• theoxygentimes@gmail.com

Blog


नानीहरूलाई मीठो कोसेली (बाल कविता सङग्रह)

कृष्णप्रसाद भट्टराई, ठेलामारा, शोणितपुर, असम

 

आऊ नानी पढौं अब

नानी हाम्री सानीसानी

  पढ्नमा छिन ध्यानी

चाँडै बिहान उठछिन उनी

   गुरू वचन मानि।

  आऊ नानी पढौं अब

  त्यही आफ्नो पाठ

   तिमीले धेरै पढ्नै पर्छ

 दिन अनि रातï

  धेरैधेरै पढ्नेहरू

  माथि चढ्दै गए

 अल्छी गरी नपढ्ने

   तलतलै रहे।

त्यसैले नै विन्ती गरी

  पढ्न बोलाउँदै छु

 छिन पढेïपछि मात्रै

 अनि लेख्न दिन्छु।

******

मेरो सानो, मेरी सानी

 मेरो सानो, मेरी सानी

 प्यारा प्यारा नानी

  ध्यान लगाई पाठ पढ्छन

 साह्रै जाती बानी।

बिहान झट्टै उठेपछि

ईश्वरलाई हात जोड्ने

सर, मिसले देको काम

आफैँ समाधान गर्ने।

 कैल्यै छैन कल झगडा

 सन्तोक मानि बस्नेï

पढ्ने लेख्ने कर्तव्यमा

सधैँ कम्मर कस्ने।

 स्याबासï दिन्छु नानीहरूलाई

  म त सधैँभरि

सपार्नै परयो आफ्नो अध्ययन

यही हो किरणसरी।

*******

   आऊ पढौं यदू, मधु

 संसारमा लेखाइ पढïइ  

साह्रै ठूलो धन

आऊ पढौं यदू, मधु

लगाएर मन।

ठूलो मान्छे बन्नै पर्छ

 तिमी हामी यहाँ!

 जीवन सार्थक हुन्छ हाम्रो

 बसे पनि जहाँ।

त्यसैले त भन्छु म

 मेरा साथी सबलाई

  यसैमा छ भलाइ हाम्रो

 पढौं साथी भाइ।

 राम्रो काम, राम्रो नाम

कसलाई चाहिँदैन

नाम प्रसिद्ध पार्ने मान्छे

बसि रहँदैन।

*****

  नानु नानु हाम्री

 नानु नानु हाम्री

 हेर! कति राम्री

 पढ्न लेख्न खोज्ने

नजानेको सोध्ने।

 कापी, कलम हातमा

 सधैँ आफ्ना साथमा

नित्य स्कूल जान्छिन्

 साथी बोलाई लान्छिन ।

    ब्रह्मा, विष्णु, महेश्वर

 गुरूहरूलाई परमेश्वर

 मान्ने उनको बानी

 सारै जाती नानी।

 बानी यस्तै भैदियोसï

सधैँ यस्तै रैदियोसï

 भन्दै ईश्वर पुकार्छु

 उनैलाई नै स्वीकार्छु।

*****

हाम्रो विद्यालय

विद्यालय हाम्रो विद्याको आलय

ज्ञानको मुहान हो

अनपढ् हामीलाई लेखपढ् सिकाउने

 गौरवको मन्दिर यो।

 यस मन्दिरका विद्यार्थी हामी

 विद्याका भक्त हौं

   पूजारी हाम्रा गुरूहरू राम्रा

   साथसाथ हामी छौं।

   त्यसैले हामी मन्दिर धाउँछौं

    ज्ञानआर्जन गर्न

 यही ज्ञानको ज्योतिले सृष्टि

   गछौं नयाँ कर्म।

 सही कर्मको सदुपयोग गर्दै

जाति विकास गछौं

   नौलो नौलो सृष्टि हेतु

   सधैं अगि सछौं।

*****

 

Post a Comment