत् हामी गुवाहाटी फर्क्यौ। नभन्दै हप्ता दिनभित्रमा भिसा आइपुग्यो। पाउने बित्तिकै प्याकट खोल्दै सोंचें, कतै अधिकारीको दया जागेर या गल्तिले भिसा ६ महिनाका लागि दिएछ कि? तर ५ महिनाका लागि मात्र दिएछ। जे होस्, ५ महिनाका लागि भए पनि अमेरिका जान पाउने ढोका खुल्यो। मनमा त्यसरी नै सन्तोक लिएँ।

जीवन बीमा
अमेरिका पस्दा जीवन बीमा गर्न जरूरी छ। यो कुरो मलाई निकै जनाले भनी सकेका थिए। म जाने उत्तर करोलिना विश्वविद्यालय (उ.के.वि.वि.)को वेब साइटमा पनि यो कुराको उल्लेख थियो। त्यसै कारणले मैले उ.के.वि.वि.को वेबसाइटमा गई त्यहाँका लागि कस्ता खालका बीमा गर्नुपर्छ जानकारी लिएँ, किनभने अमेरिकाका भिन्नेभिन्नै राज्यले भिन्नभिन्नै खालका बीमा चाहँदा रहेछन् र बीमाको रकम पनि तोकिएको हुँदो रहेछ। यी बीमाहरूले बिहोर्नु पर्ने भित्रमा-विदेशको भूमिमा आकस्मिक आइलाग्ने दुर्योग या बिमार अथवा स्वदेश फर्काउने परिस्थिति आदि प्रमुख थिए। मैले यी सबै आवश्यकता जनाएर युनाइटेड इन्डिया इन्सुरेन्स कम्पानीको गुवाहाटीस्थित एजेन्ट कुनै मि.दाससँग कुरा गरेँ। उनले मलाई बीमाका लागि आवश्यक प्रिमियम, रु. २०००० को जानकारी दिएपछि मैले यो रकम ब्याङ्कद्वारा एकाउन्ट ट्रान्स्फर गरी दिएँ। भोलिपल्टै मेरो बीमा स्वीकृति भएको प्रमाणिक लेखोट आइपुग्यो। मैले ढुक्कको सास फेरेंथ्

उड्ने टिकट

अब भिसा र बीमा भई सकेपछि विमानको टिकट किन्ने बेला आयो। तर मेरो टिकट मलाई विद्वत् वृत्ति (स्कलरसिप) दिने कार्यालय, नयाँ दिल्लीको बायोटेक कोन्सोर्टियम इन्डिया लिमिटेड (BCIL) ले दिने कुरो थियो। तसर्थ मैले मेरो यात्राको मार्ग वा विवरण यस कार्यालयमा दिए भई हाल्थ्यो। त्यति बेलासम्म मैले डा. ओभिआडोसँग इमेल मार्फत सम्पर्क गरी उ.के.वि.वि. कुन दिन पुग्नु पर्ने हो तय गरी सकेको थिएँ। यस अनुसार मैले उक्त कार्यालयलाई गुवाहाटीबाट उड्ने मिति ५सेप्टेम्बर १९१६ र फर्कने मिति २फरवारी २०१७ भनेर अवगत गराएँ। कार्यालयले कुनै एजेन्टद्वारा टिकट गराउँदो रहेछ। भोलिपल्टै मेरो टिकट इमेलमा आयो। पाउने साथ मन उड्ने रहरले नाच्न थाल्यो। मैले आँफैले टिकट गर्नु नपरेकाले यसको रकम कति पर्यो थाहा भएनथ् तर इन्टरनेटबाट थाहा गरे अनुसार आई -जाई को भाडा प्राय: १,२०,००० जति परेछथ्

सरसामानका जोगाड

घरमा दुइ चक्के सुटकेस भए तापनि चार चक्के चाहिँ डुली हिँड्नका लागि धेर सजिलो भनी निकैले किन्ने सुझाउ दिए। तर कस्तो आकारको लानु? ठुलो लाँदा यता उति डुलाउँदा अप्ठ्यारो पर्ने हो कि? कम्मर दुख्ने बिमारलाई निम्त्याउने हो कि? सानो लाँदा पनि सामानह डिग्री नआटने हुन् कि? यसलाई समाधान गर्न अमेरिकाको वेब साइट र मेरो टिकटको सहयोग लिएँ। एकजनालाई २३ किलोसम्म लैजान अनुमति रहेछ। म ढुक्क पारें। यी सबै कुरालाई ध्यानमा राखी अमेरिकन टुरिस्टारको एक रातो र भीआइपी कम्पानीको एक हरियो सुटकेस किनें। यी सुटकेसह डिग्री कार्गो मार्फत् लाने सोचेको थिएँ। यस बाहेक ह्याण्ड ब्यागको रूपमा एक चाइनिज, अपर्झट चाहिने सामान राख्न कम्मरमा भिर्ने वेस्ट ब्याग, डढ्याल्नामा भिर्ने ल्याप्टप ब्यागह डिग्री ठिक पारेको थिएँ। 
यस बाहेक डलर, पासपोर्ट र दिल्लीदेखि राले (गन्तव्य स्थान) सम्मको जहाजको टिकट राखेको घाँटीमा झुन्ड्याउने स्लिंग या माला ब्याग त छँदै थियो। सर-सामान हाल्दा तत्काल चाहिनेहरू, जस्तै युनिवर्सिटीको प्रवेशपत्र, क्रेडिट कार्ड, आइ कार्ड आदि साथमा र पछि चाहिनेजति सुटकेसमा राखेको थिएँ। किनभने कतै सर-सामानह डिग्री साथमा गएनन् भने पनि डलर, पासपोर्ट, जहाजको टिकट युनिवर्सिटीको प्रवेशपत्र र क्रेडिट कार्ड साथमा हुँदा मलाई गन्तव्य स्थानसम्म पुग्न केहीले रोक्ने छैन। विदेश भ्रमणमा जाँदा कुनै भारतीय यात्रीको कार्गोका सुटकेसह डिग्री साथमा नपुग्दा निकै अप्ठ्यारो भएको कुरा अखबारमा पढ्न पाएको थिएँ। त्यसैले म चनाखो बनी एक सेटको भित्री लुगा, सर्ट, प्यान्ट, स्वेटर र आपातकालीन सामग्रीह डिग्री साथको ब्यागमा बोकेको थिएँ। सरसामान हाल्दा कुनकुन सुटकेस या ब्यागमा केके राखिएका छन् त्यसको एउटा सूची बनाएको थिएँ ताकि कुनै एउटा सानो सामान खोज्दा सबै ब्यागह डिग्री खोतल्नु नपरोस्। यसैबिच एकदिन समय निकाली पानबजारको स्टेट ब्याङ्कमा रुपियाँलाई डलर साट्न गएँ। निकै दिनपछि डलर हात पऱ्यो। डेढ लाख रुपियाँ दिएको त 2239 डलर मात्र वापस दियो! त्यति कम्ति मुद्रा हात पर्दा ठग्गिएँ जस्तो लाग्यो। मलाई सानामा नचल्ने भुटिया पैसा हातमा खेलाएको याद आयो। हाम्रो देश अमेरिकाभन्दा आर्थिक रूपले कति कमजोर रहेछ मैले सहजै अड्कल काट्न सकेँ।

गुवाहाटीमा उड्ने तयारी

बिस्तारै मेरो जाने दिन आउन लाग्यो। मिति 5 सेप्टेम्बर 2016, मेरो विदेश रवाना हुँने दिन। बिहानै कलेज गएँ, साथी-सङ्गीहरूसित बिदा माँगे। मेरो बेलुकी 5.00 मा गुवाहाटीबाट नयाँ दिल्लीसम्म उड्ने AI 890 नम्बर भएको एयर इन्डियाको हवाई जाहाज थियो। सुरक्षा र ट्राफिकका लागि र मनभित्र उम्रिरहेको तनाव कम गर्न हामी २ बजे नै घरबाट निस्क्यौँ। ठुलो छोरो दिपु गाडीको स्ट्यरिङमा र धर्मपत्नी रञ्जनालाई लिएर म पछिल्लो आसनमा। पछिपछि अर्को गाडीमा मित्रवर दम्पत्ति इन्द्रजित र इलोरा गोस्वामी। समय मिलाएर भतिजी बिनु (विनिता उपाध्याय) आफ्नो गाडी लिएर बाटामा हामीसँग सामिल भइन्। परिवारबाट छुट्टिनु पर्ने उम्लंदै गरेको अवश्यम्भावी भावनालाई रञ्जनासँग कुरा कानी गरी पछि टाली राखेको थिएँ। 
एकै छिनमा हामी लोकप्रिय गोपीनाथ बरदलोई अन्तराष्ट्रिय विमानस्थल पुग्यौं। हातमा २ घण्टा समय रहेकाले सबैसँगै बसी चिया चमेना खाने मौका मिल्यो। यसै बिच गुवाहाटीको मोमतोरा अप्टिक्याल्सले मेरो दोस्रो जोडी चश्मा पनि ल्याई दियो। यसका लागि मैले अघि नै बन्दोबस्त मिलाएको थिएँ। किनभने अमेरिकामा केहि कथम् मेरो व्यवहार गरी रहेको चश्मा भाँचिएको या हराएको खण्डमा भने यो एक विकल्प व्यवस्थापित थियो। चिया चमेना खाइसकेको निकै बेला भइसकेछ। हातको २ घण्टा समय कसरी पार भयो केही थाहा भएन। अब बिदा लिने मूहुर्त आएको थियो। बाहिरपट्टि मुस्कुराए पनि अन्तःकरणमा चाहिँ बिछोडको व्यथाको मृदु सारङ्गी बजी नै रहेको थियो। मेरो मुटुको गति बढेको थियो र निधारमा पसिनाका बिन्दुह डिग्री पनि । 
    त्यतिबेर रञ्जनाको अनुहार चन्द्रमाको उज्यालो जुनलाई किञ्चित कालो बादलले छोप्न लागे जस्तो घुर्मैलो थियो। तर दिपुलाई आवेगले त्यति असर पारे जस्तो देखिएन। उसको दृढ मुस्कानले मेरो मनोबल अझ दरिलो पारेको थियो। जाने बेलामा कान्छो छोरो राजशेखरलाई देख्न मेरा आँखा प्यासी भएका थिए; तर उसको एन.सी.सी.को क्याम्प रहेकाले आउन नपाएका कारण मैले सन्तोक नमानी उपाय थिएन। हामी परस्परले हात हल्लाएर बिदा लियौँ। मैले गन्जीबाट बाहिर तर कामिजले छोप्पिने गरी घाँटीमा एउटा स्लिङ्ग ब्याग झुन्ड्याएको थिएँ। त्यहाँ मेरो पासपोर्ट (भिसा), डलर र अत्यन्त जरुरी कागजात राखेको थिएँ। एयर ब्यागमा एक सेट प्यान्ट, कमेज, गम्छा, गन्जी, भित्र लगाउने कट्टु, स्वेटर, मोजा र रुमाल बोकेको थिएँ। कसैको विदेश जाँदा कार्गोमा राखिएका सुट्केसह डिग्री साथमा टुङ्गोसम्म नपुग्नाले बिल्लीबाठ भएको कथा सुन्न पाएँको थिएँ। मेरो पनि यस्तो बिजोक नहोस भनी शंका गरी यसरी तयारि गरेको थिएँ। 

गुवाहाटीबाट दिल्ली

म सर-सामानहरूलाई लिएर चेक-इन गर्नतिर लागें। यसका लागि कार्गोद्वारा लगिने ब्यागहरूको एक्स-रे चेकिङ् गरिन्छ र ब्यागलाई एउटा प्लास्टिकको पेटी जस्ताले एक फन्को बेरी ताल्चा बाँधिन्छ। त्यस पछि दुबै सुटकेस कार्गो मार्फत् रालेको ङक़्छ विमानस्थल (मेरो गन्तव्यस्थल) सम्म लैजाने परिबन्द मिलाएर जिम्मा लगाई म सेक्युरिटी चेकिङ्तिर लागेँ। मेरा गन्तव्य स्थान पुग्नलाई ३ वटा टिकेट भए-- गुवाहाटीबाट दिल्ली, दिल्लीबाट चिकागो अनि चिकागोबाट ङक़्छ, राले। 
चार वटा ब्याग (हातमा चाइनिज, डढ्याल्नामा ल्याप्टप, कम्मरमा वेस्ट र घाँटीमा स्लिङ्) साथमा लिएको मलाई सम्भवत: अहिले एक पक्का भ्रमणकारी जस्तो देखिएको थियो होला। केही छिनको पर्खाइपछि विमानसम्म लैजान एक बस आयो। अ डिग्री यात्रीहरूको साथमा घुइँचोसंग सम्झौता गरी पहिले त बसभित्र, त्यसपछि विमान भित्र चढ्दै गएथ् चढेर आफ्नो स्थानमा बसी झ्यालबाट बाहिर नजर फ्याँकें। 
निलो आकाश शान्त थियो तर मनभित्र विभिन्न किसिमका भावनाका ज्वार-भाटाह डिग्री एक पछि अर्को गरी तरङ्गित भई रहेका थिए। यत्रो दिनको पर्खाइपछि आज बल्ल अमेरिका जाने मौका मिल्यो। ईश्वरलाई लाखौं लाख धन्यवाद। दैवीक माता र श्रीअरबिन्दोको अनुकम्पा नभएको भए यो कसरी सम्भव हुन्थ्यो क्यार? यस्तै भावनाका चाका चुली खेल्दाखेल्दै २ घण्टा बिताई दिल्ली विमानस्थल कतिखेर पुगी सकेछु पत्तै पाइनँ। अ डिग्री यात्रीको पछि लाग्दै पञ्चमीको पूजा  लगाएको गतिमा विमान बाहिर निस्किएँ। त्यति बेर बेलुकी ७ बजी सकेको थियो। मेरो चिकागो जाने विमान बिहानको राति 2.20 बजे थियो। हातमा थुप्रै समय रहेकाले मन खटपटिई रहेको थियो। अब मैले राष्ट्रिय विमान क्षेत्रको सिमाना पार गरी अन्तराष्ट्रिय विमान क्षेत्रमा पस्नु थियो। कतै साइन बोर्ड पढ्दै, कतै कसैलाई सोध्दै, कतै हिंड्दै त कतै लिफ्टमा चढदै बल्लबल्ल अन्तराष्ट्रिय विमान क्षेत्रमा पसें। हातमा सुटकेस नहुँदा कहिलेकहिले खालि अनुभव भई बेला बखत नझस्किएको पनि होइन। तर मलाई त अघि बढी जानु थियो, बढ्दै गएँ। 
यत्तिकैमा एक द्वार अघि खडा प्रहरीले मलाई पर्खने सङ्केत गऱ्यो; म अडिएँ। उसले छेवैको सोफातिर देखाउँदै मलाई भन्यो: "हजुरलाई १२ बजे पछि मात्रभित्र पस्न मिल्छ, अहिले य़तै आराम गर्नु होस्"। म ठुलो सास फेरि त्यही थचक्क बसें। हातमा भिरेको घडी हेरें, ९ मात्र बजेको रहेछ। अब तीन घण्टा कसरी कटाउनु? यता उति नजर डुलाएँ। मेरा बोझिल हुँदै गरेका आँखालाई केही छिनका लागि बिसाउने कतै मौका पो पाइन्छ कि? म त्येतिबेर ठुला ठुला ऐनाका आवेस्टनीले घेरिएको एक ठुलो कोठाभित्र थिएँ। 
निकै यात्रीहरू, केहि सोफामा बसेका त केहि चहल पहल गरी रहेका थिए। कुनापट्टि लामालामा सोफाह डिग्री राखिएका रहेछन्। तर कस्तो दूर्भाग्य! सबैमा यात्रीह डिग्री लमतन्न परी सुतिरहेका रहेछन्। मेरा लागि कतै मौका थिएन। मैले "खुइया" गरी एक लामो  सास फेरें।  राति छिट्टै सुत्ने बानि भएकाले मलाई निद्राले लट्याइसकेको थियो -- डर लाग्न थाल्यो कतै सोफामा बसिरहेको बेला निधाएर उड्ने जहाज नै उम्काएँ भने? यो शङ्कालाई दूर गर्न मेरो मोबाइल सेटमा तीन घन्टा पछि बज्ने गरी चेतावनी घण्टा (अलार्म) स्थापित गरें।

दिल्लीबाट चिकागो

एक्कासी मोबाइलको अलार्म बज्दा झल्यास्स भएँ। रातको १२ बजिसकेछ! सोफामा निदाई पो रहेंछु। हत्तपत्त भुइमा उभिएँ। एक लामो आङ तानी सजग भएँ। ढोकातिर दृष्टि फ्याँके, खुलेको रहेछ। म आफ्ना पोका पत्यौरालाई सम्हाल्दै अघि बढ्दै गएँ। मलाई भन्सार (कस्टम) को औपचारिकता पूरा गर्नु थियो। अघि बढ्दै जाँदा लामो टेबल एउटामा अनगन्ती कस्टम फर्म देखिए। अ डिग्री निकैले त्यहींबाट निकाली भर्दै रहेठछन्। मैले पनि अरूलाई अनुकरण गरी एउटा चाहिँ भरेर साथमा बोकें। 
अघि बढ्दै जाँदा दाँहिने छेउतिर ठुलाठुला ऐनाका आवेस्टनीले घेरिएका थुप्रै काउन्टरह डिग्री लहरै देखें जसभित्र अनगिन्ती यात्रीहरूको घुइँचो थियो। यहाँ विभिन्न रङ,वर्ग, जाति, भाषा, धर्म, भूखण्ड आदिका मानिसह डिग्री आ -आँफैमा व्यस्त थिए; सबै एउटै लक्षमा उनीएका थिए-त्यो हो भारतबाट विदेश जाने। आँखामा निद्रा बोकी, ताँतीमा पट्टाई लागीलागी लामो समयसम्म खडा भए पनि यी नचिनेका नौला  मानिसहरूका अनौठा चहल पहलले मलाई मनोरञ्जन गराई रहेका थिए।
समय कसरी फुत्किएर गएछ थाहै पाइनँ। अ डिग्री निकै भारतीयहरूले गरे जसरी मैले पनि भरेर ल्याएको कस्टम फर्म काउन्टरमा बसिरहेका एक जना अधिकारीलाई जमा दिएँ। उनले मेरो पासपोर्टमा ‘इम्मिग्रेसन इन्डिया ०५ सेप्टेम्बर’ भनी मिति लेखेको मोहर हानिदिए। म पुनः ताँतीमा सामेल भएँ। यस पछि सेक्युरिटी चेकिङ आदि गर्दै गएँ। अन्त्यमा जेट ब्रिज (यात्रीहरू विमानस्थलबाट सोझै विमान भित्र पस्ने गुफा जस्तो मार्ग) द्वारा म AI 127 Air India Boeing 777 विमानभित्र पसेँ । लामो यात्राका लागि यस्तो विमानको व्यवहार गरिन्छ। प्राय ३४२ जना यात्रु बोक्ने यो विमानमा प्रथम श्रेणीमा ४ जनालाई र व्यवसाय श्रेणीमा ३५ जनालाई सुत्ने-बस्ने आसन छ तर कम खर्चिलो (इकोनोमी) श्रेणीमा ३०३ जनालाई केवल बस्ने आसनको व्यवस्था रहेछ। मैले ओगटेको इकोनोमी आसनलाई तेर्सो पारी आराम गरी बस्ने सुबिधा रहेछ। घर जत्रो यो विशाल विमानभित्र तीन पङ्क्तिमा यात्रीह डिग्री बसेका रहेछन्। मैले आफ्नो आसन निकाली बसें। मलाई झ्याल छेउको आसन परेकाले बाहिरको दृश्य हेर्ने मौका थियो। मध्य रातको अँध्यारोलाई अनगिन्ती झिलिमिली बिजुली बत्तीका प्रकाशले जित्न प्रयत्न गरी रहेका थिए। केही छिन पछि एक ट्रलीमा रात्रि भोजन बाँडदै केही परिचारिकाह डिग्री आए। मैले शाकाहारी भोजन चयन गरेँ। 
यत्तिकैमा एक परिचालिका आई मलाई नेपालीमै सोधिन् " हजूर, के नेपाली हुनुहुन्छ?" मैले छक्क परेर उनलाई हेरी बसें। त्यतिबेर सम्झिएँ, मैले शिरमा ढाकाको टोपी लगाएको रहेछु। जवाब दिएँ " हो, तर असमको, अनि बहिनी चाहीं ?" "म चाहीं दार्जिलिंङकी"। बिरानो ठाँउमा पनि यसरी आफन्त पाएकाले मनमा खुशीको लहर चल्योथ् केही छिनपछि विमानले आफ्नो गति पक्डियो। मैले बसेको आसनलाई छेउतिरको लिवर खिंची तेर्सो पारेँ । केही आराम अनुभव गरें। आँखा चिम्म गरी ईश्वरलाई धन्यवाद दिँदै निद्रा देवीलाई आह्वान गरी उनकै काखमा आफूलाई छोडी दिएँ। यत्तिमै विमानमा एक घोषणाले मेरा आँखा खुले। ‘ब्रेकफास्टका लागि यात्रीहरूलाई तयार हुनुहोला’ भनिएको रहेछ। यात्रीह डिग्री आ-आफ्नै काममा व्यस्त देखिन्थे। प्रत्येक कुर्सीका अघिल्लो आसनको पिठ्यूमा ल्याप्टप्का जस्ता साना आकारका पर्दा थिए, जहाँ आफ्नो इच्छाले हिन्दी या अङग्रेजीमा विभिन्न रस भएका सिरिएल, सिनेमा, गानाका विडियो आदि हेडफोनद्वारा उपभोग गर्न सकिन्थ्यो। यसलाई नियन्त्रण गर्न कुर्सीका हातमा स्विच या रिमोट राखिएको थियो। मैले चारै पट्टि नजर डुलाएँ। यात्रुहरू, केहि कानमा हेड्फोन लगाई अघिल्तिरको सानो पर्दामा गाना या समाचार सुनी आनन्द लिई रहेका थिए भने अ डिग्री केहि सिनेमा हेर्नमा मस्त थिए। सारा विमानका झ्यालह डिग्री बन्द हुनाले बाहिर के हुँदै छ थाहा हुने भएन। मैले झ्यालको पल्ला उधारी बाहिर नजर फ्याँक्न प्रयत्न गरेँ। तर प्रकाश ज्यादै कडा थियो। टहकले गर्दा आँखै खोल्न सकिनँ। तत्काल पल्ला ओरालेँ । हातको घडीलाई हेरें। बिहान १० बजेको सङ्केत गऱ्यो। मलाई भोक त सारै थिएन, तर पेट पूजा त गर्नै पऱ्यो। नयाँ दिल्लीबाट अमेरिकाको चिकागो शहर लगभग १२०२१ किलो मिटर टाढा थियो र यसलाई पूरा गर्न १५ घण्टाको उडान आवश्यक हुन्थ्यो। हाम्रो विमान समुद्र सतहदेखि सालाखाला ३६००० फुट उचाइमा, प्रति घण्टामा १००० किलोमिटरको वेगले उडी रहेको थियो। तर भित्र बस्नेहरूलाई यसको केहि भान हुँदो रहेनछ। 

हाम्रो विमान मस्को, लन्डन हुँदै आकाश मार्गबाट चिकागो जाँदै थियो। यत्रो लामो एकनासको बसाइ शरीरका लागि क्षति गर्न सक्ने हुनाले बेला बखतमा म भित्रभित्रै हिँड्ने या आङ तान्ने गर्थेँ ताकि शरीरमा रक्त चलाचलमा कतै बाधा नपरोस्। आसनहरूका पङ्क्तिबिच यात्रुलाई आई-जाई गर्न पर्याप्त ठाउँ थियो जुन चाहीं दुई वटा गोरेंटा जस्ता थिए। यसैबिच प्रातःसन्ध्या भ्रमण गरे जसरी म बेला बखत हिँड्ने गर्थेँ। हवाइजहाजको मध्य भागमा आसनह डिग्री हटाएर कोठा जस्तो निकालिएको रहेछ (गेलारी) जहाँ विभिन्न खानेकुरा, पेयह डिग्री राखिएको रहेछन्। त्यहाँ यात्रीह डिग्री आफ्नो आवश्यकता र चयनअनुसार यात्राको कुनै पनि समयमा लघु आहार, पेयह डिग्री नि:शुल्क लिन सकिने रहेछन्। त्यहाँ कतिपयहरूले धक फुकाएर खाएको देखेर छक्क परेको थिएँ। यात्रा लामो भएकाले पट्टाई लागिसकेको थियो। तर समयको सदुपयोग गरी बोलिउड र होलिउडका नाम चलेका सिनेमा हेरें। यस अघि २००४ सनमा तुर्कीको इस्तानबुल शहरमा भएको विश्व पोल्ट्री अधिवेशनमा शोधपत्र पढ्न जाई-आई गर्दा तुर्की अन्तर्राष्ट्रिय विमानमा चड्ने मौका पाएको थिएँ। त्येतिबेर हाम्रो देशबाट प्राय: ८-१० जनाको टोली थियो। नि:शुल्क पाएर हाम्रा निकै साथीहरूले कम्ता त रक्सि धोकेका होइनन्! यस बाहेकै उनीहरूले परिचारिकाहरूलाई, फकाई-फुर्क्याई  अझ केही बटल पनि सङ्ग्रह गरी बोकेका थिए। 

 

for next part click here

Post a Comment