• theoxygentimes@gmail.com

Blog


जीवन साथी (आत्म कथा)

 

चुडामणि पौडेल, उर्लाबारी, मोरङ,   नेपाल

 

" तपाईलाई रामरी सास फेर्न पनि आउदैन हगि ? " -उनको पेचिलो कुराले आफुलाई झसङ्ग त बनायो बनायो, उठ्न सम्म झनक्क रीस पनि उठ्यो । तर जाबो म के गर्न सक्थे र ? उठेको रीसलाई बेस्कन दबाएँ । उनले जे जे अह्राए , सोहि सोहि गरेर अभ्यास लाई निरन्तर दोहोर्याई रहेँ । पछि गएर अलिकता आशाका किरणहरु उदाउँदै गएँ । एक महिना सम्मको अभ्यासले आवाज खुल्ने पक्का भयो, खुसी लाग्यो । अहो ! आखिर मैले दुई बर्ष सम्म गुमेको आवाजलाई सरक्क फिर्ता लिएरै छाडेँ। पिडाबोधको यो स्मरणमै आफु आज रमाई रहेँछु ,जसले योगीहरुको एउटा समाजमा आबद्ध गरायो । तर ति थेरापिस्ट ,जसले योगको अमुल्य रहस्य मलाई रत्ति पनि चुहाउन चाहेनन् । लाग्यो - उनि एउटा आर्थिक मानव जसले, खल्तिभरि दाम लिएर महिनौ सम्म तड्पाएर अभ्यास मात्र गराईरहे । उनले मलाई शिक्षण पेशा समेत परित्याग गर्ने सल्लाह दिए ।

 वस , तनाब त घट्ने हैन बरु झन् झन् बड्दै पो गयो । जसकारण उपचारार्थ देश विदेश भौतारिनु पर्यो आहा ! इश्वर त अझै दाहिना नै रहेछन् । र नै ,धन्य हुन् ति योगीजन, जसले पतञ्जली योगको परिचय दिए, अनि आरोग्यताको अचुक उपाय समेत बताए । वस्, भोकालाई भोजन मिले झैं योगलाई निरन्तरता दिन जाँगर चल्यो । भाग्यवस आज प्रशिक्षणकै क्रममा पतञ्जली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्र एवं शाश्त्रज्ञ डा. गुरु प्रसाद सुबेदी,डा. जनक अवस्थी लोकनाथ खनाल जस्ता हुनाहार योगी ब्यक्तित्वहरु लगायतसँगको सम्पर्क बढ्यो, जसबाट आज म अमृतपान गरिरहेँछु । अहो ! जीवन जीउने कलाहरु पो सिकी रहेँछु ।

"कपालभाँती - जीवनसाथी "अन्तराष्ट्रिय योग दिवस मा प्लेकार्डहरु सहित नगरभरि परिक्रमा गरी योगको महत्व दर्साउदै प्रचार भयो । तर के कस्ता वैज्ञानिक कारणहरुले कपालभाँति - जीवनसाथी त ? आफैमा प्रष्ट भने थिएन । वस , " हाम्रा ऋषि मुनीहरुले गरि ल्याएको परम्परा अनुसरण गरे राम्रै होला , आरोग्यता अवस्य मिल्दो हो। " - अनुमानकै भरमा जोडिएँ योग शुत्रमा । तर ,बल्ल आज प्रशिक्षणको क्रममा रहस्यहरु आफै उदघाटन हुदै गए । जापानमा कार्यरत न्युरोलोजिष्ट/वैज्ञानिक डा. जनक अवस्थीबाट प्रात कालिन सुर्य झैं छर्लङ्ग भएर वैज्ञानिक रहस्यको उदघाटन भएको छ। अहो ! क्या गज्जबको कुरा , ताकालिन ऋषि मुनिहरु त विज्ञान सम्वत पो रहेछन् , जसले अनादि कालदेखि योगका सम्पुर्ण रहस्यहरु शाश्त्रको माध्यम द्वारा बताई रहेछन् ।

 कोभिड -19 को महामारीका कारण अनलाइन प्रविधिबाटै गरिएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम पुर्ण रुपेण सफल भयो । हरेक विषयका विज्ञहरु बाटै विषयबस्तुको प्रस्तुतिले सहभागी हरुका सम्पुर्ण जिज्ञासा पुरा भएका छन् । गिता ज्ञान र योग दर्शनका रहस्यहरु खुलस्त भए । विभिन्न वैद्विक मन्त्रहरु साथ अझ चाणक्य, विदुर र भर्तुहरि नीति को ब्याख्याबाट मानिसले वाल्यकाल देखिनै यसको शिक्षा लिन सके जीवन धन्य र सफल रहने पक्का पक्कि रहेछ । राज्य सञ्चालनका वरिष्ठ प्रशासक, न्यायमुर्ति, चिकित्सक तथा अन्य सर्वसाधरणहरु लगायतले एउटै मञ्चको योग प्रशिक्षणमा एकापसमा अनुभव आदान प्रदान गर्न पाउनु नै सौभाग्यको कुरा पनि हो । अँ , कुराको चुरो बाँकि नै छ । आधुनिक चिकित्सा विज्ञानको जग भन्नु नै प्राचीन आयुर्बेद रहेछ ।

जुन कुरा चिकित्सक /बरिष्ठ न्युरोलोजिष्ट डा. जनक अवस्थीबाट खुलासा भयो । विशेष परिस्थिति बाहेक हामीले बात , पित्त र कफको आफ्नो प्रकृति छुट्याइ खानपानमा मात्र सजग भएको खण्डमा मानिसले आफ्नो उपचार त स्वयम् आफैले गर्ने पो रहेछ । हस्पिटल र डाक्टरको केवल सहजीकरणको दश प्रतिशत भुमिका मात्र रहेको खुलासा भयो । अनभिज्ञताका कारण मानिसले आज सर्बस्व सुम्पिएको छ । स्वमी रामदेव र आचार्य शिरोमणि बालकृष्णको आफ्नो सम्पुर्ण जीवन यसको शोध र अनुसन्धानमै ब्यतित भएको बताइन्छ । शरीरको आरोग्यता अक्सिजनको मात्रामा नै भर पर्दो रहेछ, मात्रा कम भए रक्त बिकार बनेर क्यान्सरका कोषहरुको बढ्छन् । भश्त्रिकाले फोक्सो लाइ र अनुलोम बिलोम प्राणायामले मस्तिष्कलाई सकृय बनाएर अक्सिजनको सहज आपुर्ती गराइ कोरोनाको महामारि समेत परास्त गर्न सकिदो रहेछ ।

हाम्रो पेट आन्द्रा, मुटु , कलेजो , प्याङ्क्रियाज, फोक्सो, मृगौला लगायतका शरीरका महत्वपुर्ण भित्री अंगहरुको वासस्थान हो । " कपालभाँती प्राणायामले मात्र पेट र आन्द्राहरु लगायत माथिका सम्पुर्ण अंगहरु को सकृयता बढाई बिकारहरु बाहिर निष्कासन गराउँदछ । अनुलोम बिलोम र कपालभाँती प्राणायाम श्रेष्ठ प्राणायाम हो । " साथ दिने जीवन साथीले त बिचैमा चटक्क छाड्न के बेर ? बरु योग जीवन नै सबैको बुढेसकालको सहारा हो । आहा ! बल्ल थाहा पाइयो त्यसैले पो "कपालभाँती जीवन साथी " रहेछ।             अस्तु ।

                             _____________________

 

Post a Comment