Blog

क्यालेन्डरहरू फेरिए

Blog Image

क्यालेन्डरहरू फेरिए

 

कुसुम गौतम, टमु, म्यानमार

 

हिजोसम्म  घरका भित्ताहरूमा

 शानले झुण्डिरहेका क्यालेन्डरहरू

३६५ दिनको यु पुरा भएपछि

एकदम निर्जीव(मानौँ कोमामा रहेको मान्छे)

 झैँ हुँदा रहेछन्

 

 हिजोसम्म

त्यसको इशारामा हिँड्ने हामी

 त्यसको निर्देशन बिना पत्तासम्म

 नहल्लिने ठूला शक्तिशाली

क्यालेन्डरहरू   चुपचाप

नयाँ क्यालेन्डरहरूका निम्ति ठाउँ

छोडिदिएर  घरका कुनै डस्टबिनभित्र

 कचाक् कुचुक्क खुम्चिरहेकाछन्

ती नयाँ र पुराना क्यालेन्डरहरूलाई हेरेर

मान्छे र क्यालेन्डरमा कुनै अन्तर भेटिनँ मैले

ज हामी पनि बेहोशी पनामा

कसरी झुण्डिरहेका छौँ

प्रतिस्पर्धा र अहङ्कारका भित्ताहरूमा

बाहिरी दर्शका ढोङ रचाएर

कतिसम्म झुण्डिने होला !!

चर्चा र परिचर्चाका भेलहरूमा पनि झुण्डी नै रहेकाछौँ

मान्छेले सोच्छ "बरु ती भित्ताहरू

पुराना होलान् ,तर म सधैँ नयाँ नै रहने छु "!

भन्ने भ्रम पालेर...

हो...चोला त फेरिनु नै पर्छ

मेरो, तिम्रो र उसको

बिल्कुल क्यालेन्डरहरू फेरिएझैँ

भिन्न भिन्न भित्ताहरूमा झुन्डिएर...

    ___________________

 


Share this post
Comments