Blog

पाठशाला

Blog Image

मुक्त शब्दका ओठहरूले भाषाका गाला चुमे भने

भावनाका हातहरूले सधै असिमलाई छुने गर्छन्

रात नाघेर  झुल्केघामको उदाउँदो मुस्कानको इसारा बोकेर ।

चिन्तन गर्दै जानुपर्छ लहरै आकाश पारि जुन हासेको अर्को आकाश भेटन

स्वतन्त्र हुनदेउ तिम्रा विवेकलाई

बन्धनबाट खुस्केपछि हेरन तिमी

कति रमाउदै खेल्नेछन

पर-परसम्म नयाँ दिगन्तमा

अर्को बिहान बिउझने गरी चेतनाका सङ्गीहरू।

तिम्रा मितेरी औलिहरु

सृजना खोलामा नुहाउदा

सतहभरि उम्रनेछन

परिवर्तनका बगैंचाहरू

अब हामीले पढ्ने पाठशाला साइबर स्पेसमा देखिदै जान्छन्

डिजिटलका अनुहारभरि लेखिदै जान्छन

आउदो दिनमा हामीले यसैको पन्ना छिचोल्दै जानू पर्नेछ 

हाम्रो सुन्दर भविष्यका बिरूवा त्यहीँ रोपेर

अज्ञानताका  सार्वभौमलाई यहीँ छोपेर।

                      --------------------------


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments